मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुुम्का उद्योग बाणिज्य संघको गरिमा र व्यापारिक पेशा सुरक्षाकालागि अध्यक्ष भरत कार्कीको प्यानल

by By: रामधुनी खबर
चैत्र १२, २०७९
478

सुनिल चौधरी
झुम्का,चैत्र १२ । झुम्का उद्योग बाणिज्य संघको यही चैत्र १९ गते हुने चुनावका लागि अध्यक्ष भरत कार्कीको प्यानल घोषणा भएको छ । ‘न धर्म, न जाती, न पार्टि, हामि सबै ब्यापारी’ नाराका साथ कार्कीको प्यानल घोषणा भएको हो ।
झुुम्का उद्योग बाणिज्य संघको गरिमा र व्यापारिक पेशा सुरक्षाकालागि अध्यक्ष भरत कार्की सहितको उमेदवारहरुले प्रतिबद्धता गरेका छन् । व्यावसायिक एकता र आर्थिक समृद्धि तथा उद्योगी व्यवसायीहरुको लगानी सुरक्षामा कार्ययोजना सहितको कार्यक्रम अगाडि बढाईने र उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सदैव अडिग भएर लाग्ने प्रतिबद्धता गर्दै आफ्नो समूहको पक्षमा अध्यक्ष कार्कीले मत मागेका छन् ।
संघको गरिमा बढाउँन आफ्नै भवन निर्माणको पहल, आर्थिक पार्दशिता लगायत संस्थागत विकासमा जोड दिई संघको गरिमा बढाउँने कार्यमा अडिग भएर लाग्ने अध्यक्ष कार्की सहित प्यानलका उमेदवारहरुले एक्यबद्धता जनाएको छ । संघको नेतृत्वका लागि कार्कीको प्यानलका उमेदवारहरु अब्बल र अनुुभवी छन् । व्यवसाय सहितको विभिन्न संघ संस्थामा नेतृत्वको भूूमिका निर्वाहगरी संस्थागत नेतृत्वका अनुुभवी छन् ।
अध्यक्ष पदका उमेदवार भरत कार्की
अध्यक्ष पदका उमेदवार भरत कार्की कुशल व्यवसायी र नेतृत्वका लागि सफल ब्यक्तित्व छवि भएका व्यवसायी हुन् । कार्की सबैको सहकार्य स्विकारगरी सांगठनिक एकतामा कार्य गर्ने नेतृत्व कर्ता व्यवसायी हुन् । हिजोका दिनमा संघ संस्थाका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका व्यक्ति हुन् ।
झुम्का उद्योग बाणिज्य संघको निवर्तमान उद्योग सचिवको भूमिका निर्वाह गर्दै संस्थाको हरेक गतिविधिको बारेमा जानकार छन् । उन्ले व्यवसायीक रुपले सफलता प्राप्त गर्दै आ.ब. २०७४÷०७५ मा नगर आर्थिक विकासमा योगदान गरेको अवसरमा नगरपालिकाकोे उत्कृष्ट करदाताको पुरस्कारले सम्मानित भए । झुम्का बजारमा महिमा डिपार्टमेन्ट स्टोर, उत्तम पोल्र्टी सप्लायर्स, कोशी फिड्स प्रा.लि.मा लगानी गरी संचालन गर्दै आएका छन् । यसैगरी सुनसरी एग्रो फार्म एण्ड मिटसप प्रा.लि., झुम्का आर्गानिक कृषि फर्म प्रा.लि.मा लगानी गरी व्यवसायिक प्रोत्साहन बढाएको छ भने झुुम्का बजार विस्तारमा भूमिका खेलेका छन् ।
अध्यक्ष पदका उमेदवार कार्की व्यवसायीक हितमा संगठितका लागि नेपालभरीका व्यवसायीहरुको प्रत्यक्ष समन्वयमा कार्य गर्दै आएको छ । नेपाल अण्डा उत्पादक संघ केन्द्रिय कार्यालय चितवनको केन्द्रिय सदस्य भएर कार्य गर्दै आएको छ । नेपाल दाना उद्योग संघको केन्द्रिय सदस्य र संघको कोशी प्रदेशका उपाध्यक्षमा रहेर उद्योगी व्यवसायीहरुको हक हितमा समर्पण गर्दै संस्थागत रुपले अगाडि बढिरहेका छन् । व्यवसायीहरुको आर्थिक विकासमा योगदान पुरयाउँन उज्वल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको नेतृत्व लिएर कार्य गर्दै केन्द्रिय देखि स्थानीय सम्मको व्यवसायीहरुको दुुःख तथा समस्याको प्रत्यक्ष जानकार व्यवसायी हुन् ।
प्रथम उपाध्यक्ष पदको उमेदवार सुशिल साह
कार्की नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा व्यवसायी सुशिल साहको उमेदवारी रहेको छ । साह कर तथा लेखा परामर्श पेशामा आबद्ध रहेका छन् । एसएनएस मेनेजमेन्ट कन्सल्टेन्टका प्रवन्धक हुन् । विभिन्न फ्याकट्रिमा फाइनान्स प्रमुख भएर कार्य गर्दै दश बर्षको अनुुभव रहेको छ । साहको सिए तथा एमबिए सम्म योग्यता रहेको छ । यस अनुभवले यस प्यानल विजय प्राप्तले आर्थिक पार्दशिता र संस्थागत विकासमा योजना ल्याउन सहज हुनेछ ।
द्धितिय उपाध्यक्ष पदको उमेदवार बबिता घिमिरे
संघको निर्वाचनमा कार्की नेतृत्वको प्यानलमा द्धितिय उपाध्यक्ष पदको उमेदवार व्यवसायी बबिता घिमिरेको उमेदवारी रहेको छ । संघको निवर्तमान सदस्य समेत रहेकी घिमिरेले झुम्का बजारमा ३० बर्ष देखि व्यवसाय गर्दै आएकी छन् । व्यवसायीक अनुुभव रहेकोे घिमिरेमा व्यापारीहरुको समस्या प्रत्यक्ष अनुुभव रहेको छ । झुम्का बजारमा घिमिरे बादल फर्निचर र बादल होटेल संचालन गर्दै आएकी छन् ।
महासचिवको उमेदवार सिता थरुनी
व्यवसायी तथा व्यापारीहरुको संगठन झुम्का उद्योग बाणिज्य संघको कार्की प्यानलमा महासचिवमा महिला व्यवसायी सिता चौधरीले उम्मेदवारी दिएकी छन् । बजार विस्तार र व्यवसायीक प्रवद्र्धनमा संगठित र सहकार्य भएर लाग्नुु पर्छ मान्यता राखि संघको महासचिव जस्तो गरिमामय पदमा महिला नेतृत्वको प्रोत्साहन सहितको उमेदवारी दिएकी हुन् ।
संघको निवर्तमान सदस्य समेत रहेकी चौधरी यस झुम्का बजार विस्तार तथा नगरकै व्यवसायीहरुको हितमा कार्य गर्नु पर्छ भन्ने एक बाल्यकाल देखिको अनुुभव रहेको छ । झुम्का बजार विस्तार उन्मुखको योगदान गरेका चौधरीको बुुबाआमा व्यवसाय पेशामा जिविको पार्जन गर्दै आए । यस क्रम्ममा महासचिवको उमेदवार चौधरी व्यवसायकै दुुःख सुुखमा हुर्कीएर व्यवसायीहरुको लगानी सुरक्षित हुनुपर्छ भन्ने अठोट लिएकी हुन् । हिजोका दिनमा पनि झुम्का उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी व्यवसायी हुन् ।
चौधरीले थारु महिला उत्थान समाजको अध्यक्षको नेतृत्व लिएर रामधुनी नगरमा पर्यटक विस्तार गर्ने उधेश्यले संस्कार संस्कृतिको उठान सहितको मौलिक साँस्कृति कार्यक्रमगरी कोशी प्रदेश भरीनै रामधुनी नगरमा पर्यटक जागृतको भूमिका खेलेकी छन् । साँस्कृतिक मौलिक परिकार पहिचानका लागि झुम्कामा घोङही बगिया थारु भिलेज र बसघरा संचालन गर्दै आएकी छन् । संघको महासचिवमा निर्वाचित भएर थप जिम्मेवारी लिएर समग्र व्यवसाय प्रवद्र्धनमा लाग्ने बताउँछिन् व्यवसायी चौधरीले । झुुम्का बजारमा सिता फर्निसिंङ एण्ड गिफ्ट तथा भाडा पसलकी समेत संचालिका हुन् ।
बाणिज्य सचिवको उमेदवार अरुण बस्नेत
बाणिज्य सचिवको उमेदवार जागरुक युवा व्यवसायी अरुण बस्नेतले उमेदवारी दिएका छन् । व्यवसायी बस्नेत बस्नेत ज्वेलर्सका प्रोप्राइटर हुन् । यसैगरी झुम्का बजारमा एबि नेचुरल फिटनेस संचालन गर्दै व्यवसायीक प्रोत्साहन गरिरहेका छन् ।
कोषाध्यक्षको उमेदवार अन्जन कुमार तिम्सीना
कार्की प्यानलको कोषाध्यक्षको उमेदवारमा व्यवसायी अन्जन कुमार तिम्सीनाको उमेदवारी रहेको छ । तिम्सीना कन्कना फेन्सी पसलका प्रोप्राइटर हुन भने नमुना बचत तथा ऋण सहकारी संस्थाका सचिव समेत रहेर कार्य गर्दै आएकोले आर्थिक व्यवस्थापनमा दक्ष रहेको छ ।
प्रचार प्रसार सचिवको उमेदवार संगिता साह
प्रचार प्रसार सचिवको उमेदवारमा व्यवसायी संगिता साहले उमेदवारी दिएकी छन् । कार्कीको प्यानलबाट साह उमेदवारी दिदै व्यापारी र व्यवसायीहरुको हितका लागि सदैव लागि पर्ने व्यवसायी हुन् । साह संघको निवर्तमान सदस्य समेत हुन् ।
सदस्यहरुमा उमेदवारी
अध्यक्ष पदका उमेदवार भरत कार्कीको प्यानलबाट व्यवसायीक चिन्तन र व्यापारी विकास शिल मनन् गर्ने सदस्यहरुको उमेदवारी रहेको छ । प्यानलले जित्दा व्यवसायको प्रवद्र्धन र व्यवसायीको हित हुन्छ भन्ने सदस्यहरुको प्रतिबद्धता रहेको छ । उमेदवारी सदस्यहरु ः
दिनेश चौधरी
मो. नौसाद खाँ
अशोक कुमार साह रौनियार
प्रमानन्द चौधरी
आरती कुमारी राई
सम्पुर्ण चौधरी
निमा चौधरी
कार्कीकोे प्यानलले सबै व्यापारीको हकहितका कुरा राम्रोसँग बुझेका छन् । उनीहरु संघर्षशील व्यवसायी भएकाले रामधुनी नगरको आर्थिक समृद्धि र उन्नतिका बारेमा सहजै बुझ्न सक्ने क्षमता भएका व्यवसायीहरु हुन् । व्यवसायीहरुको समस्यामा प्रतिरक्षकको रुपमा खडा हुने प्यानलका उमेदवारहरुले प्रतिबद्धता गरेका छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरका उद्योगी व्यावसायी चुनावी मैदानमा, १५ पदका लागि ६० जनाको उमेदवारी दर्ता

अर्काे पाेस्ट

भूगोल बाहिरका फर्जी ठेगाना मतदाता भएको चुनाव तिन अध्यक्ष उमेदवार सहितको प्यानलद्धारा बहिष्कार

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft