मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्कामा आदिवासी समुदायहरुको एकता, पहिचान र अधिकार सुनिश्चितताको झाँकी ¥याली

by By: रामधुनी खबर
साउन २६, २०८१
488

रामधुनी खबर संवाददाता
झुम्का,श्रावण २६ । रामधुनीको झुम्का बजार स्थित आदिवासी समुदायहरुले एकता, पहिचान र अधिकार सुनिश्चितताको झाँकी र्याली सम्पन्न गरेको छ । ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासीहरुकोे विभिन्न संघसंगठनहरुको नेतृत्वमा आफ्नो कला प्रदर्शन गर्दै झाँकी र्याली सम्पन्न गरेको हो ।
“पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाती एक हौँ, परम्परागत ज्ञान र सीपको प्रवद्र्धन गर्दै पुख्र्यौली भूमी, भाषा र संस्कृतिको संरक्षण गरौँ” नारा लगाउँदै झुम्का बजार परिक्रममा गरेका छन् । विश्व आदिवासी दिवसको अवसरमा रामधुनी नगरमा आदिवासी पहिचान र अधिकारको संरक्षण र सम्बवद्र्धन गर्न अदिवासीहरुको एकताको शन्देसका लागि कार्यक्रमको आयोजना गरेको जनाकारी दिएका छन् ।


यस बर्षको ३० औँ विश्व आदिवासी दिवसबाट संविधानले दिएको संरक्षित कुरा राज्यले नदिएका कारण राज्यलाई घचघच्याउन केन्द्रित रहेको छ । संविधानले दिएको अधिकार कार्यान्वयन गराउनेतर्फ केन्द्रित रहदै संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर्नुपर्ने, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर्नु पर्ने विश्व आदिवासी दिवसको शन्देस रहेको छ ।
विश्व आदिवासी दिवस संगै आज नाग पंचमीको दिन देखि नेवा द्ेय दबु रामधुनीले यस बर्ष लाखे नाचको सुरुवात समेत गरेको छ । यस दिन देखि लाखे नाच सुरुवात गरी कृष्ण जन्म अष्टमीको दिन समापन गर्ने परमपरा रहेको जानकारी दिएका छन् ।
आदिवासीहरुको एकताले पहिचान र अधिकार स्थापितका लागि बिशेष यो आदिवासी दिवसको अवसरमा शन्देसको सचेतनाका लागि नेवा देय् दवु रामधुनी नगर समितिका संस्थापक अध्यक्ष श्याम श्रेष्ठले बताउनु भयो । एक नं. प्रदेश पहिचानको आधारमा नामाकरण हुनुपर्नेमा सहमति र सहकार्य हुनु पर्ने उहाँले धारणा ब्यक्त गर्नु भएको छ ।
रामधुनी नगरका सम्पूर्ण आदिवासी समुदायहरु अधिकारका सवालमा एक जुट हुनुपर्ने शन्देसका लागि आज झुम्कामा बृहत झाँकी र्याली गरेको नेवा देय् दवु जिल्ला उपाध्यक्ष केदार श्रेष्ठले बताउनु भयो ।
नेवा देय् दवु रामधुनी नगर समितिका वर्तमान अध्यक्ष चन्द्र श्रेष्ठले ३० औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । आदिवासीहरुको कला, संस्कृतिहरु प्रमुख र महत्वको साथ सरकारले संरक्षण गर्ने नीति लिनु पर्ने बताउनु भएको छ ।
आदिवासी जनजाती महासंघ रामधुनी नगर समिति कार्यवाहक सचिव डम्बर बहादुर लिम्बुले आगामी दिनमा पनि यसरीनै एकबद्धता र सकृय भएर आ–आफनो संस्कृतिलाई सम्मा गरौँ भन्दै शुभकामना ब्यक्त गर्नु भएको छ ।
आदिवासी जनजाती महासंघ रामधुनी नगर समिति कार्यवाहक कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले विश्व आदिवासी दिवस आइएलओ १६९ ले स्थापित अधिकारहरु स्थानीय तह देखि लिएर संघिय सरकार सम्म अधिकार सुनिश्चितता हुनु पर्ने धारणा राख्नु भयो । उहाँले अब छिटै आदिवासी जनजाती महासंघ रामधुनी नगर समिति गठन हुने समेत जानकारी दिनु भएको छ ।
नेवा देय् दवु रामधुनी नगर समिति, किराँत सुनुवार सेवा समाज रामधुनी, किरात याथुङ्ग चुम्लुङ्ग, राई याक्खा, माझी समुदाय संघ, भुजेल संघ, मगर संघ रामधुनी नगर समितिको मौलिक संस्कृतिहरुको प्रदर्शन गर्दै सहभागी भएका छन् ।
नेवा देय् दवु रामधुनी नगर समितिको भवनबाट झाँकी र्याली सुरुगरी झुम्का बजारको शिव चोक हुँदै लगुना चोकमा कोण सभा गर्दै समापन गरेको छ । नेवा देय् दवु जिल्ला उपाध्यक्ष केदार श्रेष्ठले सहभागी सबैमा धन्यवाद ब्यक्त गर्दै समापन गर्नुभयो ।

अगाडिकाे पाेस्ट

लायन्स क्लव अफ झुम्का सहित बराहक्षेत्र, सप्तकोशी र लियो क्लवको संयुक्त पदस्थापन

अर्काे पाेस्ट

पहिचानको आन्दोलनलाई सम्बोधनको मागगर्दै फोनिजको स्थापना दिवसबाट सहिद लाजेहाङ प्रति उच्चसम्मान

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft