मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

एनआईसी एसिया बैंक झुम्काद्धारा दाहालका परिवारलाई दुर्घटना बीमा वापत रु १० लाख हस्तान्तरण

by By: रामधुनी खबर
असार ८, २०८०
356

राख संवाददाता
झुम्का,असार ८ । एन आई सी एशिया बैंक झुुुम्का शाखाले दुर्घटनामा परी ज्यान गुमाएका चन्द्रराज दाहालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । बैंकले सुक्रवार एक कार्यक्रमगरी मृतक दाहालको श्रीमती लक्षीमा (घिमिरे) दाहाल लाई सो रकम हस्तान्तरण गरेको शाखा प्रमुख शन्देस भन्डारीले जानकारी दिनुुभयो ।
बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रामधुनी न.पा. वडा नं. ३ स्थायी घर भएका मृतक दाहालको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम रामधुनी नगरप्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, झुम्का उद्योग बाणिज्य संघका अध्यक्ष नविन चौधरी र उपक्षेत्रिय प्रमुख दसरथ पराजुलीले संयुक्त रुपले रु. १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
सर्वश्रेष्ठ बचत खातामा रु २५ सय राखेर खोल्न सकिने जनाएको छ । यस खातामा बैंक मार्फत प्रिमियम तिर्नु नपर्ने निशुल्क बीमा गरिदिने योजना रहेको छ । बचत गरेको ब्याज पनि दिईरहने यस खाता संचालन अनुसार मृतकका परिवारलाई दुर्घटना बीमा वापतको रकम उपलब्ध गराएको हो ।
बिमा सम्बन्धमा बैंकको योजना आम नागरिकहरुका लागि सहयोगीको रुपमा रहेको नगर प्रमुुख चौधरीले बताउँनुभयो । बीमा हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले मानवको जिवन अमुल्य भएपनि मृतकको परिवारलाई बिमाले केही राहत पुर्याउने भएकोले बैंकको योजना सराहनीय रहेको धारणा ब्यक्त गर्नुभयो ।
बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरुलाई औषधि उपचारका लागि रु १ लाख, दर्घटना बिमा वापत रु १० लाख र घातक रोग बीमा वापत रु १० लाख सम्म पाउँने जनाएको छ । एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

अगाडिकाे पाेस्ट

थारुको छातीमा कुल्चिनेका बिरुद्ध पहिचानको मुद्धा लिएर उभिएको छु : रेशम चौधरी

अर्काे पाेस्ट

रामधुनी नगरमा ऐतिहासिक धरोहर डिहवार (ग्रामथान) संरक्षणका लागि नीति योजनाको अभाव

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft