रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक २३ । झुम्का छठघाटमा दुई युवा समुह बीच कुटाकुट भएको छ । मादक पदार्थ सेवन गरेर आएका युवाहरु छठपर्वको भिडभाडमा विवाद भएपछि हानाहाना भएको हो ।
कुटाकुट र हानाहानले ६ युवा धाइते भएका छन् । घाइते युवाहरुलाई उपचारका लागि बिराट टिचिङ्ग अस्पताल र धरान वि.पि.मा उपचारका लागि रातीनै भर्ना गरिएको प्रस्तावित इलाका प्रहरी रामधुनीले जानकारी दिए ।
बाँकी झैझगडामा सामेल युवाहरुलाई तत्कालै नियन्त्रणमा लिई छठघाटको प्राङ्गणलाई थप तैनाथीमा परिनतगरी सुरक्षा प्रदान गरेको प्रस्तावित इलाका रामधुनीका प्रमुख सुजन मुदेलले जानकारी दिनु भयो ।
कुटाकुट गर्ने युवाहरु रामधुनी सिंगियाटोल र इटहरी डकहाटोलका चौधरी र एकजना खान मुस्लिम समुदायका युवाहरु रहेको जानकारी दिए । “कुटाकुट गर्नेहरु नियन्त्रणमा छन्, उपचार पछि दुवै समुहलाई बोलाएका छौँ, छलफल गराई कारवाही चलाउने छौँ”, प्रस्तावित इलाका रामधुनीका प्रमुख मुदेलले बताउनु भयो ।

रामधुनीको ऐतिहासिक धार्मिक नगरमा धार्मिक आस्था केन्द्रित छठपर्व विगत २०५५ साल देखि मनाउँदै आएको छ । स्वच्छ, विशुद्ध, धार्मिक पर्यटन प्रवद्र्धन, झुम्का बजारको पहिचान हेतु धार्मिक रौनकता थप्दै प्रयास गरिरहेको छ ।
तर यसलाई चुनौती र समस्या निमत्याई बदनाम गर्न झैझगडा गर्ने, कुटाकुट गर्ने, होहल्ला मचाउने गरेको छ । यो परिचालित पनि हुन सक्ने देखिन्छ । झुम्का छठघाट प्रतिको धार्मिक प्रवद्र्धनका बिरोधि पनि हुन सक्ने योजनाकारहरुलाई पहिचान गर्नु पर्ने देखिन्छ ।
यति सम्मकी छठघाट वरिपरि तथा बजारको सटर छेउछाउ युवा युवत्तीको जोडी राती १० बजे देखि जोडी–जोडी बसीरहेको देखिन्छ । धार्मिक अस्थाले आएका भक्तजनहरुमा लाज देखाउने अवस्थाको व्यवहार गरिरहेको हुन्छ । बसीरहेका जोडीले धार्मिक आस्थाका केन्द्रलाई बदनामलाई थप पृष्ठपोषण गरिरहेको हुन्छ । यसमा सवै सरोकारवालाहरु सचेत हौँ ।

