चन्द्रकला चौधरी
झुम्का,माघ १६ । इनरुवा नगरपालिका वडा नं. ८ मा रहेको लाटीमाई ग्रामथानको गहदार थानपती पूजहैर महेश चौधरीको निधनमा थारु संंघसंगठनद्धारा आइतवार शोक सभागरी श्रद्धाञ्जली अपर्ण गरेको छ । ग्रामथानको परमपरागत संस्कारको ज्ञाता स्वर्गीय चौधरीको व्यक्तित्व र योगदानका बारेमा चर्चा गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेको हो ।
गहदार चौधरीको ६९ बर्षको उमेरमा २०७९ माघ ८ गते असामयिक निधन भएको हो । उहाँको चिरआत्माको शान्तिको कामना गर्दै ग्रामथान संरक्षण समिति सुनसरी, थारु पत्रकार सघ केन्द्रिय समिति र केपिएस नेपालले शोकसभा गरेका हुन् ।
वि.सं.२०११ सालमा डुम्राहा गा.वि.स.वडा नं.७ जन्मनुभई हाल इनरुवा नगरपालिका वडा नं. ८ कण्समडानमा बसोवास गर्दै आउँनु भएको थियो । केही दिन देखि अस्वस्थयका कारण बिरामी भै उपचारत्त रहनुभएको थियो । उपचार गर्दागर्दै आफनै निवास कण्समडानमा निधन भएको परिवार स्रोतले जनाएको छ । उहाँको एक छोरा र बुहारी, दुई नाति नातिनी छन् ।
डिहवार ग्रामथानको मौलिक परमपरागत संस्कारको ज्ञाता चौधरीको निधनले थारु समुदायमा अपूर्णीय क्षति पुगेको शोकसभामा सहभागीहरुले धारणा ब्यक्त गरेका छन् । थारु समुदायमा टोल समुदायको विकास, संरक्षण, संस्कार, संस्कृतिको निरन्तरता, निर्णय गहदारकै प्रमुखमा गर्ने प्रथाजनित नियम रहेको छ । गहदार, थानपती, पूजहैर गर्ने ब्यक्ती ग्रामथानको सबै पूजन विधिको जानकार समेत रहने हुन्छन् । तसर्थ प्रथाजनित संस्कार अनुसार समुदाय तथा टोलको अगुवाइ गर्ने प्रमुख मानिने भएकोले धार्मिक आस्थाको केन्द्रित लाटीमाई ग्रामथानको गहदार रहेका चौधरीको असमायिक निधनले अपूर्णीय क्षति पुगेको शोकसभाका सहभागीहरुले जनाएको छ ।
शोकसभामा ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष तेजनारायण चौधरी, उपाध्यक्ष महिनारायाण चौधरी, कोषाध्यक्ष सुनिल चौधरी, सदस्य तथा थारु महिला उत्थान समाज रामधुनी सुनसरी अध्यक्ष सिता थरुनी, सल्लाहकार पदम अधिकारी, थारु पत्रकार संघ केन्द्रिय उपाध्यक्ष कुलदिप चौधरी, केपिएस नेपालका सरोज चौधरी लगायतका जागरुक थारु अगुवाहरुले शोकसभामा उपस्थितभई भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।
