रामधुनी खबर संवाददाता
झुम्का,चैत्र २ । रामधुनी वडा नं. ७ स्थित कुमरखद सामुदायिक वनमा हात्ती आक्रमणले एक बृद्धको मृत्यु भएको छ । दाउरा बेची खाने श्रमिक बृद्ध फागुन २७ गते आइतवार दाउरा काट्न गएको बेला हात्ती आक्रमणमापरी घाइते बृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
अन्दाजी ६५ बर्षको तराईवासी जस्तो अनुहार देखिने बृद्धको नाम, थर, वतन खुल्न नसक्दा हाल सम्म मृतक लासको सनाखत हुन सकेको छैन । बृद्ध बिगत एक बर्ष देखि रामधुनी वडा नं. ६ बक्लौरी बजारमा डेरागरी वस्दै आएका थिए । हात्ती आक्रमणबाट घाइते भएका सो बृद्धको जिल्ला इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बृद्धको सेतो कपाल दाह्री फुलेको, उचाई ५ फिट २ इन्च रहेको छ । स्थानीयको अनुसार मृतक बृद्धको घर सप्तरी जिल्ला कठौना स्थित रहेको आमत थर भन्ने बुझिएता पनि एकिन नाम थर वतन खुल्न नसकेको प्रहरी कार्यालय पकलीले जनाएको छ । मृतकको आफ्ना आफन्तहरु अन्य प्रदेश तथा जिल्लामा वसोवास गर्ने सक्ने भएको हुँदा आफन्तहरुको खोजतलास भइरहेको जानकारी दिए ।
बृद्ध फागुन २७ गते आइतवार दिउँसो १२ः५० बजे समयमा दाउराका लागि कुमरखद सामुदायिक वनमा गएका थिए । दाउरा काट्दै गर्दा जंगली हात्ती आई पछारी टाउको अनुहारमा चोट लागेर सख्त घाइते भएकोमा तत्कालै अस्पताल पु¥याउँदा उपचारको क्रममा मृत्यु भएको र मृतकको लास वि.पि. प्रतिष्ठान घोपा अस्पताल धरानमा लगिएको प्रहरी बताए । वतन खुल्लन नसक्दा वेवारीसे रहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।