मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरी मेट्रिक्समा १४७ जना सर्जकहरुको ५ सय बढी रैथाने ललितकला प्रदर्शनीको तयारी

by By: रामधुनी खबर
फागुन २५, २०८०
390

रामधुनी खबर संवाददाता
इटहरी,फागुन २५ । इटहरीको मेट्रिक्समा प्रदेशस्तरीय ललितकला प्रदर्शनी २०८० हुने भएको छ । सर्जकहरुको कलाको प्रदर्शनी र प्रवद्र्धन गर्न ललितकला प्रदर्शनी गर्ने तयारी गरेको आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काडमाण्डौँले सुक्रवार पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
इटहरी ४ स्थित कृति, प्रकृति र संस्कृतिको केन्द्र बन्दै गएको रमणीय ठाउँ इटहरी मेट्रिक्समा आगामी फागुन २९ गते देखि चैत्र ३ गते सम्म प्रदेशका १४७ जना सर्जकको ५०० बढी रैथाने ललितकला प्रदर्शनी हुने जनाएको छ । प्रदर्शनीमा राखेका ललितकलाहरु खरिद समेत गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।
प्रदर्शनीमा चित्रकला, मुर्तिकला, लोककला, हस्तकला, वास्तुकला साथै अन्य सृजनात्मक कलाका विधा सम्बन्धित कलाकृतिहरुलाई समावेस गरिने छ । प्रतिष्ठानले चिन्हित गरेका सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापनकला, भावभङ्गीमाकला, कार्टुन, क्यारिकेचर, पोष्टर र डिजिटल कला समेत प्रदर्शनीमा समावेस गरिने समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक प्राज्ञ संजय वान्तवाले जानकारी दिए ।


ऐतिहासिक ललितकला प्रदर्शनीले कोशी प्रदेशलाई देशको कलाक्षेत्रमा उर्वभूमिको रुपमा उभ्याउने बिश्वास लिएको छ । प्रतिष्ठानको एक सर्भे अनुसार बागमती प्रदेश पछि कोशी प्रदेश अग्रणी रहेको र ललितकला सिर्जनाको प्रदेशलाई पहिचान गराई पर्यटकको सभावित क्षेत्रलाई समेत टेवा पुर्याउने उधेश्य रहेको मेट्रिक्स संचालक बिक्रमश्रीले बताए ।
ललितकला प्रदर्शनीमा १४७ जना सर्जकले सहभागी जनाउने छन् । समाजका संस्कृतिक, पिडा, राष्ट्रियको ऐतिहासिक र वर्तमान परिवेसको भाव झल्किने ललितकला रहनेछन् । जस्मा ५८ जना चित्रकारका १२१ चित्रकला, ३६ जना माुर्तिकारका ४१ म्ुर्तिकला, २५ वटा लोककला, १५ वटा वास्तुकला, २ वटा छविचित्र, २ वटा भिडियो आर्ट, २ वटा पर्फमिङ आर्ट र ५ वटा प्रतिस्थापन कला रहेका छन् ।


समावेस र सहभागी गरिएका कला कृतिहरुलाई प्रतियोगीता समेत गराइने जनाएको छ । प्रतियोगीता मार्फत सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार र उत्कृष्ट विद्यार्थी ललितकला पुरस्कार प्रदान गरिने छ । विजयी प्रतियोगी कलाकृतिहरुलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेस गरिने छ ।
ललितकला प्रर्दशनी फागुन २९ गते देखि ३ दिन सम्म औपचारिक कार्यक्रम अन्तर्गत निःशुल्क प्रवेस रहने छ भने चौथो दिन देखि प्रवेसमा सामान्य शुल्क लिने आयोजकले जनाएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काडमाण्डौँको आयोजना र इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापक रहेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरका उद्यमी, व्यवासायी, समाजसेवीमा महिला नेतृत्वको अग्रसरमा प्रोत्साहन सम्मान

अर्काे पाेस्ट

विद्यालयको शिक्षा गुणस्तर र वृत्ति विकासका लागि रामधुनी ९ नं. वडामा आधुनिक शिक्षण पद्धती तालिम

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft