मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सिराथानको मौलिकता पुस्तान्तरण गर्न बैशाख २ गते डोरा धाम परिसरमा भव्य कार्यक्रम गर्ने तयारी

by By: रामधुनी खबर
बैशाख १, २०८१
609

राख संवाददाता
झुम्का,बैशाख १ । नयाँ बर्षसंगै सिरुवा पर्व सुरु भएको छ । बैशाख महिना भरी सिरा थानमा विधिवत पूजा आजा गरि तराईका आदिवासी समुदाय सिरुवा पर्व मनाउने गरिन्छ । सिरुवा पर्वलाई पहिलो शिर वा माथ तथा शीर्षस्थ मानिन्छ । थारु समुदायमा भनिने कथन अनुसार “फगुवा उसारे, सिरुवा पसारे” भनिन्छ । कथन अनुसार फगुवा पर्व पछी थारु समुदायमा गरिने बर्षभरीको पर्वहरु सम्पन्न हुने र बैशाख सिरुवा लागेपछी पर्वहरु सुरु वा विस्तार हुने मानिन्छ । यसै अनुरुप सिरुवा पर्वलाई पहिलो पर्वको रुपमा मनाइन्छ ।
सिरुवा पर्व तराईकाे आदिवासी समुदायमा धार्मिक, साँस्कृतिक तथा अस्तित्वको महत्व रहेको छ । सिरुवा पर्वमा सुरुको दिन जुर शीतल मनाउँदै बर्ष भरी शीतलता अनुभव हुने, भाकल गरी मनोकामना सफल हुने मान्यताले सिरुवा पर्वमा भाकल चढाउने गरिन्छ । भाकलमा पान, सुपारी, तुलसी, अक्षता, फुलघोडा, बोका, परेवा, बैगन, तुमीलहरनी, दुध, मिठाई चढाई भाकल सम्पन्न गरिन्छ ।


पौराणिक तथा परापूर्वकाल देखि मानवले देवत्व प्रदानगरी समाजलाई सबै प्रकारको रक्षा गर्दै आएकोले बिशेष रुपले विधिवत पूजा आजागरी स्मरण गर्ने सिरुवा पर्वको परम्परा रहेको छ । सिरुवा पर्वको मौलिक परम्परा रहेपनि अहिलेको समयमा नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा पूजा गर्ने परम्परा, संस्कार तथा विधि, पूजा आजामा गाउने तथा बजाउने झाइल मृदंग बाद्यवादन सहित भजन गर्ने चलन हराउँदै गएको छ । यसै परम्परालाई निरन्तरता दिन बैशाख २ गते डोरा धाम परिसरमा भव्य कार्यक्रम गर्ने तयारी गरेको छ । सिरा थान र सिरा थानमा हुने सिरुवा विधिवत पूजा गर्ने महत्वको बिषय उठान र जुरशीतल कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा प्रमुख वक्ता पूर्व उपप्रधान तथा गृहमन्त्रि विजय कुमार गच्छदार रहने आयोजक संस्थाले जनाएको छ ।
सुनसरीको इनरुवा नगरपालिका वडा नं. ७ चाँदवेलामा सदियौँ देखि धार्मिक आस्थाले मनाउँदै आएको सिरुवा पर्व डोरा धाम रहेको छ । डोरा धाममा भन्सिया माई र चम्पा दर्गिनलाई पूजा गरिन्छ । दुवै देवि शक्ति देखाई समुदायलाई रक्षा गरेकोले हालमा पनि रक्षा गरिरहेको मानयताले प्रत्येक बर्ष बैशाख २ गते भाकल चढाउने गरिन्छ ।
बि.स.२०८१ सालको डोरा धाम धार्मिक आस्थाको केन्द्रितगरी पुस्तान्तरण गर्ने उधेश्यले धाम परिसरमा कार्यक्रम गर्न लागेको स्थानीय संयोजक देवेन्द्र चौधरीले जानकारी दिए । भन्सिया माई सिरा थानको पुजहैर गहदार मदन चौधरीले गर्दै आएको छ भने चम्पा दर्गिनको गहदार विर्सुराम मोचीले पूजा आजा गर्दै आएको छ ।


गाउँटोल समाजमा सुख शान्तिको कामना गर्दै मुस्लिम समुदायले पनि भाकल चढाउने गरेको छ । स्थानीय नजमुल मियाले डोरा भन्सिया सिरा थानमा भाकल गर्दा मनोकाना पुराहुने बताउँदै भाकल चढाउने गरेको बताए । यसैगरी स्थानीय अकुब मियाले डोरा धाम हाम्रो पनि धरोहर रहेको बताउँदै बर्षमा सिरुवा पर्व मनाउने गरेको मियाले बताए ।
डोरा भन्सिया माई ग्रामथान विविधतामा एकताको शन्देस बोकेको धार्मिक धरोहर भएपनि स्थानीय सरकारबाट वेवास्ता गरिएको स्थानीयहरुले बताएका छन् । सो सिरा थान जिर्ण बन्दै गएको, पूजारीलाई खर्च दिन नसकेको, संरक्षणमा चासो नदेखाएकोले स्थानीयहरु गुनासो गरेका छन् ।
कार्यक्रमको आयोजक थारु कल्याणकारिणी सभा इनरुवा वडा नं. ७ वडा समिति रहेको छ । कार्यक्रम सफलताको लागि संयोजकमा थारु कल्याणकारिणी सभा इनरुवा नगर समिति र गढी गाउँ समिति रहेको छ ।

अगाडिकाे पाेस्ट

विश्व क्षयरोग दिवस २०२४ को अवसरमा स्वास्थ्य शाखा रामधुनीको स्वास्थ्य सचेतना कार्यक्रम

अर्काे पाेस्ट

ब्लड क्यान्सर पीडित ४ बर्षिय सार्थक चौधरीलाई था.क.स.जापानबाट आर्थिक सहयोग

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft