सदेशराम चौधरी
इटहरी। कुनै जमाना थियो, त्यस बेला गाउँघरमा लुगा सिलाउने कल छोए जातै जान्छ भनिन्थ्यो । जात गए घरमा पस्नु दिदैनन् भन्ने छुवाछुतको संस्कारमा हुर्केकी थिइन् भोजपरकी मनिषा राई । त्यती बेला उनलाई लागेको थियो, लुगा सिलाउने मेसिन चलाउन जात चाहिने रहेछ । अहिले उनि भन्छिन् ‘लुगा सिउन जात होइन् शिप चाहिन्छ ।’ उनको यो भनाई कुनै महिला नेतृले भाषण गरेको जस्तो पनि लाग्न सक्छ । मनिषा राजनीति गर्दिनन् । किरात राई समुदायकी छोरी विशुद्ध टेलरिङको पेशा गर्छिन् । कुनै बेला हातमा एक पैसा नहुने उनी अहिले मासिक ४० हजार कमाउछिन् । त्यसै बाट घर खर्च लगायतको व्यवहार धान्दै आएकी छिन् ।
विगत १० वर्षदेखी धरान १८ रत्न चोकमा युनीषा कटीङ सेन्टर संचालन गर्दै आएकी छिन्, मनिषाले । पहाडको विकट गाउ त्यसबेला सम्म छोरी मान्छेले पढ्न हुदैन भन्ने समाजमा हुर्किन् । गाई गोठाला गर्दै उनले जसोतसो गाउँंमा कक्षा ६ सम्म पढाई पुरा गरेपछी धरान झरेकी हुन् । गाउँंमा रहदा गाउँलेहरु आर्थीक रुपमा कहिल्यै सक्षम भएको नदेख्दा चिन्ता हुन्थ्यो । शहर आएर धेरै पैसा कमाउछु भन्ने सानैदेखी सोच्ने गरेको उनी बताउछिन् । सानैदेखी नाच्न र गाउन मनपराउने उनी सिलाईकटाई व्यवसायलाई पेशा बनाउछु भन्ने कहिल्यै सोचेकी समेत थिइनन् । उनले एसएलसी सम्म औपचारीक अध्ययन पुरा गरेकी छिन् । १८ वर्षको उमेरमा सामान्य जागिर गर्दै गर्दा विदेशमा रहने उनका दाजुले सिलाई कटाई महिलाको लागी राम्रो र आम्दानी समेत गर्न सकिने बताए ।

राम्रो कमाई पछी पैसा फर्काउने सर्तले उनलाई १४ हजार रुपैया पठाई दिएका थिए । उनले रहरले भन्दा पनी दाजुको वचन काट्न नसक्दा सिलाई कटाई तालिम सुरु गरेकी हुन् । ३ महिना डिप्लोमा कटीङ कोर्ष सिक्दा ४० हजार खर्च लाग्यो । आफुले केही बचत गरेको रकम र दाजुले पठाएको रकम समेत सकियो । तालिम पछी पनी उनले २ महिना सम्म त्यसै तालिम केन्द्रमा गएर सिक्दै नया विद्यार्थीहरु लाई समेत सिकउने गर्थीन् । ठुलो आमाको घरमा बस्दै आएकी उनी राती १ बजेसम्म पुरानो कपडाको नयाँ डिजाईन गर्ने गरेको सुनाउछीन् । भन्छिन्, ‘तालिम लिएपछी अझ रुचि बढ्दै गयो ।’ कुनै पनी कामको थालनी गरेपछी टुंगाउने बानी रहेको उनी बताउछीन् । कपडा सिलाउछ भन्ने थाहा पाएपछी छिमेकीहरुले पुरानो र सामान्य नया कपडा सिलाउन दिने थाले । त्यसबाट आएको आम्दानी पाउदा निकै रमाईलो लाग्ने गरेको उनले बताईन् । शिपप्रति बढ्दै गएको लगाव, मेहनत र निरन्तरताको कारण आज यस ठाउंसम्म आईपुग्न सफल भएको उनको भनाई छ । तालिम लिदा समेत प्रशिक्षकले राम्रो सिलाउँछ भन्ने गर्दा हौसला मिल्ने गर्दथ्यो । दाजुको १४ हजार रुपैया तिर्नुपर्छ भन्ने कारणले नै उनी महिला उद्यमी बन्न सफल भएको सुनाउँछीन् ।
सिलाई कटाई र तालिम समेत प्रदान गर्ने सोचका साथ मनिषाले अन्य साथी समेतको साझेदारीमा १९ वर्षको उमेरमा कुल ५० हजारको लगानीबाट व्यापार सुरु गरेकी थिइन् । मेसिन, धागो, स्केल, आईरन, कैची र ३ वटा मेसिन किन्दा पैसा सकिएपछी फेरी २० हजार रुपैया थप लगानी गरिन् । व्यवसाय सुरु गरेको ६ महिना सम्म उधे्रको कपडा मात्र सिलाई गर्न पाए । एउटा कोठाको ३ हजार भाढा तिुर्न पथ्र्यो । मासिक कारोबार भने ९ सय देखी २५ सय मात्र हुन्थ्यो । कोठाभाडा तिर्न मुस्कील हुदा समेत उनले काम भने छाडिनन् । विस्तारै कपडा सिलाउन ग्राहकहरु आउन त थाले तर कपडा सिलाउँदा छोटो हुने, फिनिसिङ नमिल्ने समस्या आयो । कपडाको नाप लिने तरिका प्रशिक्षकले नसीकाएको कारण कपडा बिग्रीएको समस्या पत्ता लगाएपछी भने सिलाई राम्रो हुदै गयो । सामान्य कपडा राम्रो सिलाएपनी नयाँ डिजाईनहरु आउदा सिलाईमा समस्या हुन्थ्यो । त्यसै बेला पत्रिका मार्फत सिटीइभिटी बाट सिप प्रशिक्षण हुदैछ भन्ने जानकारी भएपछि परीक्षा दिन प्रशिक्षक र उनी ईटहरी गए । दुवैजना उर्तीण हुन भने सकेनन् । तर शिप टेष्ट परीक्षामा सहभागीहरुबाट धेरै कुरा सिक्न पाएको बताउँदै उनी भन्छिन्, ‘सिलाई कटाई सिकाउने तरिका धेरै गलत थिएछ । त्यसैले परिणाम सोचेजस्तो भएन ।’ अर्को वर्ष भने ईटहरीमा तालिम लिईन र अर्को वर्ष परीक्षा उर्तीण गरिन् ।
परीक्षा पास भएपनी नया डिजाईनहरु गर्दा आत्मविश्वास नभएपछी उनले ईटहरीमा फेरी कोर्ष दोहो¥याइन् । त्यस पछि भने आत्मविश्वास दह्रो भएको उनले बताईन् । कोर्षहरु पुरा गर्दै उनले सिटीइभिटी कोर्ष अन्तर्गतको तह तिन सम्म पुरा गरिन् । सिटिइभिटी कोर्षमा पुरानो डिजाईनलाई प्राथमिकता दिने भएकाले बजार प्रतिस्पर्धा गर्न नसकिने उनको भनाई छ । आधुनिक जमानामा सिटिइभिटीको कोर्षले मात्र सबै काम गर्न नसकिने भएकाले नयाँ डिजाइनहरु समेत सिक्न जरुरी रहेको उनको बुझाई छ । विगत १० वर्षको अनुभव पछी मात्र यस पेशा ठिक लाग्न थालेको उनी बताउछीन् । एक दशकको अन्तरालमा उनी कस्तो कपडा कसरी सिलाउने भन्नेमा दक्ष भएकी छिन् । साझेदारीबाट छुटिएर अहिले उनी एक्लै व्यवसाय चलाउँदैछिन् । केही मेसिनहरुबाट व्यवसाय थालनी गरेका उनको टेलर अहिले लाखौ रुपैयाको लगानी बनाईसकेका छन् । केहीलाई रोजगार समेत प्रदान गरेकी छिन् । उनको टेर्लरमा लेडिज,जेन्स साथै जिन्स कपडाको सम्पुर्ण डिजाईनहरु तयार पार्नुका साथै तालिम समेत दिने गरिएको छ ।
मनिषा भन्छिन्, ‘बजार निकै प्रतिस्पर्धा रहेको छ । त्यसैले बजारको ज्ञान नभएमा व्यवसाय टिकाउन गाह्रो हुन्छ ।’ उनको सिलाई केन्द्रमा ईन्टरनेटको माध्यमबाट डिजाइनहरु हेरेर सिकाउने काम हुन्छ । यसले भविष्यमा व्यवसाय संचालन गर्दा सहज हुने उनको बुझाई छ । उचित तालिमको अभावमा व्यवाय गर्न कठीनाई भएकाले यस केन्द्रमा सिक्ने आउनेहरु लाई सिलाई कटाई र बजारको समेत ज्ञान दिने गरिएको उनले बताईन् । उनले सिटीईभिटी कोर्ष सम्म पुरा गरेको हुनाले पुर्वको विभिन्न ठाउंहरुमा समेत प्रशिक्षणका लागी जाने गर्दछीन् । सिलाई कटाईबाट मात्र नभएर प्रशिक्षकको रुपमा समेत यस क्षेत्रबाट आम्दानी गर्न सकिने उनी बताउछीन् । एकदशक अघि कोठा भाडा तिर्न समेत मुस्किल हुने बताउने उनले हाल भने मासिक ४० हजार बढी नाफा आर्जन गर्दछीन् । स्नातकोत्तर तह पढ्दै गरेका श्रीमान, सासु, पढ्दै गरेका भाई सबैको खर्च टेलर्स व्यवसाय बाटै हुने गरेको उनले बताईन् । आफ्नै सिपबाट आत्मनिर्भर हुन सकेकोमा गर्व लाग्ने उनी बताउछीन् । यस क्षेत्रमा राम्रो संभावना भएकाले यस क्षेत्रमा आउन उनी आह्रवान समेत गरिन् ।