सुनिल चौधरी
झुम्का, असार १४ । रामधुनी नगरपालिका वडा नं. २ की कमली मोची दोस्रो पटक निर्वाचित दलित महिला वडा सदस्य हुनुहुन्छ । उहाँ २०७९ को स्थानीय तहको चुनावमा दलित महिला सदस्यमा दोस्रो पटक निर्वाचित हुनुुभयो ।
२०७४ सालको पहिलो पटक स्थानीय तहको निर्वाचनमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दा पुनः दोस्रोपटक निर्वाचित हुुँदै जनप्रतिनिधिको भूमिकामा हुनुुहुन्छ । जनताको भावना अनुसार दायित्व पुरा गर्दा कमली मोचीले वडा सदस्यमा अत्याधिक मतप्राप्त गर्नुभयो ।
स्थानीय तहको दोस्रो निर्वाचनमा १ हजार १० भोट प्राप्तगरी बिजय हुनुभयो भने पहिलो स्थानीय तहको निर्वाचनमा ७ सय १७ मतले निर्वाचित हुनुुभएको थियो । पहिलो स्थानीयतहको निर्वाचन भन्दा दोस्रो पटकको निर्वाचनमा थप बढी मत प्राप्तगरी जनप्रतिनिधि हुँदै सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिकामा हुनुुहुन्छ ।
किसान खेती गर्दै आएका जनप्रतिनिधि मोची नेकपा एमालेमा आस्था राखेर राजनीतिक क्षेत्रमा सक्रिय हुनुुभयो । अहिले उहाँ पार्टीको नगर सदस्यको जिम्मेवारमा हुनुुहुन्छ ।
जनप्रतिनिधि हुँदाको अनुभव
जनप्रतिनिधीको ब्याच लगाएपछि नागरिक संग गरिएका वाचा, प्रतिबद्धता बिर्सिएर स्वार्थ र सुुख भोगमा रमाउँने व्यवहार धेरै जनप्रतिनिधीहरुमा हुन्छन् । आश्वासन मात्र दिने भोट पाएपछि फर्किएर नहेर्ने जनप्रतिनिधिहरुका कारण नागरिकको पक्षमा कार्यगर्ने असल गुण भएका जनप्रतिनिधीहरु पनि समाजमा बदनाम हुनुु पर्ने बताउँनु हुन्छ दलित महिला वडा सदस्य कमली मोची ।
स्वयम उहाँमा समेत आरोप लगाउँने गरेको अवस्थामा समाजमा सेवाका कार्यगर्छु भन्ने आस आशा मात्रै बनेको थियो त्यतिबेला । उहाँ सामाजिक उत्तरदायित्वमा अग्रसर भै रहदा वडावासीहरुबाट यस्तै खालका गुनासो सुन्नुु पर्ने बाध्यता थियो ।
बाध्यता र समस्या संग भिडेर अगाडी बढ्न उहाँमा क्षमता विकास भएको अवस्था थिएन । समस्या जगजाहेर रहेता पनि वडा, नगरपालिका तथा अन्य सरोकारवाला संस्थामा राख्न पनि निकै समस्या थियो । वडामा विकास निर्माणका बारेमा कोही कसैले प्रश्न गर्दा जवाफ फर्काउँन असहज थियो भनेर वडा सदस्य मोचीले भन्नुभयो । यो समस्या पहिलो पटकको जनप्रतिनिधिको समयअवधि तिन बर्ष पुुग्दा सम्म थियो ।
त्यही समयमा दलित महिला केन्द्रबाट ‘शी लिड्स’ तालिम सुुरुभयो । रामधुनी नगरपालिकाका महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि आयोजित तालिममा उहाँ पनि सहभागी हुन अवसर पाउँनु भयो । यस अवसरले उहाँले क्षमता विकासको बाटो हेर्नु भयो । यस बाटोले उहाँमा जिवनमा सहज नेतृत्व गर्न उर्जा आएको वडा सदस्य मोचीले जानकारी दिनुुभयो ।
उहाँ सार्वजानिक स्थानमा बोल्न सक्ने बानी, नगर वडाको योजना बन्ने प्रकृया, योजना छनौट, माग गर्ने योजनाहरु राख्ने समय र प्रस्ताव बारेमा जानकार हुँदै योजनामा आएको समस्या आफै प्रभावकारी संग सम्हाल्ने हुनुुभएको छ ।
वडाबाट बिशेष सामाजिक कार्य गर्नु पर्ने, विनियोजित वडाका योजना सम्पन्न गर्नका लागि वडा सदस्य मोचीकै नेतृत्व दिने गरेको वडा अध्यक्ष रामनारायण चौधरीले जानकारी दिनुुभयो । वडावासीमा बढी घुलमिल हुने, समझाउँन सक्ने, बुुझाउँन सक्ने, योजना बारेमा निगरानिमा राख्ने भएकोले योजना बिशेष वडा सदस्य कमली मोची जिम्मेवारी लगाउँने वडा अध्यक्ष चौधरीले बताउँनुभयो ।
दलित माथी हुने छुवाछूत बिरुद्ध अग्रसर
वडा सदस्य मोची निर्वाचित वडा अन्तर्गत दलित तथा मुुसहर समुदायका बसोवास रहेका छन् । यसैगरी मोची समुदायको बसोवास समेत रहेको वडामा दुुई सय भन्दा बढी दलित घरपरिवारको वसोवास रहेको छ । यस वडामा बसोवास रहेका दलित समुदायको आर्थिक अवस्था कमजोरले दैनिक जिविको पार्जनमा कठिनाई छन् नै छुुवाछूतको विभेद खेपिरहेका समुदायमा रोजगार, शिक्षा, स्वास्थ्य पहुँचबाट झनै बञ्चित छन् ।
संवैधानिक रुपले जातिय छुुवाछूतको अन्तय भएपनि गाउँटोलमा व्यवहारले विभेदको अन्तय भने हुन नसकेको वडा सदस्य मोचीले बताउँनु हुन्छ । ‘दलित समुदायले धार्मिक कार्य अष्टजाम गर्यो भने साधुुसन्तले पैसा र दक्षिणा लिन्छन तर पर्सादी लिन नमान्ने खान नमान्ने गरेकोले व्यवहारमा छुवाछुत रहिरहेको छ, यसले समाजमा विकृति र विभेद रहिरहेको छ’ बताउँनुु हुन्छ वडा सदस्य मोचीले ।
दलित मुुसहर समुदाय माथी रहेको छुवाछुत र विभेदको अन्तयका लागि उहाँले वडा तथा नगर योजना मार्फत पहलगरी बिभिन्न स्वरोजगार तालिम, सचेतना का कार्यक्रमहरु गरिरहनुभएको छ । उहाँको पहलबाट वडा र नगर योजनाबाट चटपटे बेच्ने लगायत अन्य व्यवसाय गर्ने तालिम संचान गरिसकेको छ । सो समुदायमा स्वास्थय शिविर, सरसफाईका सचेतना, सौचालयका लागि रिङ्ग वितरण गरी परिवर्तन गरिरहनुभएको छ ।
वडा अन्तर्गत गरिब, दलितहरुको जिविकोपार्जनका लागि आर्थिक तथा आयआर्जन र सिपविकास लगायत छुवाछूत बिरुद्ध जनचेतनाको काम गरीरहनुु भएको छ । समाजमा सबै बराबरी रुपले बाच्न सकुन भन्ने उहाँको धारणा रहेको छ । ‘शी लिड्स’ तालिमले लिएको धारणामा पुनरजार्गित हुँदै वडा र नगरको योजनामा दलित समुदायको सशक्तिकरणका लागि योजना ल्याउँन सफल पनि हुँदै गएको छ ।
सामाजिक मेलमिलापमा निर्णय लिन सहज
गाउँटोलमा झैझगडा, कुटपिटहुँदा मिलाउँन वडा सदस्यको नाताले जानुपथ्र्यो । दुवै पक्षको समस्या सुनेपछि उस्तै लाग्थ्यो । निर्णय लिन नसक्ने अवस्था हुन्थ्यो । समस्याहरु मिलाउँन निकै कठिन हुन्थ्यो । कुनै–कुनै समस्या पछि मिलाउँने भनेर त्यतिकै पनि छोड्नु प¥थ्यो ।
अहिले भने सामाजिक रुपमा मिलाएर समस्या न्युनिकरण गर्न सहज भएको छ । समस्याको मुद्धा प्रहरी सम्म पुुग्दापनि त्याहा गएर मिलाउँन सक्षम हुनुु भएको छ । उहाँकै टोलमा भएको सिमा विवादमा प्रहरी सम्म परेको उजुरीलाई पिडितलाई न्याय दिलाउँन उहाँकै नेतृत्वमा भएको थियो । उहाँको नेतृत्वमा झैझगडा, कुटपिट लगायतका महिला हिंसाका घटना समेतलाई न्याय दिलाउँन प्रहरी सम्म पुुग्ने गरेको छ ।
यस क्षमतामा ‘शी लिड्स’ तालिमले भूूमिका खेलेको बताउँनु हुन्छ वडा दलित महिला सदस्य मोची । तालिममा वडा सदस्य मोचीले दुुईपटक सहभागी हुन पाए । तालिममा पहलिो चरण र दोस्रो चरणमा सहभागीताले समाजमा भएका समस्यालाई मिलाउँन सक्नेमा उहाँ सक्षम हुनुुभएको छ ।
‘शी लिड्स’तालिमले नगर प्रमुख सम्मको कार्यभार निर्वाहगर्न सक्षम
दलित वडा सदस्य मोची लगायतका महिला जनप्रतिनिधिहरु ‘शी लिड्स’ तालिमले नगरप्रमुख सम्मको कार्यभार निर्वाहगर्न सक्षम हुनुुभएको छ । तालिमबाट क्षमता विकास भई महिला जनप्रतिनिधी नेतृत्व गर्न सक्ने सक्ष्म वन्न सफल हुँदै गएका छन् ।
रामधुनी नगरमा वडा सदस्य मोची जस्तै रामधुनी वडा नं. १ मा दलित महिला सदस्यमा पार्वती सरदार र महिला सदस्यमा उमादेवि थरुनी दोस्रो पटक निर्वाचित हुनुुभयो । तालिमको प्रभावले उहाँहरु पनि दोस्रोपटक निर्वाचित हुुँदै आफनो निर्वाचित वडामा नेतृत्व लिएर कार्य गरिरहनुुभएको छ ।
तालिमबाट रामधुनीका महिला जनप्रतिनिधिहरुमा सार्वजानिक भेलामा बोल्न सक्ने क्षमता विकास, समाजमा घुलमिल भएर गतिविधि गर्न सक्ने, गाउँटोलमा हुने समस्या प्रति सहज निर्णय लिनसक्ने,स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा त्यस सम्बन्धि धारणा राख्ने, तालिम लिएका वडासदस्यबाट सेवा प्रभावमा प्रभावकारीता आएको, जनगुनासो तथा आरोपमा तर्क गर्न सक्ने सक्षम भएका छन् ।
तालिमबाट उपलब्धि प्राप्त गर्दै नेतृत्व गर्न सक्ने क्षमता विकासले पार्टीबाट जिम्मेवारी पाउँने, प्रभावकारी विकास कार्यले नगर तथा वडावासीहरु संग दुरीकम भएको, मेयर, उपमेयर प्रमुख प्रशासकिय अधिकृतबाट बिश्वास लिन सफल हुँदै गएकाले महिला जनप्रतिनिधिहरु अगामी दिनमा नगर प्रमुख सम्मको कार्यभार निर्वाह गर्न सक्षम भएको हो ।
‘शी लिड्स’तालिम दलित महिला केन्द्र नेपाल दलित तथा सिमान्तकृत महिलाहरुको अधिकार संरक्षण प्रवद्र्धन, आर्थिक, सबलीकरण तथा अत्म सम्मानको लागि कार्यरत राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । स्वीस सरकार बिकास नियोग र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालसँंगको साझेदारीमा शि लिड्स परियोजना सन्चालन हुँदै आएको छ ।
संयोजक राम सुन्दर महेताको अनुसार ४ वर्ष अघिदेखि सुनसरीको जिल्लाको ५ वटा स्थानीय तहमा सन्चालनमा रहको छ । धरान उपमहानगरपालिका ,दुहवी नगरपालिका,रामधुनी नगरपालिका र भोक्राहा गाउ पालिकामा यो कार्यक्रम सन्चालनमा रहेको छ । २०७९ सालबाट जन निर्वाचित महिलाको क्षमता विकासको लागि दोश्रो चरणको कार्यक्रम गरि सकेको छ भने अव तेश्रो चरणको तालिम गर्ने तयारी रहेको कार्यक्रम संयोजक मेहताले वताउनु भएको छ ।
प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट इक्राहीको खेलमैदानमा सुरु हुँदै
रामधुनी खबर संवाददाताझुम्का, भदौ ३१ । प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट सुरु हुँदै छ । रामधुनी नगरको खेल विकास प्राथमिक्तामा राख्दै रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल...