मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

by By: रामधुनी खबर
साउन ३१, २०८३
197


रामधुनी खबर संवाददाता
झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले भव्य र प्रभावकारी बनाउन थारु समुदायसँग सम्बन्धित विभिन्न संघ–संस्था, बुद्धिजीवी तथा अभियन्ताहरू सँग छलफल गरी तयारी अघि बढाइएको आयोजकले जनाएको छ ।
थारु हेरिटेजका लागि प्रदेशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनबाट १७ जना प्रतियोगी छनोट भएका छन् । छनोट भएका प्रतियोगीहरूलाई विभिन्न चरणमा तालिम प्रदान गर्नुका साथै ट्यालेन्ट, प्रस्तुति तथा प्रदर्शनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
प्रतियोगितालाई केवल सौन्दर्य प्रतियोगिताका रूपमा नभई थारु सांस्कृतिक सम्पदा, कला, भाषा, भेषभूषा, परम्परा र पहिचानसँग युवा पुस्तालाई जोड्ने अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ । प्रतियोगीहरूलाई नेतृत्व विकाससम्बन्धी ज्ञान तथा सीप प्रदान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थारु समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्न सक्षम बनाउने उद्देश्य राखिएको छ ।


ग्राण्ड फिनालेको तयारी तथा कार्यक्रमलाई थप भव्य बनाउन थारु कल्याणकारिणी सभा केन्द्रीय, जिल्ला तथा पालिका तह, थारु महिला सभा जिल्ला, थारु चलचित्र संघ सुनसरी, ग्रामथान संरक्षण समिति, बुद्धिजीवी तथा अभियन्ताहरूसँग छलफल गरिएको छ ।
छलफलमा सहभागी प्रतिनिधिहरूले थारु समुदायको सांस्कृतिक पक्षलाई अझ बढी उजागर गर्ने गरी कार्यक्रमको मोडालिटी तयार गर्न सुझाव दिएका छन्। साथै कार्यक्रमलाई सफल बनाउन मुख्य प्रायोजक, प्रायोजक तथा सहयोगी संस्थाहरूको सहभागिता आवश्यक रहेको भन्दै सहयोगका लागि आह्वान गरिएको छ ।
छलफलका क्रममा थारु हेरिटेजको फिनाले थप भव्य र प्रभावकारी बनाउन विभिन्न सुझाव तथा प्रतिक्रिया संकलन गरिएको आयोजकले जनाएको छ ।
आयोजक स्पर्श नेपालका सञ्चालक साहिल चौधरीका अनुसार थारु हेरिटेज केवल सौन्दर्य प्रतियोगिता नभई सांस्कृतिक संरक्षण र युवा नेतृत्व विकासको अभियान हो। प्रतियोगितामार्फत थारु समुदायको मौलिक संस्कृति, परम्परा, भेषभूषा, कला, भाषा तथा ऐतिहासिक पहिचानबारे युवापुस्तालाई जानकारी गराउँदै संस्कृति संरक्षणका लागि सक्रिय र जिम्मेवार युवा नेतृत्व उत्पादन गर्ने ध्येय रहेको उहाँले बताउनु भयो ।
त्यस्तै, थारु हेरिटेजकी संयोजक गीत नारायण चौधरीले थारु समुदायको सांस्कृतिक पहिचान पछिल्लो समय विभिन्न चुनौतीमा परिरहेको अवस्थामा नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र परम्पराप्रति सचेत बनाउने अभियानका रूपमा कार्यक्रमलाई अघि बढाइएको बताउनुभयो ।
थारु हेरिटेजअन्तर्गत सञ्चालन भइसकेका तथा आगामी दिनमा सञ्चालन हुने कार्यक्रमका विषयमा प्रतिमा चौधरीले जानकारी गराउनु भएको छ ।


प्रतियोगितामा सहभागी युवायुवतीले आफ्नो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता तथा थारु संस्कृति र सम्पदासम्बन्धी ज्ञान प्रस्तुत गर्नेछन् । ग्राण्ड फिनालेमा उत्कृष्ट हुने प्रतियोगीलाई मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९’ को उपाधि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा छनोट भएका १७ जनामध्ये ४ जना युवा र १३ जना युवती सहभागी छन् । विभिन्न चरणका तालिम तथा प्रतियोगितात्मक गतिविधिमार्फत उनीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सांस्कृतिक ज्ञान अभिवृद्धि गरिँदै आएको आयोजकको भनाइ छ ।
स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टले आगामी दिनमा पनि थारु संस्कृति संरक्षण तथा प्रवद्र्धनलाई युवाको नेतृत्वसँग जोड्दै विभिन्न रचनात्मक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। युवा पुस्ताको सक्रिय सहभागितामार्फत थारु समुदायको मौलिक सांस्कृतिक धरोहरलाई पुस्तान्तरण गर्दै संरक्षण र प्रवद्र्धन गर्नु नै थारु हेरिटेजको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

अगाडिकाे पाेस्ट

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

अर्काे पाेस्ट

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft