मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘थारु समुदायको राजनीतिक,आर्थिक,सामाजिक र शैक्षिक हैसियत कानूनमा लेखेर जान्छु’ : मेयर पौडेल

by By: रामधुनी खबर
बैशाख १७, २०८०
384

सुनिल चौधरी
इटहरी, बैशाख १७ । थारु समुदाय ऐतिहासिक समुदाय हो र यसका लागि स्थानीय सरकार इटहरी उपमहानगरपालिकाले राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक हैसियत कानूनमा उल्लेखगरी संरक्षण गर्ने मेयर हेमकर्ण पौडेलले प्रतिबद्धता गर्नु भएको छ ।
थारु कल्याणकारिणी सभा (थाकस) उपमहानगर कार्य समितिले शनिवार आयोजना गरेको जुुरशितल तथा सिरुवा पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा धारणा ब्यक्त गर्दै आफ्नो पाँच बर्षको कार्यअवधिमा थारु समुदायको संस्कार संस्कृति परम्परालाई संरक्षण तथा जिवन स्तर बढाउँन कानूूनमै उल्लेख गरी संरक्षण गर्ने बताउँनुभएको हो ।
जुरशितल र सिरुवा पर्वको शुभकामना दिदै मेयर पौडेलले इटहरी उपमहागर भित्र प्रथम जातीको परिचय पत्र सहितको सेवा सुविधा उपलब्ध गराउँने उठान गर्नु भयो । स्थानीय साधन श्रोत जे छन् यसैलाई परिचालनगरी रोजगारमा प्राथमिक्ता, शिक्षा, स्वास्थ्यमा बिशेष अधिकार प्रदान लगायत कर सेवामा पनि छुट सुविधा उपलब्ध गराउँन नीति लिने बताउँनु भयो ।
मानव अस्तित्व विकास संगै थारु समुदायले तराईमा बस्न र खान योग्य बनाउँने ऐतिहासिक थारु समुदायनै रहेको बताउँनु भयो । थारु समुदाय ऐतिहासिक जाती भएपनि अन्याय, दमन, शोषण खेप्नु पर्ने बाध्यतामा इटहरी नगरपालिकाले ठोस सम्मान दिने धारणा ब्यक्त गर्नु भयो । थारु जातीको सम्मानका लागि पहिलो जाती घोषणा, थारु भाषामा पठनपाठन, थारु संग जोडिएको ग्रामथान संरक्षण अतिक्रमण रोक्न सुचिकृत तथा अध्यावधिकको नीति लिई सकेको जानकारी दिनुुभयो ।
इटहरी उपमहानगरका प्रत्येक थारु समुदायका नयाँ पिढीले हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने तागत र योग्य बनाउँने मेयर पौडेलले बताउँनुु भयो । ऐतिहासिक थारु समुदाय राज्यको विभेदले अहिले सुकुुम्बासी जिवन बिताउँनु परेको छ तर इमान गुमाएको छैन्, मागेर खाएको छैन् आफनै संघर्ष र मेहनतले बाचेको उहाँले धारणा राख्नुभयो ।
प्रथमजातिका लागि साँस्कृतिक महत्वका संस्कारहरु उजागर गर्न रु ३०,००,०००। बिनियोजित रकम परिचालन गर्नु पर्ने बिषयमा कार्य समिति निर्माण गरिसकेकोले थप संस्कार परम्परा संरक्षण हुने बताउँनुभयो ।
चुपचाप कुनामा बसेर यहाँ कसैले केही दिने वाला छैन् । त्यसैले ऐतिहासिक थारु समुदाय आफनो अधिकारमा संघर्ष गर्दै संघिय देखि स्थानीय सरकार संगको प्रतिवादगरी अधिकार लिन सक्नुपर्छ भन्दै कार्यक्रममा सुुझाव समेत ब्यक्त गर्नुभयो ।
उपमहानगरबाट बिनियोजित रकम रु ३० लाखको योजनामा थाकस इटहरी उपमहानगर कार्यसमितिले नेतृत्व लिने भन्दै यसका लागि उपमहानगरपालिकाले बनाएको समितिमा पुुनर बिचारगर्नु पर्ने थाकस इटहरीका अध्यक्ष लक्ष्मिनारायण चौधरीले माग गर्नु भयो ।
कार्यक्रममा बिशिष्ठ अतिथीमा उपपमेयर संगीता चौधरी, थाकस केन्द्रिय बरिष्ठ उपाध्यक्ष कन्नुुलाल चौधरी, केन्द्रिय सदस्य उर्मिला चौधरी, वडा अधयक्ष तेजनारायण चौधरी, थाकस इटहरी पूर्व अध्यक्ष रामरोहन चौधरी लगायतका बक्ताहरुले आफनो धारणा ब्यक्त गर्नुुभएको थियो ।

अगाडिकाे पाेस्ट

सिरुवा पर्वको ऐतिहासिकता पुुस्तान्तरण गर्दै रामधुनी १ नयाँटोल भादगाउँमा साँस्कृतिक कार्यक्रम

अर्काे पाेस्ट

था.क.स.रामधुनी नगर कार्य समितिको जेष्ठ ५ गते प्रथम नगर अधिवेशनको तयारी

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft