मिति : २०८३ असोज ७ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लर्डबुद्ध इन्टरनेशनल स्कुलमा विज्ञान,कला,मौलिक परिकार प्रदर्शनीले बिद्यार्थीमा व्यवहारिक ज्ञानको अब्बलतामा प्रोत्साहन

by By: रामधुनी खबर
माघ २१, २०७९
539

सुनिल चौधरी
झुम्का, माघ २१ । रामधुनी नगरपालिका वडा नं.–५ स्थित रहेको लर्ड बुद्ध इन्टरनेशनल स्कुलमा शनिवार लर्ड बुद्ध वसन्त उत्सव मनाउँदै विज्ञान,कला एवं मौलिक परिकार प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा कक्षा ४ मा अध्ययनरत छात्रा सिर्जल चौधरी अभिभावक श्रवण चौधरी संगैै अवलोकन गर्दै थारु परिकारको पनि स्वाद लिए र विज्ञान कलाको प्रयोग र अभ्यास समेत गर्न पाउँदा छात्रा सिर्जल चौधरी उत्साहित भएको अभिभावक चौधरीले बताए । प्रदर्शनीमा राखेका स्मार्ट सिटी, रोवोट, सोलार सिस्टम, जस्ता टेक्नोलोजीले बिद्यार्थीहरुमा सिर्जनात्म हुन प्रेरित गरेको भन्दै लर्ड बुद्ध वसन्त उत्सवले यस बिद्यालयका बालबालिकाहरुको आगामी भबिष्य उत्तरदायी बनाउँन एक सिढी माथी चढेको बताए ।
प्रदर्शनीमा सहभागी भएका अर्का अभिभावक नित्यानन्द घिमिरेले छोरालाई बिज्ञान प्रविधिका सामाग्रीहरु देखाउँदै सामाग्री बारेमा परिचय गराएका छन् । यसले अध्ययन र खोज अनुसंन्धानमा बिद्यार्धीको लगाव बढ्ने अभिभावक घिमिरेले जानकारी दिए ।
कक्षा ३ मा अध्ययनरत छात्र सुचन्द्र चौधरीले प्रदर्शनीमा राखेका टेलिस्कोप प्रयोग गर्न पाउँदा खुसी भएका छन् । टेलिस्कोपबाट उन्ले टाढाका बस्तु स्पष्टले हेर्न पाउँदा,“मज्जा आयो” भनेर अभिभावकलाई सुनाए । अभिभावक चन्द्रकला चौधरी संगै छात्र सुचन्द्र चौधरीले नेवारी खाना परिकार, थारु खाना परिकार, मैथली खाना परिकार, ब्राहमण क्षेत्रिको खाना परिकारका स्टल अवलोकन गर्दा यस्ले समुदाय स्तरका परमपरागत साँस्कृतिक मौलिकताका बारेमा अनुभव लिन पाएको अभिभावक चौधरीले जानकारी दिइन् ।
समुदाय स्तरको परिकार बिद्यार्थीले आफै पकाएर प्रदर्शनी गर्दा थप ब्यवहारिक ज्ञानको अब्बलतामा प्रोत्साहन भएको अभिभावक रंजिता चौधरीले उठान गरिन् । प्रदर्शनिमा सहभागी हुँदै थारु खाना तथा परिकारका स्टलमा बिद्यार्थी संगै परिकार खादै भनिन्,“प्रदर्शनीले परम्परागत साँस्कृतिक महत्व र इतिहास बारेमा पनि बुझ्नु पर्ने आवश्यक्ता बिद्यार्थीमा प्रोत्साहन गरेकोले हामी अभिभावक खुसी छौँ”। प्रोत्साहनले अबका दिनमा उनीहरु आफै जागरुक हुने अभिभावक चौधरीले आफ्नो धारणा र अनुभव सुनाए ।
