मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

महिला सशक्तिकरणमा प्रोत्साहन गर्दै रामधुनी नगरमा मनाए ११३ औं अन्तराष्ट्रिय नारी दिवस

by By: रामधुनी खबर
फागुन २४, २०७९
449

चन्द्रकला चौधरी
झुुम्का,फागुन २४ । महिला सशक्तिकरणमा प्रोत्साहन गर्दै रामधुनी नगरमा बुधवार ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । थारु महिला उत्थान समाज रामधुनीको आयोजना तथा विभिन्न सरोकारवाला संघ संस्थाको समन्वयमा महिला सशक्तिकरण र नेतृत्व विकासमा प्रोत्साहन गर्दै नारी दिवस मनाएको हो ।
‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ यस बर्षको मुुलनारा सहित झुम्का बजार प्रभातफेरी गरेका छन् । रामधुनी १ नं. वडा कार्यालयबाट प्रभातफेरी सुरुगरी झुम्का बजार हुँदै महिला सामुदायिक भवनमा विर्सजन गरेका हुन् । प्रभातफेरीमा सचेतनाका लागि ११३ औं अन्तराष्ट्रिय नारी दिवस सफल पारौं, सम्मान सहभागिताको सुनिश्चिचता आजको आवश्यकता, महिला अधिकारको सम्मान, सुरक्षित समाजको निर्माण उद्यमशिलताको विकार गरौं, महिला हिंसा अन्तय गरौं, निर्णायक तहमा महिलाको सहभागीता आजको विकासको अपरिहार्यता नाराहरु प्लेकार्ड सहित प्रभातफेरी गरेको आयोजकले जानकारी दिए ।
दिवसको अवसरमा महिला सामुदायिक भवन उद्धघाटन समेत गरेको छ । कार्यक्रमका प्रमुुखअतिथी सुनसरीक्षेत्र नं. २ का पूर्व संघिय सांसद सिताराम मेहताले उद्धघाटन गर्नुभयो । भवन निर्माणको लागि पूर्व सांसद मेहताको निर्वाचन क्षेत्र विकास कोषबाट रु १० लाख सहयोग रहेको छ । यसैयरी वडा कार्यालय बाट रु ५ लाख ५० हजार सहित भवन निर्माणमा ब्यक्तिगत दाताहरुको सहयोग रहेको छ ।


संविधानले महिला अधिकार सुुनिश्चिचता गरीसकेको छ, लैंङ्गीक सामान्ताको अधिकार प्रदान गरेको छ, तसर्थ महिलाहरु निडर भएर नेतृत्व लिन अग्रसर हुनुुपर्ने भन्दै पूर्व सांसद मेहताले महिला सशक्तिकरण बिना सोचे जस्तो देश प्रगती हुन नसक्ने बताउँनुु भयो ।
उत्थान समाजकी अध्यक्ष आशा चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा महिला जनप्रतिनिधि तथा महिला नेतृत्वकर्ताहरुलाई सम्मान गरेको छ । सेभ द अर्थ सुनसरी संस्थाले महिला जागरुकका लागि रामधुनी नगरका महिला जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । उपप्रमुख तारा थापा सहित कार्यपालिका सदस्य तथा वडा महिला जनप्रतिनिधिहरुलाई सम्मान गरेको संस्थाका कार्यक्रम संयोजक गोविन्द चौधरीले जनाकारी दिनुुभयो ।
कार्यक्रमबाट एकल बिद्यालय संचालित भादगाउँ र मोहनपुरका शिक्षिका पुुनम चौधरी र चन्दा सरदारलाई आयोजक संस्थाले सम्मान गरेको छ । यसैगरी दिवसको अवसरमा खेलकुद आयोजना गरी उत्कृष्टलाई पुुरस्कृत समेत गरेको छ ।


कार्यक्रममा सुुनसरी क्षेत्र नं. २ क पूर्व प्रदेश सांसद नवोदिता चौधरीको उपस्थिती रहेको थियो । यसैगरी रामधुनी न.पा. १ नं. वडाअध्यक्ष महेश चौधरी, इनरुवा उद्योग बाणिज्य संघका अध्यक्ष बिरेन्द्र साह, सेभ द अर्थ सुनसरी अध्यक्ष पुुष्प भट्टराई, थारु कानुून व्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी, थारु कल्याणकारीणी सभा पूर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, झुम्का खानेपानी तथा सरसफाई मुुल उपभोक्ता समितिका अध्यक्ष केशीलाल चौधरी, थारु महिला सभा सुनसरी सभापति सुशिला लेखी, थारु महिला उत्थान समाजकी पूर्व अध्यक्ष सिता थरुनी, थारु चलचित्र साँस्कृतिक संघ जिल्ला अध्यक्ष जानकी चौधरी लगाययतका बक्ताहरुले महिला उद्यशिलमा जोड दिदै आफनो धारणा ब्यक्त गर्नु भएको थियो ।
कार्यक्र्रम आयोजनामा सेभ द अर्थ सुनसरी सहित साझाँ सवालका लागि साँझा मञ्च (कोकन), आरएसडिसी, सिएसडिसी संस्थाले सहयोग गरेको उत्थान समाजकी अध्यक्ष चौधरीले जानकारी दिनुुभयो । आयोजित कार्यक्रममा संस्थाकी उपाध्यक्ष सनम चौधरीले स्वागत मन्तब्य राख्नुु भयो भने कार्यक्रममा सचिव भगवती चौधरीले उद्घोषणको भूूमिका निर्वाह गर्नुभयो ।

अगाडिकाे पाेस्ट

सदभाव र एकताको शन्देस दिदै मिथिला एकता समाज रामधुनीको होली मिलन कार्यक्रम

अर्काे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको ९ औं साधारणसभा, सहमतिमा नेतृत्व चयनका लागि अग्रजहरुको जोड

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft