मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरका उद्योगी व्यावसायी चुनावी मैदानमा, १५ पदका लागि ६० जनाको उमेदवारी दर्ता

by By: रामधुनी खबर
चैत्र १०, २०७९
346

राख संवाददाता
झुम्का, चैत्र १० । रामधुनी नगर झुम्काका उद्योगी व्यावसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । उद्योगी व्यावसायीहरुको छाता संगठन झुम्का उद्योग बाणिज्य संघको ९ औ साधारण सभाबाट नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ ।
एक अध्यक्ष, दुुई उपाध्यक्ष, महासचिव, बाणिज्य सचिव, उद्योग सचिव, प्रचार सचिव, कोषाध्यक्ष सहित ७ सदस्य पदका लागि धेरै उद्योगी व्यावसायीहरुले आकँक्षा व्यक्त गरेका छन् । १ हजार ४ सय ९० कुल सदस्य रहेको झुम्का उद्योग बाणिज्य संघको निर्वाचन चैत १९ गते हुँदैछ ।
उमेदवारहरुको मनोनय चैत्र १० गते सुक्रवार रहेको थियो । उमेदवारको अन्तिम नामावली चैत्र १२ गते आइतवार दिनको ५ बजे प्रकाशन गर्ने निर्वाचन संयोजक डिल्ली कार्की हस्ताक्षरित निर्वाचन कार्यतालिकामा उल्लेख रहेको छ ।
झुम्का उद्योग बाणिज्य संघको आगामि नेतृत्वका लागि सुक्रवार उमेदवारहरुले मनोनयन दर्ता गरेका छन् । चासो र जागरुक्ताका साथ उत्साहजनक रुपमा मनोनयन दर्ता गरेका हुन् । उद्योगी व्यावसायीहरुको हकहितका लागि रामधुनी नगरका ब्यापारीहरु निर्वाचनमा होमिदा रामधुनी नगरमा निर्वाचनको रौनक बढ्न थालेको छ । यस रौनकमा अनुुभव बटुलेका उमेदवारहरुको मनोनयन दर्ताले उद्योगी व्यावसायीहरुमा झनै उत्साह थपिएको देखिन्छ ।


निर्वाचनका लागि पाँच जना अध्यक्षको उमेदवारी परेको छ । अध्यक्ष पदमा भरत कार्की, दुुर्गा फुुयाल, भोला रौनियार, नविन कुमार चौधरी, संदीप गौतमको उमेदवारी परेको हो । प्रथम उपाध्यक्ष पदका लागि शुुशिल साह, डिल्ली गुरागाई, विरेन्द्र प्रसाद साह, राम कुमार चौधरी गरी चार जनाको उमेदावारी रहेको छ ।द्धितिय उपाध्यक्षमा बविता घिमिरे, रोहित सुुब्बा, लक्ष्मी प्रसाद भट्टराई, सुरेश चौधरीले उमेदवारी दिएका छन् । महा सचिव पदका लागि सिता चौधरी(थरुनी), पुुष्प दाहाल, कमल कुमार साह र प्रकाश बन्धुु बस्नेतले उमेदवारी दर्ता गरेका छन् ।
कोषाध्यक्षमा नन्दलाल ढुुङ्गाना,रमेश कुमार चौधरी, सुनिल कुमार चौधरी र अन्जन कुमार तिम्सीनाको उमेदवारी रहेको छ । बाणिज्य सचिवमा राज कुमार साह(राजुु), चारस निरौला, अरुण बस्नेत र लोक नाथ गेलाल छन् । उद्योग सचिवमा महेश कुमार चौधरी, शुसिल साह, सुजना भट्टराई, हरिराम चौधरीले उम्मेदवारी दिएका छन् । प्रचार प्रसार सचिवमा संगिता साह, हरि कुमार कार्की, रन्जित कुमार ुाह, चन्द्रकला रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।

सदस्यहरुमा अच्युत कृष्ण चौलागाई, अशोक कुमार शाह ( रौनियार), आरती कुमारी राई, ओम प्रकाश शाह (सुरेश), जिवन थापा मगर (जिवन दाई)), तुलसी राम गेलाल, दिनेश चौधरी, नरेश कुमार परियार, नारायण चौधरी, निमा चौधरी, नोवेल चौधरी, प्रमानन्द चौधरी, मिथलेश वि.क. (मिथुन), मुना राय, मो. नौसाद खाँ, रविन कुमार श्रेष्ठ, रोशन घिमिरे, लेखनाथ खतिवडा, स्टेला राई, सन्तोष कुमार साह, सम्पुर्ण चौधरी, सागर पंचरिया, सुदिप कुमार श्रेष्ठ, सुनिल पोखे्रल, सुवाश घिमिरे, शंकर साह (डमरु), शम्भु कुमार साह उम्मेदवारी दिएका छन् ।
उद्योगी व्यावसायीहरुको चुनावलाई सबैले चासोका साथ लिएका छन् । उमेदवारको अन्तिम नामावली चैत्र १२ गते आइतवार प्रकाशन गर्ने रहेकोले पक्का भिडन्त सोहि दिनबाट देखिने छन् ।

अगाडिकाे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको निर्वाचन चैत्र १९ गते हुने, उम्मेदवार मनोनयन दर्ता चैत्र १० गते

अर्काे पाेस्ट

झुुम्का उद्योग बाणिज्य संघको गरिमा र व्यापारिक पेशा सुरक्षाकालागि अध्यक्ष भरत कार्कीको प्यानल

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft