रामधुनी खबर संवाददाता
इटहरी,फागुन २५ । इटहरीको मेट्रिक्समा प्रदेशस्तरीय ललितकला प्रदर्शनी २०८० हुने भएको छ । सर्जकहरुको कलाको प्रदर्शनी र प्रवद्र्धन गर्न ललितकला प्रदर्शनी गर्ने तयारी गरेको आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काडमाण्डौँले सुक्रवार पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
इटहरी ४ स्थित कृति, प्रकृति र संस्कृतिको केन्द्र बन्दै गएको रमणीय ठाउँ इटहरी मेट्रिक्समा आगामी फागुन २९ गते देखि चैत्र ३ गते सम्म प्रदेशका १४७ जना सर्जकको ५०० बढी रैथाने ललितकला प्रदर्शनी हुने जनाएको छ । प्रदर्शनीमा राखेका ललितकलाहरु खरिद समेत गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।
प्रदर्शनीमा चित्रकला, मुर्तिकला, लोककला, हस्तकला, वास्तुकला साथै अन्य सृजनात्मक कलाका विधा सम्बन्धित कलाकृतिहरुलाई समावेस गरिने छ । प्रतिष्ठानले चिन्हित गरेका सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापनकला, भावभङ्गीमाकला, कार्टुन, क्यारिकेचर, पोष्टर र डिजिटल कला समेत प्रदर्शनीमा समावेस गरिने समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक प्राज्ञ संजय वान्तवाले जानकारी दिए ।

ऐतिहासिक ललितकला प्रदर्शनीले कोशी प्रदेशलाई देशको कलाक्षेत्रमा उर्वभूमिको रुपमा उभ्याउने बिश्वास लिएको छ । प्रतिष्ठानको एक सर्भे अनुसार बागमती प्रदेश पछि कोशी प्रदेश अग्रणी रहेको र ललितकला सिर्जनाको प्रदेशलाई पहिचान गराई पर्यटकको सभावित क्षेत्रलाई समेत टेवा पुर्याउने उधेश्य रहेको मेट्रिक्स संचालक बिक्रमश्रीले बताए ।
ललितकला प्रदर्शनीमा १४७ जना सर्जकले सहभागी जनाउने छन् । समाजका संस्कृतिक, पिडा, राष्ट्रियको ऐतिहासिक र वर्तमान परिवेसको भाव झल्किने ललितकला रहनेछन् । जस्मा ५८ जना चित्रकारका १२१ चित्रकला, ३६ जना माुर्तिकारका ४१ म्ुर्तिकला, २५ वटा लोककला, १५ वटा वास्तुकला, २ वटा छविचित्र, २ वटा भिडियो आर्ट, २ वटा पर्फमिङ आर्ट र ५ वटा प्रतिस्थापन कला रहेका छन् ।
समावेस र सहभागी गरिएका कला कृतिहरुलाई प्रतियोगीता समेत गराइने जनाएको छ । प्रतियोगीता मार्फत सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार र उत्कृष्ट विद्यार्थी ललितकला पुरस्कार प्रदान गरिने छ । विजयी प्रतियोगी कलाकृतिहरुलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेस गरिने छ ।
ललितकला प्रर्दशनी फागुन २९ गते देखि ३ दिन सम्म औपचारिक कार्यक्रम अन्तर्गत निःशुल्क प्रवेस रहने छ भने चौथो दिन देखि प्रवेसमा सामान्य शुल्क लिने आयोजकले जनाएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काडमाण्डौँको आयोजना र इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापक रहेको छ ।