मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सिरुवा पर्वको ऐतिहासिकता पुुस्तान्तरण गर्दै रामधुनी १ नयाँटोल भादगाउँमा साँस्कृतिक कार्यक्रम

by By: रामधुनी खबर
बैशाख १२, २०८०
407

चन्द्रकला चौधरी
झुम्का, बैशाख १२ । ‘सिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व । यो पर्व (पावैन) प्रत्येक थारु समुदायको महत्वपूर्ण चाड हो । थारु समुदायको सभ्यता विकास संगै मौलिक रुपमै पर्व मानाउँदै आएको छ । सिरुवा संगै नयाँ बर्ष, जुुरशितल, डिहवार ग्रामथान, प्राकृतिक पर्यावरण जोडिएको छ । महत्वपूर्ण पहिचानको रुपमा स्थापित सिरुवा पर्वको मौलिकता, ऐतिहासिकता, महत्व र उद्येश्य अहिले आएर हराउँदै गएको छ ।
एकल जातिय राज्यको विभेदकारी नीतिले थारु समुदायलाई स्वयम संस्कार परम्परा त्याग गर्न बाध्य बनाइँ रहेको अवस्थामा पुुस्तान्तरणको आवश्यक्ता महसुुसगरी रामधुनी नगरपालिका वडा नं. १ नयाँटोल भादगाउँमा सिरुवा पर्वको ऐतिहासिकता पुुस्तान्तरण गर्दै साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
सिरुवा पर्वको अवसरमा प्रत्येक बर्ष रामधुनी नगरपालिका १ नं. वडा झुम्कामा बैशाख ९ गते झुुम्का मेला (धाम) लाग्दै आएको छ । बुधवार र सनिवार लाग्ने हटिया लाइनमा सलहेश भगवानको अंशको रुपमा रहेको सलहेश थानमा विधिवत पूजा आजा गरी मेला लाग्दै आएको छ ।
मेलाको अवसरमा सिरुवा पावैन शुुभकामना आदान प्रदान तथा जेष्ठनागरिक सम्मान कार्यक्रम गर्दै गाउँका २५ जना जेष्ठनागरिकलाई सम्मान गरेको छ । श्री जनजागृति युवा क्लवको आयोजनामा अग्रज तथा जेष्ठनागरिकलाई दोसल्ला ओढाई सम्मान गरेको अध्यक्ष कन्तलाल चौधरीले जानकारी दिए । गाउँको सौनधामी डिहवार ग्रामथानका युवा गहदार आलोक चौधरीलाई सम्मान गरेको बताए । यसैगरी विवाह ग्रामथान लगायतका बिषहैर पूजामा पौराणिक गीत गाउदै आएका महिला गीतहाइरहरुमा सम्मान गरेको आयोजकले जानकारी दिए ।
सिरुवा पावैन साँस्कृतिक कार्यक्रममा बिषहैर गीत, झुमैर प्रस्तुत गरेका थिए । बाल कलाकारले विभिन्न थारु भाषाका गीतहरुमा कलाहरु प्रस्तुुत गरेका थिए भने विवाहित महिलाहरुले समेत नृत्य कला प्रस्तुत गर्दै कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए । यसैगरी युवाहरुले पनि नृत्यगरी सिरुवा कार्यक्रमलाई साँस्कृतिक मैत्रि बनाएको आयोजक श्री जनजागृति युवा क्लवका अध्यक्ष चौधरीले जानकारी दिए ।
कार्यक्रममा उपस्थिती तथा नयाँटोल भादगाउँकी चेली रामधुनी नगरपालिकाकी निवर्तमान उपप्रमुख सविना चौधरीले कार्यक्रममा आफनो धारणा व्यक्त गर्दै सम्मानले जेष्ठनागरिकमा खुसिको भाव र उत्साह झल्किएको बताइन् । जेष्ठनागरिकको सम्मान आजको युवाहरुमा प्रोत्साहन रहेको यस प्रकारका कार्यक्रम सामाजिक उत्तरदायित्व बहन गरेको उठान गरिन् । गाउँका युवाहरु वालविवाहमा, युवाहरु दुुव्र्यशनिको लतमा सचेतहुुनुु पर्ने र यसका लागि अभिभावक पनि सचेत हुन आवश्यक रहेको सुुझाव दिदै नयाँ वर्ष तथा सिरुवा पर्वको शुुभकामना ब्यक्त गरिन् ।
कार्यक्रममा उपस्थित तथा सहयोगी थारु महिला उत्थान समाजकी पूर्व अध्यक्ष सिता थरुनीले थारु महिलाहरु उद्यमि बन्नुपर्ने धारणा ब्यक्त गरिन् । परनिर्भरताले नेतृत्व लिन नसक्ने भएकोले आत्मनिर्भरताका लागि महिलाहरु उद्यमिमा ध्यान दिनुपर्ने सुझाव ब्यक्त गरिन् । उत्थान समाजकी पूर्व अध्यक्ष थरुनी थारु साँस्कृतिक पहिचानका परिकारलाई व्यवसायिक्ताको रुप दिदै थारु घोङ्गही बगिया थारु भिलेजकी संचालिका हुन् ।
कार्यक्रम क्लवका पूर्व संस्थापक अध्यक्ष प्रदिप चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमका लागि उद्घोषण संचारकर्मी सुनिल चौधरी, बालअधिकार कर्मी प्रिति चौधरी गरेका थिए भने व्यवसायी उद्यमी कर्मी सिता थरुनी र सामाजिक अभियान कर्मी कन्तलाल चौधरीले उद्घोषकमा साथ दिएका थिए ।

अगाडिकाे पाेस्ट

शिरुवा पर्व आगमन संगै इटहरी टेंग्राटोलीका थारु समुदायले निरन्तरता दिदै मनाए ‘बहरजात्रा’

अर्काे पाेस्ट

‘थारु समुदायको राजनीतिक,आर्थिक,सामाजिक र शैक्षिक हैसियत कानूनमा लेखेर जान्छु’ : मेयर पौडेल

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft