मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

वातावरण स्वच्छ अभियानको शन्देश दिदै रामधुनी नगरपालिका र ९ नं. वडाको परिसरमा बृक्षा रोपन

by By: रामधुनी खबर
जेठ २२, २०८०
347

राख संवाददाता
झुम्का,जेष्ठ २२ । वातावरण स्वच्छ अभियानको शन्देश दिदै रामधुनी नगरपालिका र रामधुनी ९ नं. वडाको परिसरमा बृक्षा रोपन गरिएको छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाउँदै गर्दा रामधुनी नगरमा बृक्षा रोपन गरि वातावरण स्वच्छताको शन्देस दिएको हो ।
मानव जिवनको सार्थक र जिवनको उत्तारचढावमा स्वस्थय संगको प्रत्यक्ष वातावरण र पर्यावरणको स्वच्छता संग जोडिएको हुँदा बृक्षा रोपन अत्यन्त महत्व रहेको नगरप्रमुख शंकरलाल चौधरीले बताउँनुु भयो । बृक्षा रोपन गरेपनि संरक्षणको अभाव देखिएकोले यसमा ध्यान दिन पनि आवश्यक रहेको भन्दै उहाँले सुुझाव ब्यक्त गर्नु भयो ।


खानेपानि तथा सरसफाई शाखाको संयोजकत्वमा नगरपालिकाको परिसरमा फुलका बिरुवाहरु रोपेका छन् । जनप्रतिनिधि र कर्मचारीहरुको संयुुक्त सहभागीले सो फुलका बिरुवाहरु रोपेको शाखा प्रमुख टिका राम चौधरीले जानकारी दिएका हुन् ।
बिश्व वातावरण दिवसको अवसरमा ईटिसी नेपालको सहयोग र सेभ द अर्थ सुनसरीको समन्वयमा रामधुनी ९ नं. को वडा कार्यालयको परिसरमा बृक्षा रोपन गरेको छ । नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा तिन प्रकारका बिरुवाहरु रोपेको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुुष्प भट्टराई बताउँनुभयो । उहाँले लहरे फुल, धुपी, धार्मिक बृक्ष स्वामी रुद्राक्ष, वगनवेली, गुवालका फुलहरु रोपेको जानकारी दिनुु भयो ।


बृक्षा रोपन सहित प्लास्टिक जन्य प्रदूषण निर्मूल गर्न कपडाको झोला प्रयोग गर्नु पर्ने भन्दै भट्टराईले सचेतना सहित कपडाको झोला वितरण गर्नु भयो । बृक्षा रोपन वडा अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा निवर्तमान मेयर जयप्रकाश चौधरीको समेत उपस्थिती रहेको थियो । वडा अध्यक्ष बुधनारायण चौधरी लगायतका स्थानीय वडाका बाल संजालका प्रतिनिधि र टोलका महिलाहरुको उपस्थिती तथा सहकार्यमा बृक्षा रोपन गरेको बिजय चौधरीले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

था.क.स.रामधुनी नगर समितिको नव निर्वाचित पदाधिकारीहरुलाई सपथ तथा पदस्थापन

अर्काे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज बुधवार टिकटक स्टार प्रिती पासवानको धमाकेदार प्रस्तुती रहने

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft