मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम

by By: रामधुनी खबर
पुष २४, २०८१
376

रामधुनी खबर संवाददाता
झुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित विद्यार्थीहरुको बाहुल्य रहेको सो विद्यालयको १० औँ अभिभावक दिवसको अवसरमा शिक्षक बिदाई सहित दाता सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
इटहरी उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष रोहित चौधरीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस मनाउँदै विद्यालयलाई योगदान गरेका शिक्षक, सहयोगी दाताहरुलाई सम्मान गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पानालाल चौधरीले जानकारी दिनु भयो ।
सो बिद्यालयमा बिशेष बिपन्न दलित तथा जनजाति समुदायका बिद्यार्थी बालबालिका अध्यनरत रहेका छन् । उनीहरुको शिक्षा पहुँच सहितको बिद्यालय व्यवस्थापन र थप शैक्षिक गुणस्तरका लागि इटहरी उपमहानगरपालिकाबाट १० धुर जग्गा खरिद गर्न सहयोग गरेका छन् । बिद्यालयलाई जग्गा खरिदका लागि सहयोगी इटहरी उपमहानगरपालिकाको कार्यालय तथा मेयर हेमकर्ण पौडेललाई बिशेष धन्यवाद ब्यक्त गरिएको छ । जग्गा खरिदका लागि उपमहानगरपालिकाले १२ लाख उपलब्ध गराएका छन् । उपमहानगरपालिकाले बिद्यालय व्यवस्थापनका लागि जग्गा खरिद सहयोगको अतुलनिय योगदाको सराहनिय कदर गरेको बिद्यालय व्यवस्थापनका अध्यक्ष चौधरीले बताउनु भएको छ ।


यसैगरी कार्यक्रमबाट विद्यालयमा कार्यरत अवस्था रहदा रिटायर निवृत अवकास पाएका प्रद्यानाध्यापक होमनाथ भट्टराईलाई बिदाई तथा सम्मान गरेका छन् । विद्यालयमा १० बर्ष कार्यरत रहेर योग्दान गरेको कदर गर्दै बिदाई सहित भट्टराईलाई सम्मान गरेका हुन् ।
बिद्यालयलाई आर्थिक र भौतिक रुपले सहयोगीदाता तथा संस्थापक स्थानीय मनु तामाङ्गलाई सम्मान गरेका छन् । सहयोगी दाता तामाङ्ग जग्गा खरिद सहितको हरेक क्षण हरेक समय र समस्यामा अपनत्व लिएर सहयोगी भूमिकाको उच्च मुल्याङ्क र कदर गर्दै बिद्यालयले सम्मान गरेका हुन् ।


बिद्यालयको जग्गा खरिद सहयोगी उई लभ यु फाउडेशन संस्थालाई समेत सम्मान गरेको छ । जग्गा खरिदका लागि सहयोग गरेका फाउन्डेसनका प्रतिनिधि सुमन योजनले सम्मान ग्रहण गरेका छन् । शिक्षिका इन्दु आचार्य मिश्रालाई पनि सम्मान गरेका छन् । शिक्षिकाको रुपमा बिद्यालयलाई योगदान गरेको कदर गर्दै सम्मान गरेका हुन् ।
बिद्यालयका शिक्षक अभिभावक समिति अध्यक्ष संगीता सदाको सभातित्वमा सम्पन्न कार्यक्रममा रमेश बिष्ट, योशा गुरागाई, भिमा राई, राधिका पौडेल, महेश भटराई र जितेन्द्र थापालाई सम्मान गरेको छ । कदर पत्र र दोसल्लाहले पूर्व समितिका पदाधिकारी कृष्ण प्रसाद भटराई, रेमनी मुसहर्नी, देबकी मुसहर्नी, सुलो मुसहर्नीलाई सम्मान गरेका छन् ।


बिद्यार्थी बालबालिकाहरुलाई शिक्षामा प्रोत्साहन गर्न छात्रबृत्ति अक्षयकोष स्थापना तथा घोषणा गरेको बिद्यालयका प्रधानाध्यापक लक्ष्मि चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा बिद्यार्थी बालबालिकाको नृत्यकला प्रस्तुत गरिएको थियो । बिद्यार्थी बालबालिकाको अतिरिक्त कृयाकलापको प्रोत्साहन गर्दै स्वदेश गानमा आफनो नृत्यकला प्रस्तुत गरेका हुन् ।
श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय २०६५ सालमा स्थापनागरी निरन्तर शिक्षा पहुँच पुर्याउदै आएका छन् । १० औँ अभिभावक दिवस तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रममा सुरुवात देखि वालविकासबाट स्थापना गर्न सहयोगी भूमिका खेल्नु भएका सेतो गुराँस संस्थाका सचिव भिमा राईले धन्यवाद ब्यक्त गर्नु भएको छ । उहाँले वालविकासबाट सुरु गरेको बिद्यालयलाई हाल यस रुपमा विकास गरेकोे भन्दै धन्यवाद सहित स्थापना र सुरुवाती निर्माणको बारेमा जानकारी दिनु भयो ।


कार्यक्रममा थारु महिला सभा सुनसरी अध्यक्ष सुशिला लेखी लगायतका अतिथीहरुले मन्तव्य र धारणा राख्नु हुँदै बिद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो भने कार्यक्रम संचालन शिक्षिका सावित्री चौधरीले गर्नु भएको थियो ।

अगाडिकाे पाेस्ट

कोशी प्रदेशमा सडक दुर्घटना : पाच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft