मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

पहिचानको आन्दोलनलाई सम्बोधनको मागगर्दै फोनिजको स्थापना दिवसबाट सहिद लाजेहाङ प्रति उच्चसम्मान

by By: रामधुनी खबर
साउन ३१, २०८१
462

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण २९ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औँ स्थापना दिवस रजत बर्ष मनाएको छ । १ नं. प्रदेश समितिले उदयपुरको उदयपुरगढी गाउँपालिकाको सभाहलमा रजत बर्ष सम्पन्न गरेको हो ।
राजा उदयचन्द्र सेनले शासन गरेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उदयपुरगढी गाउँपालिका हुन् । पूर्व मन्त्री तथा प्रदेश सांसद नारायण वुर्ज मगरको प्रमुख आतिथ्यतामा उदयपुरगढीको थप पर्यटन प्रवद्र्धन गर्न फोनिज प्रदेश समितिले स्थापना दिवस तथा रजत दिवस मनाएको अध्यक्ष सन्तरवीर लामाले जानकारी दिए ।
फोनिजको रजत बर्षको अवसरमा गरिएको कार्यक्रमबाट फोनिज प्रदेश समितिले १२ बुदे उदयपुरगढी घोषणापत्र जारीगर्दै पहिचानको आन्दोलनलाई सम्बोधन गर्न जोडदार माग गरेका छन् । “लिम्बुवान किरात” वा “किरात लिम्बुवान” नामाकरण गर्नु पर्ने माग गरिएको छ ।


सो नामाकरणका लागि आन्दोलनको क्रम्मा सहिद भएका लाजेहाङ (पदम लिम्बु) प्रति फोनिज कर्मीहरुले उच्च सम्मान ब्यक्त गरिएको छ । २०७९ चैत्र ५ गते प्रदेशको नामाकरण पहिचान, सभ्यता र ऐतिहासिक पृष्ठ भूमीको आधारमा माग राख्दै गरिएको आन्दोलनको क्रम्मा घाइते भई उपचारको क्रम्मा निधन भएका लाजेहाङलाई उच्च सम्मान ब्यक्त गरिएको हो ।
आयोजित कार्यक्रममा उपस्थित बक्ताहरुले पहिचानको आन्दोलन निर्णायक गर्न फोनिज कर्मीहरुले कलम सशक्त बनाएर अगाडि बढ्नु पर्ने धारणा ब्यक्त गरेका छन् । आदिवासीको अधिकारका सवाल राज्य संग हो । राज्यले आदिवासीहरुको अधिकारमा पछाडि पारेको छ । तसर्थ १ नं. प्रदेशमा पहिचानको आन्दोलन निर्णायक हुनुपर्छ भन्दै फोनिज केन्द्रिय सचिव यमन दनुवारले धारणा ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघमा आदिवासी जनजाति पत्रकारहरुको नेतृत्वको आवश्यक रहेको बताएका छन् । तर ३६४ दिन आदिवासी भन्ने एक दिन अन्यन्त्र बरालिने कारणले गर्दा आदिवासीहरुको नेतृत्व हुन नसकेको केन्द्रिय सचिव दनुवारले उठान गरेका छन् ।


फोनिजको रजत बर्ष मनाउँदै जारी गरेको घोषणा पत्रमा आदिवासी जनजातिहरुको साँस्कृतिक भूमि, दाहसंस्कार स्थल, समाधिस्थल, पुरातात्विक स्थलमा राज्यपक्षबाट हुने अतिक्रमणको अन्तय गर्न माग गरेका छन् । पहिले मातृभाषाबाट नामाकरण गरिएका ठाउँहरुको स्थान नाम हाल अपभ्रंश गर्दै खस नेपालीकरण गरिएकोमा त्यसलाई पुनरउत्थान र पुनरलेखन गर्न घोषणा पत्र जारी गर्दै माग गरिएको छ । उदयपुरगढी गाउँपालिका सम्म सडक स्तरोन्नती गर्नु पर्ने माग गरिएको छ ।
बि.स.२०२८ अघिसम्म उदयपुर जिल्लाको प्रशासनिक केन्द्र समेत रहेको उदयपुरगढीको विभिन्न वडामा रहेका पर्यटन स्थल प्रवद्र्धन गर्न प्रण गरिएको छ । पर्यटकीय स्थल पञ्चावती मन्दिर, भ्यु टावर, टुडिखेल, भूगोलपार्क, परेवा झरना, ताप्ली पोखरी, काभ्रेपानी महादेव,चुरुम्फा भ्यु एरिया, राजाजी मन्दिर, छेलो भञ्ज्याङ लगायतका धार्मिक तथा साँस्कृतिक स्थानहरुलाई प्रवद्र्धन गर्न प्रण गरेको छ ।
कार्यक्रमबाट पहिचान पत्रकारिता पुरस्कारले सुनसरीका धिरेन्द्र चौधरी र ओखलढुंगाकी विनुमाया राई सम्मानित भएका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्का, गोमा कार्की, हिमा चेम्जोङले आफ्नो धारणा ब्यक्त गर्दै गाउँपालिकाका पर्यटक स्थलको बारेमा जानकारी दिएका छन् ।

अगाडिकाे पाेस्ट

झुम्कामा आदिवासी समुदायहरुको एकता, पहिचान र अधिकार सुनिश्चितताको झाँकी ¥याली

अर्काे पाेस्ट

इटहरीमा प्रथम नागरिक थारु ऐन २०८० प्रमाणीकरण, मेयर पौडेलको ऐतिहासिक र साहसिक निर्णय

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft