राख संवाददाता
झुम्का, असार ७ । थारुको छातीमा कुल्चिनेका बिरुद्ध पहिचानको मुद्धा लिएर उभिएको छुु भन्दै पहिचानको अधिकार प्राप्त गर्न राजनीतिक क्रान्तिले सशक्त हुनु पर्ने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बताएका छन् ।
झुुम्कामा आयोजित अभिनन्दन कार्यक्रममा चौधरीले भने, ‘कसैले कसैलाई विभेद गरेर होइन, यो देशमा बाहुनले बाहुनवादी गरेको शोषणको बिरुद्ध, क्षेत्रि माथी शासन गर्नेका बिरुद्ध, थारुको छातीमा कुुल्चिनेका बिरुद्ध पहिचानको मुद्धा लिएर उभिएको छुु’ भन्दै एक गोलबन्ध हुुन नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले बताएका हुन् ।
राज्यको सामन्त प्रबृतिले थारु समुदायको भूमि, साँस्कृतिक, पहिचान, आर्थिक, सबै गुुमेको छ, अब गुम्न के नै बाँकी छ । थारु समुदायलाई दास जस्तो ब्यवहार गर्दै छन् । भूमि पुत्र थारु कहिले सम्म दास बन्ने त्यसैले राजनीतिक रुपले अगाडि बढ्न सुुझाव ब्यक्त गरे ।
टिकापुर घटनामा कुनै पनि थारुको सम्पति बाँकी रहेन । यसका बिरुद्ध समय अनुरुप जवाफ दिदै जानुपर्ने अवस्था आएकोले अडिग र अटल भएर भिड्नुपर्ने धारणा ब्यक्त गरे । पुुस्ता जोगाउँन पहिचान चाहिन्छ, पहिचानको अधिकार प्राप्त गर्न राजनीतिक क्रान्तिले सशक्त हुनुु पर्ने धारणा ब्यक्त गरेका छन् । अभिनन्दन कार्यक्रममा चौधरीले भने, ‘आन्दोलन, टायर बाल्ने, बन्द हडताल नगरी बैचारिक नीतिले राजनीतिक क्रान्तिबाट उत्पीडन समुदाय सशक्त हुनुु पर्छ’ ।
उनले अब आफू राजनीतिमै सक्रिय हुने उनले बताएका छन् । पार्टीलाई थप सुदृढ बनाउन आफू लागिपरेको उनले जनाए । उनले टीकापुर घटनामा मारिएकाहरुले न्याय पाउनुपर्नेमा जोड दिए ।
धारणा ब्यक्त गर्ने क्रम्मा नागरिक उन्मुक्ति पार्टीको प्रचार गर्दै संरक्षक चौधरीले नागरिक उन्मुक्ति पार्टी र ढकीया छापलाई माया गरिदिनुहुन अनुरोध गरे । पार्टीले पहिचानको मुद्धा बोकेको अटल हो । भौगौलिक साँस्कृतिक पहिचान सहितको मुद्धा पार्टीको मुख्य उधेश्य रहेकोले अबको आउँदा चुनावमा ढकीया छापमा मतदान गर्न अनुरोध गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले सुुनसरीका केन्द्रिय सदस्य र जिल्ला समितिका अध्यक्षलाई सुुझाव दिदै भने आफु झुक्नुुस, केन्द्रिय सदस्य छाड्नुुस, जिल्ला अध्यक्ष छोड्नुुस, आफुभन्दा जानेकालाई आउँन दिनुस, ल्याउन दिनुस किनकी पहिचानको आन्दोलनमा बफादार सिपाही चाहेको छ, यस्तो सिपाही कानूून जान्ने सिफाही, सिमांकन कोर्ने जान्ने सिपाही, सत्ता परिवर्तन गर्न जान्ने सिपाही, संविधान कोर्न जान्ने सिपाही चाहिएको छ, यी सिपाही आउँनका लागि अहिलेको समिति तपाईहरुले बलिदानी दिनै पर्ने भन्दै निर्दैशन समेत दिएका छन् ।
