मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

ग्रामथानमा अखारी पूजा मनाइँदै, अन्नबाली गाउँटोल शान्तीको कामनागर्दै खिर चढाउने पूजाविधि

by By: रामधुनी खबर
साउन ६, २०८१
309

रामधुनी खबर संवाददाता
झुम्का,श्रावण ६ । मानव सभ्यता विकास संगै प्रकृतिको अनेक रुपको सहन र सामनाको शक्ति प्रदान गर्ने ऐतिहासिक धार्मिक धरोहर ग्रामथानमा अखारी पूजा सुरु भएको छ । ग्राम देवता तथा घरको कुल देवतालाई अखारी पूजा गर्ने परम्परा अनुसार प्रत्येक बर्ष असार शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म अखारी पूजा मनाउने गरिन्छ ।
ग्रामथानमा गरिने महत्वपूर्ण पूजा अखारी पूजा हुन् । असार शुक्ल प्रतिपदाबाट चन्द्रमा लागेपछि पूर्णिमा सम्म थारु समुदायले कुनै एक दिन ग्रामथान तथा घरको कुल देवतालाई खिर तथा पानपर्सादी चढाई अखारी पूजा गर्ने संस्कार रहेको छ ।
ग्रामथानमा गरिने अखारी पूजा पुरानो बिजु धानको चामल बनाएर पकाएको खिर चढाउने पूजा विधि रहेको छ । पूजाका लागि गमहरी धान, अगहनी धान, कटकुमल, बलुमसाइर, करिया कामत, ननिहा धान बिजु धान मानिन्छ । बिजु धान ओखलमा हाथले कुटेको चामल चढाउने धार्मिक मान्यता छन् । मिलमा कुटेको चामल पूजामा शुद्ध मानिदैन तसर्थ ओखलमा हाथले कुटेर बनाएको चामल शुद्ध मानिने भएकोले पूजामा चढाउने गरिन्छ । चामलको केही भाग अक्षता राख्ने र बाँकी खिर पकाएर विधिवत पूजा गर्ने परम्परा रहेको इटहरी ७ बज्राहाका ८२ बर्षिय सुमनलाल चौधरीले बताउनुभयो ।
अखारी पूजा धार्मिक महत्वको बिशेषता पाइन्छ । प्रकृतिको नाकारात्मक शक्तिबाट सुरक्षा र प्रकृतिको साकारात्मक उर्जा मानव कल्याणको कामना गरिन्छ । ग्रामथानमा विधिवत पूजा गर्नाले गाउँटोल, घरपरिवार, बालबच्चा, खेतमा लगाएको अन्नबाली सुरक्षित, प्राकृतिक बिपत्तिबाट जोगिने मान्यता र विश्वास रहेकोले पूजा गर्ने विधिको महत्व ऐतिहासिक कालखण्ड देखि रहेको रामधुनी वडा नं. ३ का सौनधामी ग्रामथानका थानपति बौकाई चौधरीले बताउनुभयो ।

मानव सभ्यता विकासको क्रम्मा संस्कार, परम्परा, रहन–सहनको सिर्जना, तराईमा अन्नबाली योग्य बनाउन भूमिका रहेको ग्रामथानलाई जिवन जिउन अध्ययन गर्ने पाठशालाको रुपमा पनि लिइँदै आएको छ । मानव जिवनमा सामुहिक र सहयोगको भावना जागृत गराई जिवन संघर्ष कला सिकाउने ग्रामथानमा धार्मिक आस्थाले पूजापाठ गर्दै आएको छ ।
इटहरी वडा नं. ८ टेंग्राटोलको बिच्छु धामी ग्रामथानमा यस बर्षको अखारी पूजा सम्पन्न गरेको छ । पौराणिक बाद्यवादन झाइल मृदंग र पौराणिक धामी देविदेवताको गीत संगै धामी पत्यौरी गरी अखारी पूजा सम्पन्न गरेको छ । ग्रामथानमा बिच्छुधामी र राजाजीको बिशेष पूजा गरेको र गहवरमा देविहरुको पूजा गरेको ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरीले जानकारी दिनुभयो । साँस्कृतिक र धार्मिक महत्व रहेको ग्रामथानमा सक्रियताका साथ थारु समुदाय संरक्षणका लागि जागरुक भैरहेको ग्रामथान सुनसरी अध्यक्ष चौधरीले बताउनु भएको हो ।

ग्रामथान संरक्षणको जागरुकता ल्याउन नेपाल आदिवासी जनजातीहरुको वकिल समुह (लाहुर्निप) काठमाण्डौको बिशेष भूमिका रहेको संरक्षण समिति अध्यक्ष तथा आदिवासी मानव अधिकार प्रतिरक्षक समेत रहनु भएकी चौधरीले बताउनु भयो । लाहुर्निपबाट आदिवासीहरुको धर्म, संस्कार, संस्कृति, साँस्कृतिक भूमि संरक्षणमा कानुनी पक्ष पहिचान गराउने सचेतनाको अवसर दिदा सुनसरी र मोरङ्गका विभिन्न पालिकामा नीतिगत संरक्षणको माग गर्दै आएका छन् ।
लाहुर्निपको सहयोगले इटहरी उपमहानगरपालिकामा थारु समुदायलाई पहिलो नागरिक घोषणा भएको छ भने ग्रामथान र साँस्कृति भूमिहरु सुचिकृत अभियान सुरु भएको छ । यसैगरी रामधुनी नगरपालिकामा नगरभरी रहेको १२५ ग्रामथान र सो संग जोडिएको भूमि १६ औँ नगर सभाबाट सुचिकृत गरिएको छ ।
रामधुनी वडा नं. १ नयाँ भादगाउँमा सौनधामी ग्रामथानमा अखारी पूजा सम्पन्न गरेको थानपति तथा पूजहैर आलोक चौधरीले बताउनु भयो । रामधुनी वडा नं. ३ परियारपुरको सौनधामी ग्रामथानमा अखारी पूजा सम्पन्न गरेको छ । पूजामा उपस्थित ९० बर्षिय तुलाई चौधरी प्रसाद ग्रहण गर्दै गाउँटोल लगायत समग्र सृष्टि कल्याण हेतु ग्रामथानमा पूजा गर्दै आएको बताउनु भयो ।
रामधुनी नगरको १ सय २५ ग्रामथानमा अखारी पूजा विधिवत सम्पन्न भएको ग्रामथान संरक्षण समिति रामधुनी अध्यक्ष सिता थरुनीले जानकारी दिनुभयो । रामधुनी नगरपालिकाको सहयोगमा गरिएको ग्रामथानको महत्व उजागर कार्यक्रमबाट थानपति, पूजहैर, गहदार, जेवार र टोलवासीहरु धार्मिक महत्वमा सचेत हुँदै यस बर्ष नगरको सबै जसो ग्रामथानमा हर्सोउल्लासले पूजा मनाएको बताउनु भयो ।
ग्रामथान नेपालको तराई भू–भागमा भूमि र प्रकृतिलाई पूजा गर्ने पहिलो धार्मिक स्थल हो । मानव कल्याणमा समर्पित पूजा गर्ने स्थल ग्रामथान तराई क्षेत्र विभिन्न ठाउँमा स्थापित रहेको छ । प्राचिन समयमा मानव सुरक्षाका लागि शक्ति देखाएका तथा देवत्व प्राप्त गरेका पूर्वजहरुलाई सम्मान गर्दै पूजा गर्ने धार्मिक विश्वास रहेको इटहरी २ बौकाझोडा टोलका किसन चौधरीले जानकारी दिनुभयो ।
ग्रामथान पूजा लिएका धामी बिच्छुधामी, कनकसिंहधामी, गंगारामधामी, सौनधामी, दलसिंह धामी, नरसिंह सुब्बा, चम्पा दग्रीन, इनरवती चनरवती, फरदलही धमियाइन, धामी धमियाइन, सुनरदेवि, कचना, पंचायन लगायत राजाजी, सल्हेश, मोतिराम, बुधेश्वर, डिहवार, डिहवारनी, लक्ष्मी, सन्यासी, डाकीन, पाचुनाथ, तुमरो मुखिया, हैतसार तथा गहवरमा रहेको ५६ कोटी देविदेवतालाई ऐतिहासिक कालखण्ड देखिनै पूजा गर्दै आएका छन् ।

अगाडिकाे पाेस्ट

रामधुनीमा सामुदायिक बिद्यालयको एसईई परिक्षाको नतिजामा समिक्षा

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको आ.ब.२०८०÷०८१ को खर्च विवरण सार्वजानिक,सुशासन र पारदर्शितामा जोड

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft