मिति : २०८३ असोज ३ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

by By: रामधुनी खबर
साउन १९, २०८३
353

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति सँग सम्बन्धित शक्तिहरूको पूजा–आराधना गर्ने पवित्र स्थान हो । यसैगरी धार्मिक, सांस्कृतिक र सामाजिक जीवनको केन्द्रबिन्दु तथा परम्परागत रूपमा संरक्षित पवित्र पूजा गर्ने ऐतिहासिक स्थल हो ।
यस पवित्र ऐतिहासिक स्थानमा असार पूर्णिमामा अखारी पूजा गरी अखारी पूजा मनाएका छन् । यस बर्ष श्रावण १३ गते बुधवारका दिन असार पूर्णिमाको अवसरमा परम्परागत संस्कारले निरन्तरता दिदै अखारी पूजा मनाएका हुन् ।
रामधुनी वडा नं.–१ नयाँटोल भादगाउँमा सौनधामी ग्रामथानमा अखारी पूजा सम्पन्न गरेका छन् । ग्रामथानका मुख्य पूजारी गहदार आलोक चौधरीको नेतृत्वमा गाउँटोलका समुदायहरु सामुहिक भेला भई थानको पूजा सम्पन्न गरेका हुन् ।
पूर्णिमाको दिन विहानै टोलका समुदायहरुले ग्रामथान तथा प्राङ्गण सरसफाई गरी पूर्व तयारी गर्ने गरिन्छ । बेलुका चौथो प्रहरमा थानमा साँझबात्ती लगायत, नहर नदी, पोखरीमा साँझबात्ती दिएर ढोगमुर गरिन्छ । साँझबात्ती पश्चात थारु जातीको धार्मिक बाध्यवाधन बाजा बजाउँदै ५६ कोटी देविदेवतालाई आवह्वान गर्ने गरिन्छ ।


झाइल र मृदंग ग्रामथानको धार्मिक बाजा हुन् । यस झाइल र मृदंग बजाउँदै देविदेवतालाई आवह्वान पश्चात फुल अक्षता, पान, प्रसादी चढाई ग्रामथानमा भोगलगाई सोही पान प्रसादी ग्रहणगरी पूर्ण सम्पन्न हुने मान्यता रहेको छ ।
ग्रामथानमा मुख्य रुपमा पूजा लिएका धामीलाई अवह्वान गरिन्छ । धामी ऐतिहासिक काल खण्डमा शक्ति देखाई मानव उपचार पद्धती र टोल संरक्षकको रुपमा जिवित देवत्व प्रदान गरेका धामी हुन् । सौनधामी, बिच्छु धामी, कनक सिंह धामी, जितन धामी लगायतका मौजे प्राप्त धामीहरु हुन् । आफ्नो प्रकृतिको शक्तिले नै घातक जंगली जनावर, अदृश्य शक्ति, घातक रोग उपचारलाई सार्थकता दिने गर्थे सोही धामीहरु मरेर गएका छैनन् जिवितै विलिन अवस्थामा रहेकाले पुस्तौ देखि पूजा गर्दै आएका हालका पूस्ताले पनि निरन्तरता दिदै आएका छन् । ग्रामथानमा गाउँटोलका समुदायले पूजा गरिन्छ भने शिरा थानमा बैशाख महिना शिरुवा पर्व मनाई पूजा गर्ने चलन छ । ग्रामथानमा देवत्व प्रदान गरेका धामी, धमीयाइन, सल्हेस, बुद्धसेन, मोतीराम, किराँतेश्वर तुमरो मुखीया, बघेश्वरी, हैथसार लगायतका देउताहरुलाई पूजा गरिन्छ ।
नयाँटोल भादगाउँका ग्रामथानका पौराणिक गीत गाउँदै आएका गुजकलाल चौधरीले ग्रामथानमा हामी पूर्खाहरुलाई पूस्तौ देखिको पूजा गर्दै आएकोले हामी खोत रोपाई भएको वा सम्पन्न बाँकी रहेपनि पूजा गर्नै पर्छ भन्दै धार्मिक महत्वको बारेमा जानकारी दिनु भयो ।
ग्रामथानलाई थारु समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र परम्परागत शासन प्रणालीको महत्वपूर्ण केन्द्रका रूपमा पनि लिइन्छ । गाउँको साझा तथा पवित्र धार्मिक स्थल हो । यहाँ जिवित देवत्व प्रदान गरेका पूर्खाहरु, कुलदेवता, वनदेवता, भूमिदेवता लगायतका देवताको पूजा गरिन्छ । गाउँको शान्ति, समृद्धि, राम्रो बाली, रोगव्याधिबाट सुरक्षा तथा प्राकृतिक विपत्तिबाट बच्न सामूहिक प्रार्थना गरिन्छ । यो थारु समुदायको सांस्कृतिक पहिचान, परम्परा र सामाजिक एकताको प्रतीक मानिन्छ ।


रामधुनी नगरपालिकामा प्रत्येक वडामा ८ देखि १५ वटा सम्म ग्रामथान छन् । सो संग जोडिएको साँस्कृतिक भूमिलाई समेत पूजा गर्दै आएका छन् । यसर्थ रामधुनी नगरपालिका क्षेत्र लगायत सुनसरी तराई फाटका थारु समुदायले पूजा गर्ने पुख्र्यौली भूमि मानिन्छ । यस भूमिलाई अन्तराष्ट्रिय कानुन मापदण्डले पनि थारु समुदायको धार्मिक आस्था केन्द्रित साँस्कृतिक भूमि पहिचानगरी परिभाषित गरिएको छ ।
ग््राामथान नेपालको ऐतिहासिक पौराणिक धरोहर रहेतापनि राज्यको नीतिले बहिष्कृतमा रहेको देखिन्छ । बस्तुनिष्ठले हेरिएको छैन् । यस दृष्टिले ग्रामथानको भूमि जग्गा अतिक्रमण, विकासका नाममा नष्ट गरिने, पहिचान हरण गर्ने कार्य राज्यबाटै हुँदै आएका छन् । यसको उदाहरण इटहरीको कचना शिरा थानको बिगहौ भूमि सैनिकीकरण, खानेपानी, वडा कार्यालय, विद्यालय लाद्ने कार्य भएको छ । थान भने समिति साघुरो स्थानमा राख्न बाध्यता बनेको छ ।
रामधुनी नगरपालिकामा मात्रै १ सय २६ वटा ग्रामथान छन् । ग्रामथान संरक्षण समिति रामधुनी तथा जिल्ला समितिले विस्तृत लगत लिएर देखिएको अतिक्रमण, विस्थापित र नष्ट गर्ने समस्यालाई रोक्न र नीतिगत संरक्षणका लागि लिखित दस्तावेज तयार गरी पालिकालाई हस्तान्तरण गरिएको छ । यो अभियान ग्रामथान संरक्षण समिति सुनसरीले आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह काठमान्डौको सहकार्यमा जिल्लाका प्रत्येक पालिका लगायत मोरंग जिल्लामा पनि ग्रामथानको महत्व र संरक्षणका लागि पालिका स्तरीय अभियान संचालन गर्दै आएका छन् ।

अगाडिकाे पाेस्ट

साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

अर्काे पाेस्ट

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft