मिति : २०८३ असोज ८ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको ७ औँ साधारण सभा सम्पन्न

by By: रामधुनी खबर
माघ २०, २०७९
446

राख संवाददाता
झुम्का,माघ २० । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आ.ब.२०७८÷०७९ को प्रगति विवरण तथा आगाामि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७ औँ साधराण सभा सम्पन्न भएको हो ।
रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा समितिको आय ब्यय, प्रगति विवरण, सम्मान तथा आगाामि नीति तथा कार्यक्रमहरु प्रस्तुतगरी सार्वजानिक गरेको छ । सहरी खानेपानीका लागि नौ लाख लिटरको ओभरहेड ट्याङ्क ल्याउन सफल पूर्व मेयर जयप्रकाश चौधरीको भूमिकाको कदर गर्दै साधारण सभाबाट उहाँलाई सम्मान गरेको छ । सो ओभरहेड ट्याङ्ग ४५% निर्माण कार्य भईसकेको छ । यसले स्वच्छ नेपाल गुणस्तरको खानेपानी प्रवाह गर्ने जनाएको छ ।
हाल सम्म खानेपानीको प्रगतीमा सफलगर्न उपभोक्ताहरुको हातेमालो र सहयोगमा सम्भव भएको भन्दै आगामि दिनमा सहकार्यको निरन्तरताकाल लागि झुम्का खानेपानी अध्यक्ष केशीलाल चौधरीले अपेक्षा गरेको बताए ,। स्वच्छ खानेपानीका लागि हामि प्रतिबद्ध छौ, यसका लागि सहरी खानेपानीबाट पुराहुने लक्ष्य नजिक पुगेको अध्यक्ष चौधरीले जानकारी दिए ।


समितिले आ.ब.२०७८÷०७९ मा रु ४१ लाख ३५ हजार १४३ रुपैयाको कारोवार गरेको कोषाध्यक्ष राममणि सिग्देलले आय व्यय प्रस्तुत गरेका छन् । समितिले यस बर्ष आम्दानी तर्फ पानी महशुल वापत रु २९ लाख २८ हजार ५१२ रुपैया संकलन गरेको छ । सहरी खानेपानी तलब अनुदान रु १ लाख ८१ हजार २०० रुपैया र खानेपानी डिभिजन इटहरीबाट रु १ लाख ५४ हजार ७४९ रुपैया कार्यगत अनुदान पाएको छ ।
समितिको अध्यक्ष केशीलाल चौधरीको सभापतित्वमा सचिव प्रेम कुमार खड्काले प्रगती विवरण प्रस्तुत गर्दै सहरी खानेपानी आयोजनाको डि.पि.आर. भए बमोजिम रामधुनी नगरको वडा नं. १, २, ३ र ५ वडाहरु संग समन्वयन गर्ने कार्य सम्पन्न भएको जनाएको छ ।
पुरानो ओभरहेड ट्याङ्कीको मर्मत सम्भार सम्पन्न भईसकेको प्रगति विवरणमा उल्लेख छ । खानेपानी सुरक्षा योजनालाई प्रभावकारी तवरले समयमै पुरा गरेको, पानी हाताभित्र सरसफाईलाई ध्यानमा राखी आवश्यक नालाहरुको निमार्ण भइसकेको प्रगती प्रतिवेदन मार्फत जनाएको छ ।
रामधुनी ५ डिप बोरिङ्ग योजनाको पाईपलाइन विस्तारको लक्ष्य लिए बमोजिम विस्तार गरिसकेको उल्लेख छ । मर्मत गर्नुपर्ने भल्ब च्याम्बरहरु मर्मत गरिएको र थप पाईपलाइन विस्तार गरिएको साथै आवश्यक ठाँउमा ६ वटा नयाँ भल्ब च्याम्बरहरु निर्माण गरिएको छ । बिगत वर्षमा १५० धारा विस्तार गर्ने लक्ष्य लिएकोमा १५४ वटा धारा विस्तार गरिएको र गत वर्षमा ९९ वटा धारा विस्तार सहित जम्मा २५३ वटा धारा विस्तार भएको र २०७९ अषाढ मसान्त सम्म जम्मा धारा संख्या १०६६ वटा पुगेको प्रतिवेदनमा रहेको छ ।


सहरी खानेपानीको लागि ५ प्रतिशत (१,८२,६५,०००÷–) रकम अग्रिम जम्मा गर्ने लक्ष्य लिएकोमा (१,२३,००,०००।–)मात्र जम्मा भएको छ र बाकी जम्मा हुने क्रम जारी रहेको जनाएको छ । सहरी खानेपानी आयोजना निर्माण शुरुवात गर्नका लागि लक्ष्य लिएकोमा विभिन्न चरणका कार्यान्वयनहरु पुरा गरि हाल सम्म २११ कि.मि. पाईपलाइन विस्तार मध्ये ३० कि.मि. विस्तार भईसकेको छ र बाँकी जारी रहेको बताए ।
साधारण सभामा नगर उपप्रमुख तारा थापा, झुम्का खानेपानीका सि.एस.ई कमल नारायण सरदार, सल्लाहकार नारायण काफ्ले, नेपाली काँग्रेश नगर अध्यक्ष सुदिप अधिकारी, नेकपा एमालेका राम कोइराला, टोल विकासका विप्लब अधिकारी लगायतका बक्ताहरुले स्वच्छ खानेपानी जिवनका लागि अपरिहार्य रहेकोले सहरी खानेपानी योजना सफल गर्न सबैको सहकार्य र समन्वय निरन्तरता हुनुपर्नेमा जोड दिएका थिए ।

अगाडिकाे पाेस्ट

How to Update Windows 8 & 10 FAST & EASY in 2023

अर्काे पाेस्ट

लर्डबुद्ध इन्टरनेशनल स्कुलमा विज्ञान,कला,मौलिक परिकार प्रदर्शनीले बिद्यार्थीमा व्यवहारिक ज्ञानको अब्बलतामा प्रोत्साहन

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0
  • विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft