मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

एनआईसी एसिया बैंक झुम्काद्धारा दाहालका परिवारलाई दुर्घटना बीमा वापत रु १० लाख हस्तान्तरण

by By: रामधुनी खबर
असार ८, २०८०
336

राख संवाददाता
झुम्का,असार ८ । एन आई सी एशिया बैंक झुुुम्का शाखाले दुर्घटनामा परी ज्यान गुमाएका चन्द्रराज दाहालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । बैंकले सुक्रवार एक कार्यक्रमगरी मृतक दाहालको श्रीमती लक्षीमा (घिमिरे) दाहाल लाई सो रकम हस्तान्तरण गरेको शाखा प्रमुख शन्देस भन्डारीले जानकारी दिनुुभयो ।
बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रामधुनी न.पा. वडा नं. ३ स्थायी घर भएका मृतक दाहालको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम रामधुनी नगरप्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, झुम्का उद्योग बाणिज्य संघका अध्यक्ष नविन चौधरी र उपक्षेत्रिय प्रमुख दसरथ पराजुलीले संयुक्त रुपले रु. १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
सर्वश्रेष्ठ बचत खातामा रु २५ सय राखेर खोल्न सकिने जनाएको छ । यस खातामा बैंक मार्फत प्रिमियम तिर्नु नपर्ने निशुल्क बीमा गरिदिने योजना रहेको छ । बचत गरेको ब्याज पनि दिईरहने यस खाता संचालन अनुसार मृतकका परिवारलाई दुर्घटना बीमा वापतको रकम उपलब्ध गराएको हो ।
बिमा सम्बन्धमा बैंकको योजना आम नागरिकहरुका लागि सहयोगीको रुपमा रहेको नगर प्रमुुख चौधरीले बताउँनुभयो । बीमा हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले मानवको जिवन अमुल्य भएपनि मृतकको परिवारलाई बिमाले केही राहत पुर्याउने भएकोले बैंकको योजना सराहनीय रहेको धारणा ब्यक्त गर्नुभयो ।
बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरुलाई औषधि उपचारका लागि रु १ लाख, दर्घटना बिमा वापत रु १० लाख र घातक रोग बीमा वापत रु १० लाख सम्म पाउँने जनाएको छ । एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

अगाडिकाे पाेस्ट

थारुको छातीमा कुल्चिनेका बिरुद्ध पहिचानको मुद्धा लिएर उभिएको छु : रेशम चौधरी

अर्काे पाेस्ट

रामधुनी नगरमा ऐतिहासिक धरोहर डिहवार (ग्रामथान) संरक्षणका लागि नीति योजनाको अभाव

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft