राख संवाददाता
झुम्का,असार २३ । उत्पादन बृद्धिका लागि रामधुनी नगरपालिका कृषि विकास शाखाबाट कृषि उपकरण वितरण गरेको छ । रामधुनी नगरका किसानहरुमा कृषि कार्य प्रोत्साहन गर्दै उत्पादन बृदि गर्ने उधेश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरेको हो ।
कृषि उपकरण नगर प्रमुख शंकरलाल चौधरी र उपप्रमुख तारा थापाले वितरण गर्नुभयो । शाखाबाट आ.ब. २०७९÷०८० मा स्विकृत ५० प्रतिशत अनुदानमा १५ थान पावर टिलर र ३ थान धानकाट्ने रिपर मेसिन वितरण गरेको शाखा प्रमुख तुुलसी चौधरीले जानकारी दिनुुभयो ।
कृषि सम्बन्धि कृषक उद्यमी, कृषक समुुह, सहकारी, जलउपभोक्ता संस्था, तथा निजि फर्महरुबाट आएको प्रस्तावमा आर्थिक विकास समितिको स्थलगत अनुुगमन र मुल्याङ्कनगरी छनौट भएको शाखाबाट जानकारी दिए ।
अनुदान प्राप्तका लागि ४९ जनाको प्रस्ताव आएको थियो । सो मध्ये छनौटमा परेका लाई वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा पावर टिलरमा रु १ लाख २४ हजार ९५० रुपयैया र धानकाट्ने रिपर मेसिनमा रु ८५ हजार ४०० लागत मात्र कृषकले ब्यहोरेको छ ।
कृषि उपकरण वितरणले किसान परमपरागत खेतीबाट आधुनिक खेती तर्फ आकर्ष हुने कृषि विकास शाखाले बिश्वास लिएको छ । किसानको श्रम सम्मान र कृषिमा आधुनिक उपकरण मैत्रि बनाई आत्मनिर्भर तर्फ उकास्न सक्ने अभिप्राय रहेको शाखा प्रमुख चौधरीले जानकारी दिनुुभयो ।
शाखाबाट गत आर्थिक बर्षहरुमा पनि कृषि उपकरण, फलफुुलका बिरुवा लगायतका कृषि विकासमा हुुने योजनाहरु संचानल गर्दै आएको छ । कृषि उपकरण वितरणले कृषि कार्यमा धेरै ठुलो सहयोग र प्रोत्साहन मिलेको कृषक सत्यनाराण चौधरीले बताउँनुुभयो । अनुदानले कृषिमा लागत कम गर्न भूमिका खेलेकोले भन्दै कृषि बालिमा लाग्ने मलखाद्यमा समेत सहजता प्राप्त भए आत्मनिर्भर हुन सक्ने किसान चौधरीले सुुझाव उठान गर्नु भएको छ ।
