रामधुनी खबर संवाददाता
झुम्का,भदौ २२ । तराईका महिलाहरुले मनाउने महान जितिया पर्व २०८१ लाई भब्यता प्रदान गर्न रामधुनीको झुम्कामा “दोस्रो एकिकृत जितिया पावैन २०८१” कार्यक्रम गर्ने भएको छ । पर्वको धार्मिक मौलिकतालाई प्रवद्र्धन गर्न यस बर्ष रचनात्मक रुपले रचनात्मक कार्यक्रमको तयारीमा जुट्ेको थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिले जानकारी दिएको हो ।
कार्यक्रम रामधुनी वडा नं. १ झुम्काको जितमहान चोकमा २०८१ असोज ९ गते बुधवार कृष्ण अष्टमीको दिन “दोस्रो एकिकृत जितिया पावैन २०८१” कार्यक्रम गर्ने जनाएको छ । धार्मिक महत्वले ऐतिहासिक जितिया पर्वलाई ऐतिहासिक रचनात्मक रुपले कार्यक्रम गर्न तयारीमा जुटेको थारु कल्याणकारिणी सभा (था.क.स.) रामधुनी नगर समितिका सभापति राजकुमार चौधरीले जानकारी दिनु भयो । पर्वको विविध मौलिक पक्ष रहेको र सो मौलिक पक्ष लोप भइरहेकोले सो पक्षलाई उठान आवश्यक रहेकोले रचनात्मक कार्यक्रमको तयारीमा जुटेको सभापति चौधरीले बताउनु भयो ।

रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा धार्मिक मान्यताका विविध मौलिक पक्षको प्रवद्र्धन, थारु परम्परा र साँस्कृति पहिचानका कला वस्तुहरुको स्टल तथा प्रदर्शनी, बृहत झाँकी प्रदर्शन तथा झुम्का बजार परिक्रमा, जितमहान भगवानको मुर्ती प्राण प्रतिष्ठा, जितिया मेला शुुभारम्भ, सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट थारु छात्रछात्रालाई सम्मान, थारु महिला हस्तकला धमा, मना, ढकिया प्रर्वद्धन, पुस्ता हस्तान्तरण धुम्रानाचको प्रदर्शन, महिला नेतृत्व र उद्यमीका लागि प्रोत्साहन लगायत विभिन्न वडाबाट आएका झाँकीहरुको कला उठान र प्रस्तुतीकरण रहने जनाएको छ ।
कार्यक्रमलाई रचनात्मक बनाउन मुलआयोजक था.क.स. रामधुनी नगर समिति रहने छ । आयोजकमा थारु महिला सभा रामधुनी नगर समिति, थारु महिला उत्थान समाज सुनसरी, ग्रामथान संरक्षण समिति रामधुनी, राष्ट्रिय थारु कलाकार मञ्च सुनसरी रहने निर्णय भएको छ भने था.क.स.जिल्ला सुनसरीको समन्वय र सहकार्य रहने था.क.स. रामधुनी सभापति चौधरीले बताउनु भयो ।




