मिति : २०८३ असोज २१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी एक्स्पोमा व्यवसायीहरुलाई कर जटिलता प्रति परामर्श र एकसय बढी कृषकको माटो परिक्षण

by By: रामधुनी खबर
फागुन १३, २०८०
364

रामधुनी खबर संवाददाता
झुम्का, फागुन १३। झुम्कामा जारी रामधुनी एक्स्पोमा कर दाता शिक्षा तथा कृषकहरुको माटो परिक्षण सेवा संचालन गरेको छ । रामधुनी नगरका व्यापारी व्यवसायीहरुलाई कर जटिलता समस्या प्रति परामर्श र एकसय बढी कृषकहरुको माटो परिक्षण शिविर गरेको हो ।
रामधुनी नगर उपप्रमुख तरा थापाको सभापतित्वमा र प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालको उपस्थितीमा कर समस्या र माटो परिक्षण सम्बन्धी परामर्श गरेको छ ।
माटो परिक्षण शिविरबाट माटोको उर्वरा शक्ति पत्ता लगाई सो अनुसार कृषकले लगाएको बाली विरुवा उत्पादनमा बृद्धि गर्न सक्ने रामधुनी नगरपालिकाको कृषि शाखा प्रमुख तुलसी चौधरीले जानकारी दिए । किसानले गर्दै आएको खेतीको माटो उर्वराको कुन अवस्था पुगेको भन्ने माटो परिक्षणबाट जानकारी हुने जनाएको छ ।


खेतीको माटोमा नाइट्रोजनको मात्रा, फसफोरस, पोटासियम, पिएच, चुनाको मात्रा, हुनसक्ने बाली सम्बन्धि अवस्थाको बारेमा कृषकले जानकारी लिएर कृषिमा व्यवसायीकरण गर्न सक्ने कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए । माटो परिक्षण आज आइतवार एक सय भन्दा बढीले परिक्षणका लागि माटो संकलन भएको छ भने भोली सोमवार समेत माटो परिक्षणका लागि एक्स्पोमको स्टलमा संकलन खुल्ला रहने माटो परिक्षण आयोजकले जानकारी दिए । माटो परिक्षण कृषि ज्ञान केन्द्रको आयोजनामा माटो तथा मल परिक्षण प्रयोगशाला झुम्काको प्राविधिक सहयोग र रामधुनी नगरपालिका तथा कृषि शाखाको समन्वय र आर्थिक सहयोगमा माटो परिक्षण शिविर संचालन भएको हो ।
त्यसैगरी व्यवसायीहरुमा करको आवश्यक्ता, समस्या, प्रावधान र प्रकृयाको बारेमा जानकारी दिएको छ । आन्तरिक राजस्व कार्यालय इटहरीका छत्र बहादुर लिम्बु, सुरेश कुमार महत्तो, गौतम राई र रामधुनी नगरपालिकाका राजस्व शाखा प्रमुख सुवोध निरौलाले सहजिकरण गरेका छन् ।


कर दाता शिक्षा कार्यक्रममा सुरेश महत्तोले करको प्रकारको बारेमा आन्तरीक राजस्व कार्यालयबाट जानकारी दिदै व्यवसायीहरुले आयकर र मुल्य अभिबृद्धि करको बारेमा जानकारी दिएका छन् ।
रामधुनी नगरपालिकाको राजस्वका प्रमुख श्रोतहरुमा संघीय सरकार, प्रदेश सरकार, राजस्व बाडफाड, आन्तरिक आम्दानी, बैदेशिक श्रोत तथा आन्तरीक ऋण, अन्तर स्थानीय तह लगानी र जनसहभागीताबाट संकलन हुने गरेको रामधुनी नगरपालिकाका राजस्व शाखा प्रमुख निरौलाले जानकारी दिए ।
करदाता शिक्षा कार्यक्रममा उपस्थित व्यवसायीहरुले प्रश्नगरी सुझाव लिएका थिए । नगरपालिकाले कर संकलन मात्रै गर्ने हो की, प्रभावकारी सेवा पनि दिने हो, बजारमा जताततै धुलो, धुवा भएर व्यवसायीहरुमा व्यवसाय गर्न कठिनाई भईरहेको सुनचाँदी व्यवसायी संघ रामधुनी अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले प्रश्न गरेका थिए । प्रश्नको प्रतिउत्तर दिदै राजस्व शाखा प्रमुख निरौलाले राजस्व संकलन गरेको नगरपालिकाको आम्दानी बार्षिक बजेटबाट परिचालन भईरहेको बताए । भने नगर उपप्रमुख थापाले नगरपालिका गैर जिम्मेवार भएको छैन्, व्यवसायीहरुको सुझावले बेलाबेलामा पानी छर्कीर्ने गरेका छौ, यो समस्या सबै ठाउँमा छ, धुलो धुवा न्युनिकरणका लागि नगरपालिका प्रतिबद्ध छ र यसका लागि निरन्तरता दिई रहने उपप्रमुख थापाले जानकारी दिइन् ।


एक्स्पोमा आज आइतवार गजल प्रस्तुती कार्यक्रम समेत सम्पन्न गरेको छ । एक्स्पोमा दर्शक तथा उपस्थित सहभागीहरुका लागि लायन्स क्लव अफ रामधुनीबाट निःशुल्क खानेपानि बितरण गरिरहेको छ । सहभागीहरुका लागि कार्यक्रम उद्धघाटन देखि खाने पानि निःशुल्क सेवा दिईरहेको अध्यक्ष कमला कार्की थापाले जानकारी दिइन् ।
झुम्का उद्योग बाणिज्य संघको आयोजनामा रामधुनी एक्स्पो २०८० मा कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रदर्शनी उधेश्य सहित फागुन ४ गते उद्धघाटन गर्दै जारी रहेको छ ।

अगाडिकाे पाेस्ट

मकै खेतीमा कम लागत लाग्ने मकै रोप्ने आधुनिक कृषि औजार रामधुनीमा प्रदर्शनी

अर्काे पाेस्ट

दादुरा–रुबेला खोप लगाउन रामधुनी नगरमा फागुन २२ गते देखि २९ गते सम्म, कक्षा १० सम्मका अनिवार्य

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft