रामधुनी खबर संवाददाता
झुम्का, भदौ ३१ । प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट सुरु हुँदै छ । रामधुनी नगरको खेल विकास प्राथमिक्तामा राख्दै रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल इक्राही खेलमैदानमा सुरु हुने आयोजक रामधुनी आदर्श संस्थाले जानकारी दिएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र भोली उपमेयर तारा थापाले एक औपचारिक कार्यक्रमका बीच उद्धघाटन गर्नुहुने जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो हुने क्लव तथा समुहलाई मेडल सहित पुरस्कृत गरिने छ ।

असोज १ गते देखि ८ गते सम्म संचालन हुने फुटबल प्रतियोगितामा ८ समुह कल्वले सहभागीता जनाएका छन् । भोली देखि आयोजक रामधुनी आदर्श संस्था, रामधुनी युवा क्लव झुम्का, आरआइ एफसी काठमाण्डौँ, वेल्टार एकता युवा क्लव, प्रकाशपुर पि.एफ सी, पञ्चायन एफसी, राजावास युथ क्लव, न्यु स्टार एकाडेमी फुटबल प्रतियोगिता मैदानमा उर्तिने छन् । प्रतियोगिता दिउँसो १ बजेबाट सुरु हुने आयोजक रामधुनी आदर्श संस्थाका केशव खड्काले जानकारी दिनुभयो ।
