राख संवाददाता
झुम्का,असार १० । रामधुनी नगरपालिकाले आज (आइतवार) १४ औं नगरसभा सम्पन्न गरेको छ । नगर सभाबाट ‘गौरव’ को योजनामा रु ६ करोडको बजेट विनियोजन गरेको छ ।
‘पर्यटन र पूर्वाधार, समृद्ध रामधुनीको आधार’ मुल उधेश्य लिदै आ.ब. २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित कुल बजेट रु ६८ करोड २१ लख ९९ हजारको सार्वजानिक गरेको छ । नगर प्रमुख शंकरलाल चौधरीले नीति तथा कार्यक्रम सार्वजानिक गर्नुभयो भने उपमेयर तारा थापा बजेट प्रस्तुत गर्नुभयो ।
उपमेयर थापाले बजेट प्रस्तुत गर्दै नगरपालिकाले पुर्वाधार विकासका लागि गौरवको योजनामा प्रत्येक वडामा ५०/५० लाख बजेट विनियोजन गरेको सार्वजानिक गर्नु भयो । गौरवको योजनाबाट विकासका लागि २५ वटा योजना रहेको छ ।
गौरवको योजनाले ल्याएको विकासको बजेटमा वडा नं. १ मा झुुम्का घोङ्गही बगिया भिलेजदेखि डुमरिया जानेबाटो कालोपत्रे गर्न रु ५० लाख विनियोजन गरेको छ । वडा नं. २ मा कुम्याहीबाट काली झोडा जानेबाटो कालोपत्रेका लागि रु ३० लाख र मोची टोलबाट कर्मनिया टोल जानेबाटो कालोपत्रे गर्न रु २० लाख बजेट राखिएको छ ।
वडा नं. ३ मा पिपराबाट पानी ट्याङ्की जानेबाटो कालोपत्रे रु ५० लाख, रामधुनी ४ पिडारी मन्दिर देखि दक्षिण पथरदेवा रामपुरा जानेबाटे कालोपत्रेका लागि रु ५० लाख गरिएको छ । रामधुनी ५ झुुम्केश्वर मन्दिरबाट चतरा बस पार्क जानेबाटो र फुटबल चोक देखि बकर्डहल जानेबाटो कालोपत्रेका लागि रु ५० लाख विनियोजन गरेको छ ।
बजेट सार्वजानिक गर्दै गौरवको योजनामा रामधुनी ६ मैनी बाट ढेरीगाउँहुँदै चतरा नहर जानेबाटो कालोपत्रे रु ५० लाख, रामधुनी ७ नं. वडामा तरहरा चतरा मार्ग कजरापुुल देखि वरपिपल जानेबाटो कालोपत्रे क्रमागतमा रु ५० लाख विनियोजन गरेको छ ।
रामधुनी ८ नं. वडामा पौडेल चौकबाट सा्ह्र नम्बर जानेबाटोको कालो पत्रेका लागि रु ५० लाख र रामधुनी ९ नं. वडामा वडा कार्यालय जानेबाटो डुुम्राहा बजार सम्म कालोपत्रे गर्न रकम रु ५० लाख छुट्याएको छ ।
बजेटबाट रामधुनी मन्दिरका लागि रु १० लाख,भासि बहुमुुखि क्याम्पस भवन निर्माण तथा संचालन व्यवस्थापन खर्च रु ५० लाख लगायतका २५ वटा गौरवको योजनामा रु ६ करोड विनियोजन गरेको उपमेयर तारा थापाले बजेट मार्फत योजना प्रस्तुत गरेको हो ।
