मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

by By: रामधुनी खबर
पुष २९, २०८१
546

रामधुनी खबर संवाददाता
झुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ नगर सभा समपन्न भएकोे हो ।
नगर प्रमुख शंकरलाल चौधरीको सभाध्यक्षतामा नगर सभाबाट संशोधन र थप कार्यक्रम अनुसार रु ११ करोड ६ लाखको बजेट पारित गरेको छ । आ.ब.२०८१÷०८२ को लागि नगरपालिकाको १६ औँ नगर सभाबाट रु ७५ करोड ३२ लाख २१ हजार पारित गरिएको थियो ।
सो बजेट र कार्यक्रम अन्तर्गत संशोधन र थप कार्यक्रम ल्याउँदै नगरपालिकाको संशोधित बजेट नगर उपप्रमुख तारा थापाले प्रस्तुत गर्नु भयो । उहाँले वडा र नगर स्तरीय योजनका संशोधन र थप कार्यक्रमको रु ११ करोड ६ लाखको बजेट प्रस्तुत गर्दै झुम्का आधारभुत अस्पतालका लागि रु १ करोड ४९ लाख ५० हजार विनियोजन गरेको प्रस्तुत गर्नु भएको छ ।
यसैगरी नगर प्रहरीका लागि ऐन २०८१ संशोधन सहित पारित गरिएको छ । नगर प्रमुख चौधरीले नगर प्रहरी ऐन पारितका लागि प्रस्तुत गर्नु भएको थियो । सो अनुसार नगर सभामा सदस्यहरुले पारित गरेका हुन् ।


नगर सभामा नगर प्रमुख चौधरीले रामधुनी नगरपालिका तरल अवस्थामा रहेको बताउनु भयो । तरल अवस्थामा रहेपनि कामकाजीमा अगाडि रहेको बताउनु भएको छ । भरखरै महालेखा परिक्षकले अडिट गरेर गएको बताउनु हुँदै उहाँहरुले अरु नगरपालिका भन्दा कागजात चुस्त दुरुस्त रहेको बताउनु भयो । यसर्थ रामधुनी नगरपालिका अगाडि रहेको बताउनु भएको छ ।
नगर सभामा सम्बोधन गर्नु हुँदै झुम्का आधारभुत स्पताल छिट्टै संचलानमा आउने बताउनु भयो । बिमा रेफरलाई प्राथमिक्ता राखेर माघको पहिलो हप्तामा संचालनको प्रयास गर्नेगरी योजना ल्याएको बताउनु भएको छ । ५ शैयाको झुम्का आधारभुत अस्पताल नगरपालिकाको निजि स्रोतबाट संचालन गर्न लागेको जानकारी दिनु हुँदै १५ शैयाको बक्लौरी अस्पताल संघिय योेजना रु १९ करोड रहेको र सो अस्पताल पनि संचालन गर्ने बताउनु भयो ।


प्रमुख प्रसाशकिय अधिकृत प्रमोद चौधरीले सहजिकरण गर्नु भएको नगर सभाको प्रस्तुत योजना, कार्यक्रम, बजेटमाथी नगर सभा सदस्यहरुले सुझाव व्यक्त गरेका छन् । रामधुनी वडा ३ का वडा सदस्य अनिल पराजुलि, वडा नं. २ का रामनारायण चौधरी, वडा नं. ८ का दानबहादुर दुलाल, वडा नं. ७ का बासुदेव माझी, वडा नं. ७ कै वडा सदस्य श्रवण चौधरी र वडा नं. १ का वडा सदस्य रामभरोसी साहले सुझाव ब्यक्त गरेका थिए । आएका सुझावहरुमा नगर प्रमुख चौधरी, उपप्रमुख थापा र प्रमुख प्रसाशकिय अधिकृत चौधरीले जवाफ दिनु भएको थियो ।

अगाडिकाे पाेस्ट

सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम

अर्काे पाेस्ट

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft