मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

विद्यालयको शिक्षा गुणस्तर र वृत्ति विकासका लागि रामधुनी ९ नं. वडामा आधुनिक शिक्षण पद्धती तालिम

by By: रामधुनी खबर
फागुन २७, २०८०
498

रामधुनी खबर संवाददाता
झुम्का, फागुन २६ । सामुदायिक तथा संस्थागत बिद्यालयहरुको शिक्षा गुणस्तर र वृत्ति विकासका लागि तालिम संचालन गरेको छ । रामधुनी ९ नं. वडाको सहयोगमा वडा अन्तर्गत रहेको बिद्यालयहरुमा बिद्यार्थीहरुको आकर्षण बढाउन शनिवारबाट शिक्षक, शिक्षिकाहरुलाई तिन दिवसिय कक्षा कोठा व्यवस्थापन तथा आधुनिक शिक्षण पद्धती तालिम संचालन गरेको हो ।
आगामी शैक्षिक सत्र २०८१ का लागि बिद्यालयमा विद्यार्थी संख्या बृद्धि र गुणात्मक शिक्षा सुधारको तयारी गर्न बिद्यायलको प्रद्यानाध्यापक र शिक्षकहरुलाई आधुनिक शिक्षण तालिमको आयोजना गरेको वडा अध्यक्ष घनश्याम चौधरीले बताए ।
“शिक्षित समाजले सर्वपक्षिय विकासको धेय राखेको हुन्छ, तसर्थ पुरानो शैलिको शिक्षण विधि अहिले सार्थकता नदेखिएको हुँदा समय परिवर्तन अनुसार शिक्षामा शिक्षण उपलब्धि बढाउन आवश्यक छन्, समाजमा शिक्षित, आर्थिक, साँकृतिक, अनुशासित साकारात्मक परिवर्तन गर्न पहिलो प्रयास शिक्षा मार्फतनै हुने गरेकोले वडा कार्यालयको प्राथमिक्तामा शिक्षा विकासलाई राखेका छौ” वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
जिल्ला समन्वय समिति सुनसरी सदस्य लालकुमारी चौधरीको प्रमुख आतिथ्यतामा तालिम उद्धघाटनगरी संचालन गरेको छ । तालिम उद्धघाटन कार्यक्रममा शिक्षक रमेश कार्की, चन्द्रकमल माबिका प्रधानाध्यापक मायाराम चौधरीले शिक्षण पद्धती परिवर्तन गर्नु पर्ने आवश्यक्ताका बारेमा धारणा ब्यक्त गरेका छन् । बक्ताहरुले यस तालिमबाट बिद्यालयको शिक्षा गुणस्तरमा बृद्धिभई विद्यार्थीहरुको अध्ययनमा उच्च मुल्याङ्कनको आधार प्राप्त हुने र बिद्यार्थीको आकर्षण बढ्ने लगायत अभिभावको चाहना पुराहुने बताए ।
एराइज नेपाल सोसाइटी सुन्दरहरैचा मोरङ्गको आयोजना र रामधुनी ९ नं. वडा कार्यालयको सहयोगमा तिन दिवसिय तालिमको सहजिकरण सेवक भट्टराईले गर्दैछन् भने डुम्राहाको सामुदायिक भवनमा संचालित तालिममा ३० भन्दा बढी शिक्षक, शिक्षिकाहरुको सहभागीता रहेको छ । सहजकर्ता भट्टराई २१ बर्ष संस्थगत विद्यालयमा शिक्षण पेशामा आबद्ध रहेका थिए ।

अगाडिकाे पाेस्ट

इटहरी मेट्रिक्समा १४७ जना सर्जकहरुको ५ सय बढी रैथाने ललितकला प्रदर्शनीको तयारी

अर्काे पाेस्ट

रामधुनी ७ कुमरखद जंगलमा हात्ती आक्रमणले दाउरा काट्न गएका एक श्रमिक बृद्धको मृत्यु

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft