मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्कामा “दोस्रो एकिकृत जितिया पावैन २०८१” कार्यक्रम गर्न था.क.स.रामधुनीले रचनात्मक तयारी गर्दै

by By: रामधुनी खबर
भदौ २२, २०८१
728

रामधुनी खबर संवाददाता
झुम्का,भदौ २२ । तराईका महिलाहरुले मनाउने महान जितिया पर्व २०८१ लाई भब्यता प्रदान गर्न रामधुनीको झुम्कामा “दोस्रो एकिकृत जितिया पावैन २०८१” कार्यक्रम गर्ने भएको छ । पर्वको धार्मिक मौलिकतालाई प्रवद्र्धन गर्न यस बर्ष रचनात्मक रुपले रचनात्मक कार्यक्रमको तयारीमा जुट्ेको थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिले जानकारी दिएको हो ।
कार्यक्रम रामधुनी वडा नं. १ झुम्काको जितमहान चोकमा २०८१ असोज ९ गते बुधवार कृष्ण अष्टमीको दिन “दोस्रो एकिकृत जितिया पावैन २०८१” कार्यक्रम गर्ने जनाएको छ । धार्मिक महत्वले ऐतिहासिक जितिया पर्वलाई ऐतिहासिक रचनात्मक रुपले कार्यक्रम गर्न तयारीमा जुटेको थारु कल्याणकारिणी सभा (था.क.स.) रामधुनी नगर समितिका सभापति राजकुमार चौधरीले जानकारी दिनु भयो । पर्वको विविध मौलिक पक्ष रहेको र सो मौलिक पक्ष लोप भइरहेकोले सो पक्षलाई उठान आवश्यक रहेकोले रचनात्मक कार्यक्रमको तयारीमा जुटेको सभापति चौधरीले बताउनु भयो ।

रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा धार्मिक मान्यताका विविध मौलिक पक्षको प्रवद्र्धन, थारु परम्परा र साँस्कृति पहिचानका कला वस्तुहरुको स्टल तथा प्रदर्शनी, बृहत झाँकी प्रदर्शन तथा झुम्का बजार परिक्रमा, जितमहान भगवानको मुर्ती प्राण प्रतिष्ठा, जितिया मेला शुुभारम्भ, सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट थारु छात्रछात्रालाई सम्मान, थारु महिला हस्तकला धमा, मना, ढकिया प्रर्वद्धन, पुस्ता हस्तान्तरण धुम्रानाचको प्रदर्शन, महिला नेतृत्व र उद्यमीका लागि प्रोत्साहन लगायत विभिन्न वडाबाट आएका झाँकीहरुको कला उठान र प्रस्तुतीकरण रहने जनाएको छ ।
कार्यक्रमलाई रचनात्मक बनाउन मुलआयोजक था.क.स. रामधुनी नगर समिति रहने छ । आयोजकमा थारु महिला सभा रामधुनी नगर समिति, थारु महिला उत्थान समाज सुनसरी, ग्रामथान संरक्षण समिति रामधुनी, राष्ट्रिय थारु कलाकार मञ्च सुनसरी रहने निर्णय भएको छ भने था.क.स.जिल्ला सुनसरीको समन्वय र सहकार्य रहने था.क.स. रामधुनी सभापति चौधरीले बताउनु भयो ।

अगाडिकाे पाेस्ट

तीज पर्व आगमनको स्वागत गर्दै रामधुनी ४ स्वास्थ्य केन्द्रका कर्मचारी र सेविकाहरुको दर कार्यक्रम

अर्काे पाेस्ट

प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट इक्राहीको खेलमैदानमा सुरु हुँदै

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft