मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ७ कुमरखद जंगलमा हात्ती आक्रमणले दाउरा काट्न गएका एक श्रमिक बृद्धको मृत्यु

by By: रामधुनी खबर
चैत्र २, २०८०
1364

रामधुनी खबर संवाददाता
झुम्का,चैत्र २ । रामधुनी वडा नं. ७ स्थित कुमरखद सामुदायिक वनमा हात्ती आक्रमणले एक बृद्धको मृत्यु भएको छ । दाउरा बेची खाने श्रमिक बृद्ध फागुन २७ गते आइतवार दाउरा काट्न गएको बेला हात्ती आक्रमणमापरी घाइते बृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
अन्दाजी ६५ बर्षको तराईवासी जस्तो अनुहार देखिने बृद्धको नाम, थर, वतन खुल्न नसक्दा हाल सम्म मृतक लासको सनाखत हुन सकेको छैन । बृद्ध बिगत एक बर्ष देखि रामधुनी वडा नं. ६ बक्लौरी बजारमा डेरागरी वस्दै आएका थिए । हात्ती आक्रमणबाट घाइते भएका सो बृद्धको जिल्ला इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


मृतक बृद्धको सेतो कपाल दाह्री फुलेको, उचाई ५ फिट २ इन्च रहेको छ । स्थानीयको अनुसार मृतक बृद्धको घर सप्तरी जिल्ला कठौना स्थित रहेको आमत थर भन्ने बुझिएता पनि एकिन नाम थर वतन खुल्न नसकेको प्रहरी कार्यालय पकलीले जनाएको छ । मृतकको आफ्ना आफन्तहरु अन्य प्रदेश तथा जिल्लामा वसोवास गर्ने सक्ने भएको हुँदा आफन्तहरुको खोजतलास भइरहेको जानकारी दिए ।


बृद्ध फागुन २७ गते आइतवार दिउँसो १२ः५० बजे समयमा दाउराका लागि कुमरखद सामुदायिक वनमा गएका थिए । दाउरा काट्दै गर्दा जंगली हात्ती आई पछारी टाउको अनुहारमा चोट लागेर सख्त घाइते भएकोमा तत्कालै अस्पताल पु¥याउँदा उपचारको क्रममा मृत्यु भएको र मृतकको लास वि.पि. प्रतिष्ठान घोपा अस्पताल धरानमा लगिएको प्रहरी बताए । वतन खुल्लन नसक्दा वेवारीसे रहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

अगाडिकाे पाेस्ट

विद्यालयको शिक्षा गुणस्तर र वृत्ति विकासका लागि रामधुनी ९ नं. वडामा आधुनिक शिक्षण पद्धती तालिम

अर्काे पाेस्ट

विश्व क्षयरोग दिवस २०२४ को अवसरमा स्वास्थ्य शाखा रामधुनीको स्वास्थ्य सचेतना कार्यक्रम

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft