मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल महिला संघको ७५ औ स्थापना दिवसको अवसरमा रामधुनी नगर समितिद्धारा दिप प्रज्वलन

by By: रामधुनी खबर
साउन २४, २०७९
592

राख संवाददाता
झुम्का, साउन २४ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको आज (मंगलबार) ७५ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रामधुनी नगर समितिद्धारा दिप प्रज्वलनगरी मनाएको हो ।
नगर समितिकी अध्यक्ष आशा चौधरीको सभापतित्वमा झुम्काको आदिवासी पार्क खुल्ला व्यामशालामा भेलाभई महिलाहरुको हक, अधिकार, राजनीतिक पहुचको बारेमा सचेतना दिदै दिप प्रज्वलन गरेको छ ।
महिलाको हकहितका लागि २००४ सालमा स्वर्गीय मंगलादेवि सिंहको अगुवाईमा स्थापना भएको नेपाल महिला संघ मंगलवारबाट ७५ औँ वर्षमा प्रवेश गरेको नेपाल महिला संघ रामधुनीकी अध्यक्ष आशा चौधरीले बताइन् ।
दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस रामधुनी नगर सचिव द्धय महेश चौधरी र दोस्तीराम चौधरी लगायतका समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रजातान्त्रिक, लोकतान्त्रिक तथा गणतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्धतिको स्थापनाको लागि महिला नेतृ स्व. मंगलादेवी सिंहको सकृयतामा वि.सं. २००४ सालमा नेपाल महिला संघको स्थापना भएको थियो ।
२००४ साल श्रावण २४ गते तदनुसार १९४७ अगष्ट ८ का दिन मंगलादेवी सिंहको सक्रियतामा भेडासिंस्थित चिनियालाल श्रेष्ठको घरमा भूमिगत रुपमा महिला भेला भई मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाल महिला संघले यसैलाई आफ्नो स्थापनाको मिति मान्दै आएको छ ।

अगाडिकाे पाेस्ट

Best dating sites

अर्काे पाेस्ट

रामधुनीमा ९ सय मेट्रिकटन खपत हुने रासायनिक मल १४० मात्र उपलब्धले किसान चिन्तित्

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft