मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का उद्योग बाणिज्य संघको ९ औं साधारणसभा, सहमतिमा नेतृत्व चयनका लागि अग्रजहरुको जोड

by By: रामधुनी खबर
फागुन २९, २०७९
417

राख संवाददाता
झुम्का,फागुुुन २९ । उद्यमी ब्यापारी व्यवसायिहरुको पेशागत हकहितका लागि गठन भएको झुम्का उद्योग बाणिज्य संघको आइतवार ९ औं साधारणसभा खुल्ला सत्र सम्पन्न भएपनि सदस्य गणकसंख्या नपुुगहुुँदा बन्दसत्र प्रभावित भएको छ । नयाँ दर्ता तथा नविकरण भएको १५९३ सदस्य छन् । सो अनुसारको गणकसंख्या नपुुगका कारण साधारण सभा स्थगित गर्दै अगामी चैत्र २ गते बिशेष साधारण सभागरी नेतृत्व चयन प्रकृया अगाडि बढाउँने सहमति भएको अध्यक्ष धमेन्द्र साहले जानकारी दिए ।
८ औं साधारणसभाबाट नै नेतृत्व चयन प्रकृया अगाडि बढ्ने भएपनि गणकसंख्याले गर्दा स्थगित हुँदा ९ औं साधारणसभामा पनि सोहि कारण दोहोरिदै अब बिशेष साधारण सभाबाट टुुंगो लगाउँने देखिएको छ । यसले तिन बर्ष कार्यअवधि रहेको झुम्का उद्योग बाणिज्य संघमा अगामि नेतृत्व चयनमा बाटो खुल्ने देखिएको छ ।


आइतवार ९ औं साधारण सभामा अग्रजहरुले आफ्नो धारणा राख्ने क्रम्मा सहमतिमा नेतृत्व चयनका लागि जोड दिएका छन् । साधारण सभाका प्रमुुख अतिथी रामधुनी नगर प्रमुख शंकरलाल चौधरीले बाणिज्य संघको समिति चयन सर्वसहमतिले हुनुुपर्नेमा जोड दिए । रामधुनी नगरको विकासको मेरुदण्डको रुपमा रहेको उद्योगी ब्यापारीहरुको हितका लागि सर्वसहमतिले चयन हुँदा अपनत्व रहने र सबै पक्षको सहकार्य हुनेमा बिश्वास ब्यक्त गरे । तथापी पनि बाणिज्य संघमा रामधुनी नगरपालिकाको सहयोग निरन्तर रहने नगर प्रमुुख चौधरीले बताए । संघको आफ्नै जग्गा तथा भवन भए ब्यापारीहरुको हितमा कार्य गर्न सहज हुने भन्दै यसका लागि नगरपालिकाबाट अर्थिक नैतिक भौतिक सबैमा सहयोग गर्ने नगर प्रमुुख चौधरीले प्रतिबद्धता गरेका छन् ।


संघमा नेतृत्व सहमतिमा चयन हुनुुपर्नेमा पूूर्व अध्यक्ष डिल्ली कार्कीले जोड दिए । सर्वसहमतिमा आए सबै सरोकारवालाहरु संग सहयोग लिन सक्ने धारणा ब्यक्त गरेका छन् । उन्ले भने ‘आउँनुुस योजना लिएर, आफनै भवनका लागि जुट्नुुस, स्थानीय प्रदेश संघिय सबैबाट सहयोग हुन्छन्’ पूूर्व अध्यक्ष कार्कीले चुनौती पनि दिदै भने खट्न सक्नुु पर्छ, काम गर्न सक्नुपर्छ’ ।
रामधुनी नगरका बजार ब्यापार व्यवसाय बढाउँन धेरै अवसर रहेको छ यसका लागि रामधुनी मन्दिर रामायण सर्किटमा जोड्न सके भारतको एक प्रतिशत मात्रै पर्यटक भित्रिए रामधुनी नगर आर्थिक सम्पन्न हुने पूूर्व अध्यक्ष कार्कीले सुुझाव ब्यक्त गरे ।
सर्वसहमति नेतृत्व चयन आजको आवश्यक्ता रहेको पूूर्व अध्यक्ष सगेन चौधरीले बताए । ब्यापार व्यवसाय लगानि र समितिको आयस्रोत बृद्धि गर्नका लागि संघको समिति चयनमा सर्वसहमतिको आवशयक्ता रहेको उठान गरे । यसैगरी पूूर्व अध्यक्ष चौधरीले भने, ‘नेतृत्वमा समावेसीको मान्यता राखेपनि म, प्रति जातियताको आरोप लगाउँने गरेको छ, यसमा म प्रतिवाद गर्छुु यस पटक समावेसी आधारमै नेतृत्वको सहयोग गर्छुु’ ।
एम्बुलेन्स शन्दर्भमा बोल्दै पूूर्व अध्यक्ष चौधरीले संघमा दुुई एम्बुलेन्स रहेको तर यहाँका देशभक्त भनाउँदाहरुले संचालन भएको एम्बुलेन्स रोक्ने काम गरेको बताए । संघले खर्चगरी ल्याएको एम्बुलेन्स स्वास्थ्य चौकीमा राख्नुपर्छ भन्ने अख्तियार र जिल्ला प्रसाशनमा उजुरी दिएर दुुःख दिएको बताए । ‘संघको प्रगतीमा आँखा लगाउँने काम भयो’, चौधरीले भने, ‘संघले दुुःख र संघर्ष गरेको सफलता अन्य संस्थामा हस्तान्तरण गर्न दवाव दिदाको अवस्थाले हालमा एम्बुलेन्सको यस अवस्था सिर्जना भएको बताए । संघको सम्पति अन्य संस्थामा दिनुु म, बिरोध गर्छुु भन्दै एम्बुलेन्स इटहरीको नेपाल बैंक छेउ रहेको र अर्को बिराटनगरमा रहेको पूूर्व अध्यक्ष चौधरीले जनाकारी दिए ।
बाणिज्य संघको अध्यक्ष धमेन्द्र साहले सभा समापन गर्दै भने मेरो कार्य अवधिमा विश्व आक्रान्त बनाउँने कोरोनाका कारण समितिले गर्नु पर्ने थप कार्य प्रभावित भयो । तथापी पनि कार्यभार समहाल्दाको अवस्थामा शुन्य रकम कोषबाट हालमा रु ५ लाख रकम कोषमा राख्न सफल भएको लगायत दुुई कर्मचारी र संस्था ब्यवस्थित बनाएको बताए । यसका साथै अध्यक्ष साहले अवको समितिमा जो आएपनि भवन निर्माणका लागि रु ५ लाख ब्यक्तिगत सहयोग गर्ने समेत प्रतिबद्धता गरे ।
यसैगरी व्यवसायीको हित र संस्थाको हितका लागि नेतृत्व चयन सहमति हुुनुपर्ने साधारण सभामा बक्ताहरुले धारणा ब्यक्त गरेका छन् । पूूर्व अध्यक्ष फौद सिंह थापा, झुम्का रेडक्रस सोसाइटीका अध्यक्ष इश्वर घिमिरे, इलाका प्रहरी पकली प्रमुख गजेन्द्र बहादुर राई, नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष चित्रबहादुर कार्की, पूूर्व अध्यक्ष पदका प्रत्यासी उमेदवार भोला प्रसाद रौनियार लगायतका बक्ताहरुले धारणा राखेका थिए ।
साधारण सभा कार्यक्रमको संयोजकमा बाणिज्य सचिव दुुर्गा फुुयाल रहेको थियो भने खुल्लासत्र कार्यक्रम समितिकी सदस्य सिता थरुनीले संचालन गरेकी थिइन् ।

अगाडिकाे पाेस्ट

महिला सशक्तिकरणमा प्रोत्साहन गर्दै रामधुनी नगरमा मनाए ११३ औं अन्तराष्ट्रिय नारी दिवस

अर्काे पाेस्ट

रामधुनी नगरमा आठ क्लष्टर निर्माणगरी प्रकोप विपद व्यवस्थापन तयारीको प्रारम्भिक कार्यशाला

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft