राख संवाददाता
झुम्का,माघ १२ । रामधुनी नगरपालिका वडा नं. ४ मा रहेको रामधुनी माध्यमिक बिद्यालय लालपुरले ५० औ बर्ष पुगेको अवसरमा स्वर्णमहोत्सव कार्यक्रमगरी मनाएको छ । बिद्यालय स्थापना गरेको इतिहासलाई सम्मान गर्दै स्वर्णमहोत्सव मनाएको हो ।
नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा स्वर्णस्तम्भ शिलानास, पूर्व बिद्यालय ब्यवस्थापन समिति तथा संस्थापक, पूर्व प्रधानाध्यापक, पूर्व बिद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले विभिन्न समयमा गरेको अतिरिक्त क्रृयाकलापमा सहभागी उत्कृष्ट बिद्यार्थीहरुलाई स्वर्णमहोत्सवको कार्यक्रमबाट पुरस्कार सहित सम्मान गरेको बिद्यालयले जनाएको छ । बिद्यालय २०२९ सालमा श्रीपञ्चमीको दिन स्थापना भएको हो ।
स्वर्णमहोत्सवले नगरलाई गौरवमय बनाएको नगरप्रमुख चौधरीले बताउँनु भयो । शिक्षा क्षेत्रमा योगदान गर्दै ५० औ बर्षमा आइपुग्दा अन्य बिद्यालयलाई समेत उत्साह थप्नेगरी मनाएको स्वर्णमहोत्सवले रामधुनी नगरलाई गौरवमय बनाएको भन्दै उहाँले शुभकामना ब्यक्त गर्नुभयो । शिक्षा क्षेत्रमा विकास, गुणस्तर बृद्धि गर्न रामधुनी नगरपालिकाले योजनाबद्ध रुपले अगाडि बढीरहदा यसमा अभिभावक, बिद्यार्थी, सरोकारवाला संघसंस्थाबाट सहयोगको अपेक्षा गरेको नगरप्रमुख चौधरीले धारणा ब्यक्त गर्नुभयो ।
विद्यालयले ५० औ बर्षको स्वर्णमहोत्सव मनाइरहदा आगामि दिनहरुमा बिद्यालयको शैक्षिक, भौतिक विकासमा नगरपालिकाबाट सहयोग र समन्वय रहने उपप्रमुख तारा थापाले बताउँनु भयो । सहयोग र समन्वयका लागि विद्यालयको योजनाहरु के–के छन् सो योजना पेश गर्न सुझाव समेत दिनुभयो ।
बक्ताहरुले बिद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । विद्यालयमा बालबालिकाको भबिष्य स्वर्णिम बनाउँन शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्ने नगर शिक्षा शाखा प्रमुख राजन गेलालले उठान गर्दै यसका लागि शिक्षा शाखा तयार रहेको उहाँले प्रतिबद्धता समेत गर्नुभयो ।
स्वर्णिम महोत्सवले इतिहासलाई नविर्सिने परम्परालाई जोगाएकोमा सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले शुभकामना ब्यक्त गर्नुभयो । यसले रामधुनी माबिमा दिगो विकासमा थप बलपुग्ने उहाँले धारणा राख्नुभयो । बिद्यालयमा भएको अतिरिक्त क्रयाकलापमा सहभागी उत्कृष्ट बिद्यार्थी पुरस्कृतहुँदा उत्साह देखिएको छ, यस उत्साहले बिद्यालयको गुणस्तर झल्किनेहुँदा यसलाई निरन्तरता दिनु पर्ने भट्टराईले सुझाव दिनुभयो ।
बिद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका शिक्षा संचालन गर्न प्रकृया अगाडि बढाइएको छ । बिद्यालयको पश्चिम नजिकै यथेष्ट जग्गा रहेकोले बिद्यार्थीको खेलकुद विकास गर्न योजना ल्याएको जानकारी दिए । शिक्षण सिकाइ विकासमा परिवर्तन, चौतर्फी र सर्वाङ्गीण विकास, पूर्व बिद्यार्थीहरुको ज्ञान र सिपमा हातेमालो गर्दै गुणस्तर शिक्षिामा बिद्यालयको भूमिकालाई थप जिम्मेवार बनाउँने प्रद्यानाध्यापक ठमेन्द्र प्रसाद वास्तोलाले बताउँनु भयो ।