व्यावहारिक ज्ञानले ब्यक्तिलाई विकास र व्यक्तित्वको प्रदर्शित गर्दछ । यस ज्ञानको शुरुवात बच्पनबाट सुरुवात हुने हुन्छ । आमावुवा, घरपरिवार, इष्टमित्र, बिद्यालयबाट सिकेर आफ्नो स्वाभाव विकास गर्छौँ त्यसैले व्यावहार एउटा प्रक्रिया हो । जस्को माध्यमबाट व्यक्तिको गुण वा अवगुणको पता लगाउँने हुन्छ । व्यावहारिक कौशलबाट सामाजिक परिवेशमा सम्बन्ध बनाउँन, समाजमा घुल–मिल रहन काबिलियत प्रदान गर्ने भएकोले बालबालिकालाई व्यवहारिक ज्ञान सिकाउँन महत्वपूर्ण रहेकोले विद्यालयले विविध अतिरिक्त कृयाकलाप गर्दै आएको बिद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी बिश्व आदर्श बिद्यालयका संस्थापक अध्यक्ष लेखनाथ घिमिरे रहनु भएको थियो । शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेको उल्लेख गर्दै कार्यक्रमबाट घिमिरेलाई सम्मान गरेको बिद्यालयले जनाएको छ ।
बालबालिकाहरुलाई पहिलो सिकाई सही, सत्य र साकारात्मक हुनुपर्ने लर्ड बुद्ध इन्टरनेशनल स्कुलको पहिलो उधेश्य रहेको प्रिन्सिपल अर्जुन न्यौपानेले बताए । कार्यक्रम बारेमा बोल्दै कार्यक्रम भन्दा पनि नानी बाबुहरुलाई कसरी अगाडि बढाउँने भन्ने कुरालाई आत्मसाथ गर्दै सानो भएपनि उनीहरुको प्रयासलाई उठान गर्न कार्यक्रम आयोजना गरेको जानकारी दिए । कार्यक्रमबाट विज्ञान, कला र संस्कृतिको बारेमा जानकारभई बालबालिका सफल मार्गको उत्प्रेरणा मिल्ने अपेक्षा गरेको प्रिन्सिपल न्यौपानेले बताए ।
लर्ड बुद्ध वसन्त उत्सव प्रदर्शनीमा परम्परागत साँस्कृतिक महत्व बोकेको कलात्मक बस्तुहरु राखेका थिए । बिद्यार्थीको सिर्जनात्म कलाहरु प्रदर्शनी गरेका थिए । स्वास्थ्य जाँच स्टल, ऐतिहासिक लेखकहरुको पुस्तकालय स्टल, अन्तर बिद्यालयमा उत्कृष्ट बिद्यार्थीका शिल्ड स्टल प्रदप्रदर्शनी सहित बिद्यार्थीले आफै औपचारिक साँस्कृतिक कार्यक्रम संचालन गर्दै समुदाय विविधताका भेषभुषामा नृत्य लगायत गायन क्षेत्रमा गीत, नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हिसान केन्द्रिय सदस्य मुकुन्द घिमिरे, रामधुनी वडा नं. २ का वडाअध्यक्ष रामनारायण चौधरी, वडा नं. ३ का वडाअध्यक्ष बुधनारायण चौधरी, जनता क्याम्पस इटहरी उपप्रद्यानाध्यापक संजु घिमिरे, रामधुनी प्यावसन अध्यक्ष अच्युत ढकाल, बाबुराम खड्का, थारु महिला सभा रामधुनी अध्यक्ष लिलि चौधरी लगायतका सामाजिक अभियान कर्मीहरुको समेत उपस्थिती रहेको बिद्यालय समितिले जनाएको छ ।

अगाडिकाे पाेस्ट

झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको ७ औँ साधारण सभा सम्पन्न

अर्काे पाेस्ट

सामाजिक उत्थानका महत्वपूर्ण ऐतिहासिक कार्यगर्दै थारु महिला उत्थान समाजको छैठौं साधारण सभा

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0
  • विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft