राख संवाददाता
झुम्का,जेष्ठ २२ । वातावरण स्वच्छ अभियानको शन्देश दिदै रामधुनी नगरपालिका र रामधुनी ९ नं. वडाको परिसरमा बृक्षा रोपन गरिएको छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाउँदै गर्दा रामधुनी नगरमा बृक्षा रोपन गरि वातावरण स्वच्छताको शन्देस दिएको हो ।
मानव जिवनको सार्थक र जिवनको उत्तारचढावमा स्वस्थय संगको प्रत्यक्ष वातावरण र पर्यावरणको स्वच्छता संग जोडिएको हुँदा बृक्षा रोपन अत्यन्त महत्व रहेको नगरप्रमुख शंकरलाल चौधरीले बताउँनुु भयो । बृक्षा रोपन गरेपनि संरक्षणको अभाव देखिएकोले यसमा ध्यान दिन पनि आवश्यक रहेको भन्दै उहाँले सुुझाव ब्यक्त गर्नु भयो ।

खानेपानि तथा सरसफाई शाखाको संयोजकत्वमा नगरपालिकाको परिसरमा फुलका बिरुवाहरु रोपेका छन् । जनप्रतिनिधि र कर्मचारीहरुको संयुुक्त सहभागीले सो फुलका बिरुवाहरु रोपेको शाखा प्रमुख टिका राम चौधरीले जानकारी दिएका हुन् ।
बिश्व वातावरण दिवसको अवसरमा ईटिसी नेपालको सहयोग र सेभ द अर्थ सुनसरीको समन्वयमा रामधुनी ९ नं. को वडा कार्यालयको परिसरमा बृक्षा रोपन गरेको छ । नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा तिन प्रकारका बिरुवाहरु रोपेको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुुष्प भट्टराई बताउँनुभयो । उहाँले लहरे फुल, धुपी, धार्मिक बृक्ष स्वामी रुद्राक्ष, वगनवेली, गुवालका फुलहरु रोपेको जानकारी दिनुु भयो ।
बृक्षा रोपन सहित प्लास्टिक जन्य प्रदूषण निर्मूल गर्न कपडाको झोला प्रयोग गर्नु पर्ने भन्दै भट्टराईले सचेतना सहित कपडाको झोला वितरण गर्नु भयो । बृक्षा रोपन वडा अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा निवर्तमान मेयर जयप्रकाश चौधरीको समेत उपस्थिती रहेको थियो । वडा अध्यक्ष बुधनारायण चौधरी लगायतका स्थानीय वडाका बाल संजालका प्रतिनिधि र टोलका महिलाहरुको उपस्थिती तथा सहकार्यमा बृक्षा रोपन गरेको बिजय चौधरीले जानकारी दिएका हुन् ।





