रामधुनी खबर संवाददाता
झुम्का,बैशाख १२ । इटहरी १७ मझौरा टोलका ब्लड क्यान्सर पीडित ४ बर्षिय नाबालक सार्थक चौधरीलाई उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनको उपचारका लागि बैदेशिक रोजगारमा रहेका थारु कल्याणकारिणी सभा (था.क.स.ं) जापानबाट रु ४४,८८५ रुपैया सहयोग गरेका छन् । सामान्य परिवारका सदस्य उनको उपचारमा समस्या भएपछि परिवारले सहयोगको आग्रह गरेका थिए ।
आर्थिक सहयोग बुधवार (आज) पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । था.क.स.सुनसरी सभापति संगेन चौधरी, था.क.स.जापान शाखाका प्रतिनिधि देवलाल चौधरी, था.क.स.इटहरी उपमहानगर समितिका सभापति लक्षमी नारायण चौधरीले पिडित परिवारलाई सहतान्तरण गर्दै नाबालकको स्वास्थ्य सुधारको कामना सहित थप सहयोग जुटाउने जानकारी दिए ।
जिवन र मृत्यु संग लडिरहेको पिडित नाबालकलाई नेपालमा उपचार सम्भव नभएपछि भारत स्थित डिल्लीको अस्पतालमा उपचार गराइ रहेको परिवारजनले जनाएको छ । आफुलाई के भएको थाहा हुन नसक्ने उमेरका नाबालक भारतको डिल्ली स्थित अस्पतालको बेडमा छटपटाई रहेको छ । पिडित नाबालकको बुबा ३५ बर्षिय राजकमल चौधरी र आमा रेखा चौधरी एकलो छोराको जिवनका लागि संघर्ष गरिरहेका छन् ।
पीडित परिवारलाई सहयोग हस्तान्तरण र सान्तवना दिने क्रम्मा पीडित नाबालकको हजुर बुबा ६५ बर्षिय रेशमलाल चौधरी भावुक हुँदै आँसु झार्दै नातिको नयाँ जिवन प्रदानका लागि सहयोगी हातहरुमा आभार ब्यक्त गरे ।
धर्ती टेकेको ४ बर्ष सम्म समेत जिवन नदेखेको नाबालकको जिवन बचाउनका लागि इटहरी १७ था.क.स.वडा समितिको समन्वयमा था.क.स.जापानबाट आर्थिक सहयोग जुटेको हो । पीडामा रहेको परिवारका लागि “सार्थक चौधरी बचाउ” अभियानमा देश र विदेसबाट थप सहयोगका लागि पहल गरिरहेको इटहरी १७ था.क.स.वडा सभापति छत्रराज चौधरीले जानकारी दिए ।
