रामधुनी खबर संवाददाता
झुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित विद्यार्थीहरुको बाहुल्य रहेको सो विद्यालयको १० औँ अभिभावक दिवसको अवसरमा शिक्षक बिदाई सहित दाता सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
इटहरी उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष रोहित चौधरीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस मनाउँदै विद्यालयलाई योगदान गरेका शिक्षक, सहयोगी दाताहरुलाई सम्मान गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पानालाल चौधरीले जानकारी दिनु भयो ।
सो बिद्यालयमा बिशेष बिपन्न दलित तथा जनजाति समुदायका बिद्यार्थी बालबालिका अध्यनरत रहेका छन् । उनीहरुको शिक्षा पहुँच सहितको बिद्यालय व्यवस्थापन र थप शैक्षिक गुणस्तरका लागि इटहरी उपमहानगरपालिकाबाट १० धुर जग्गा खरिद गर्न सहयोग गरेका छन् । बिद्यालयलाई जग्गा खरिदका लागि सहयोगी इटहरी उपमहानगरपालिकाको कार्यालय तथा मेयर हेमकर्ण पौडेललाई बिशेष धन्यवाद ब्यक्त गरिएको छ । जग्गा खरिदका लागि उपमहानगरपालिकाले १२ लाख उपलब्ध गराएका छन् । उपमहानगरपालिकाले बिद्यालय व्यवस्थापनका लागि जग्गा खरिद सहयोगको अतुलनिय योगदाको सराहनिय कदर गरेको बिद्यालय व्यवस्थापनका अध्यक्ष चौधरीले बताउनु भएको छ ।

यसैगरी कार्यक्रमबाट विद्यालयमा कार्यरत अवस्था रहदा रिटायर निवृत अवकास पाएका प्रद्यानाध्यापक होमनाथ भट्टराईलाई बिदाई तथा सम्मान गरेका छन् । विद्यालयमा १० बर्ष कार्यरत रहेर योग्दान गरेको कदर गर्दै बिदाई सहित भट्टराईलाई सम्मान गरेका हुन् ।
बिद्यालयलाई आर्थिक र भौतिक रुपले सहयोगीदाता तथा संस्थापक स्थानीय मनु तामाङ्गलाई सम्मान गरेका छन् । सहयोगी दाता तामाङ्ग जग्गा खरिद सहितको हरेक क्षण हरेक समय र समस्यामा अपनत्व लिएर सहयोगी भूमिकाको उच्च मुल्याङ्क र कदर गर्दै बिद्यालयले सम्मान गरेका हुन् ।

बिद्यालयको जग्गा खरिद सहयोगी उई लभ यु फाउडेशन संस्थालाई समेत सम्मान गरेको छ । जग्गा खरिदका लागि सहयोग गरेका फाउन्डेसनका प्रतिनिधि सुमन योजनले सम्मान ग्रहण गरेका छन् । शिक्षिका इन्दु आचार्य मिश्रालाई पनि सम्मान गरेका छन् । शिक्षिकाको रुपमा बिद्यालयलाई योगदान गरेको कदर गर्दै सम्मान गरेका हुन् ।
बिद्यालयका शिक्षक अभिभावक समिति अध्यक्ष संगीता सदाको सभातित्वमा सम्पन्न कार्यक्रममा रमेश बिष्ट, योशा गुरागाई, भिमा राई, राधिका पौडेल, महेश भटराई र जितेन्द्र थापालाई सम्मान गरेको छ । कदर पत्र र दोसल्लाहले पूर्व समितिका पदाधिकारी कृष्ण प्रसाद भटराई, रेमनी मुसहर्नी, देबकी मुसहर्नी, सुलो मुसहर्नीलाई सम्मान गरेका छन् ।

बिद्यार्थी बालबालिकाहरुलाई शिक्षामा प्रोत्साहन गर्न छात्रबृत्ति अक्षयकोष स्थापना तथा घोषणा गरेको बिद्यालयका प्रधानाध्यापक लक्ष्मि चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा बिद्यार्थी बालबालिकाको नृत्यकला प्रस्तुत गरिएको थियो । बिद्यार्थी बालबालिकाको अतिरिक्त कृयाकलापको प्रोत्साहन गर्दै स्वदेश गानमा आफनो नृत्यकला प्रस्तुत गरेका हुन् ।
श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय २०६५ सालमा स्थापनागरी निरन्तर शिक्षा पहुँच पुर्याउदै आएका छन् । १० औँ अभिभावक दिवस तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रममा सुरुवात देखि वालविकासबाट स्थापना गर्न सहयोगी भूमिका खेल्नु भएका सेतो गुराँस संस्थाका सचिव भिमा राईले धन्यवाद ब्यक्त गर्नु भएको छ । उहाँले वालविकासबाट सुरु गरेको बिद्यालयलाई हाल यस रुपमा विकास गरेकोे भन्दै धन्यवाद सहित स्थापना र सुरुवाती निर्माणको बारेमा जानकारी दिनु भयो ।

कार्यक्रममा थारु महिला सभा सुनसरी अध्यक्ष सुशिला लेखी लगायतका अतिथीहरुले मन्तव्य र धारणा राख्नु हुँदै बिद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो भने कार्यक्रम संचालन शिक्षिका सावित्री चौधरीले गर्नु भएको थियो ।