मिति : २०८३ असोज १४ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

by By: रामधुनी खबर
असोज १३, २०८३
259

रामधुनी खबर संवाददाता
झुम्का, असोज १३ । सामाजिक सेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अन्तर्गत लायन्स क्लब डिस्ट्रीक्ट ३२५ सी का तीन क्लबका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूको संयुक्त पदस्थापन गरिएको छ । लायन्स क्लब अफ रामधुनी, लायन्स क्लब अफ झुम्का र लायन्स क्लब अफ बराहक्षेत्र कलाबन्जरका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूको संयुक्त पदस्थापन कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
डिस्ट्रीक्ट गभर्नर लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सन् २०२६÷०२७ का लागि लायन्स क्लब अफ रामधुनीका अध्यक्ष मिलन रौनियार, लायन्स क्लब अफ झुम्काका अध्यक्ष सुशिल साह र लायन्स क्लब अफ बराहक्षेत्र कलाबन्जरका अध्यक्ष विनोद चौधरी सहित नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन गरिएको छ ।

कार्यक्रममा डिस्ट्रीक्ट गभर्नर चिमरियाले नव निर्वाचित अध्यक्षहरूलाई ग्याबल हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय लायन पिन लगाइ दिनुभएको थियो । उहाँले क्लबका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै सामाजिक सेवाका कार्यलाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न सुझाव दिनुभयो ।
पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्षहरूले नवनिर्वाचित अध्यक्षहरूलाई सम्मानपूर्वक अध्यक्षको आसन सम्म सहयात्रा गराउने विशेष कार्यक्रम समेत गरिएको थियो । लायन्स क्लब अफ रामधुनीका निवर्तमान अध्यक्ष कमल कुमार साहले मिलन रौनियारलाई, लायन्स क्लब अफ झुम्काका निवर्तमान अध्यक्ष नवराज खड्काले सुशिल साहलाई र लायन्स क्लब अफ बराहक्षेत्र कलाबन्जरका निवर्तमान अध्यक्ष अविषेक कार्कीले विनोद चौधरीलाई फूलमाला लगाई हात समाउँदै अध्यक्षको स्थानसम्म सहयात्रा गराउनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष मिलन रौनियारले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै सबैको साथ र सहयोगमा क्लबलाई थप सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने बताउनु भयो ।
त्यसैगरी, लायन्स क्लब अफ झुम्काका अध्यक्ष सुशिल साहले आगामी कार्ययोजनाका बारेमा प्रतिबद्धता व्यक्त गर्दै क्लबका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताउनुभयो ।
लायन्स क्लब अफ बराहक्षेत्र कलाबन्जरका अध्यक्ष विनोद चौधरीले सामाजिक सेवाका क्षेत्रमा क्लबलाई सक्रिय बनाउँदै समुदायमुखी कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लायन धिरज गुरुङ, धनकुमारी गुरुङ, मिना ढुंगेल र दुर्गाप्रसाद फुयालले नवनिर्वाचित पदाधिकारीहरूलाई थप जिम्मेवार भएर रचनात्मक ढंगले क्लबका गतिविधि अघि बढाउन सुझाव दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

पदस्थापन कार्यक्रम लायन्स क्लब अफ रामधुनी, लायन्स क्लब अफ झुम्का र लायन्स क्लब अफ बराहक्षेत्र कलाबन्जरको संयुक्त आयोजनामा भएको आयोजक समितिले जनाएका छन् ।
लायन्स क्लब भनेको विश्वभर सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था हो । यसको मुख्य उद्देश्य स्वयंसेवा मार्फत समुदाय र मानव जीवनमा सहयोग पु¥याउनु हो ।
क्लवले मुख्य कार्यहरुमा समुदाय विकास र सामाजिक सेवा गर्दै आएका छन् । विद्यार्थी तथा शिक्षामा सहयोग, विपद् तथा आपत्कालीन अवस्थामा राहत, विपन्न तथा असहाय व्यक्तिलाई सहयोग, आँखा स्वास्थ्य तथा दृष्टि संरक्षण कार्यक्रम, स्वास्थ्य शिविर तथा स्वास्थ्यसम्बन्धी सहयोग, रक्तदान कार्यक्रम, वातावरण संरक्षण तथा वृक्षरोपणका कार्यक्रमहरु गर्दै आएका छन् ।

अगाडिकाे पाेस्ट

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

सम्बन्धित अरु

समाचार

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

असोज ११, २०८३

रामधुनी खबर संवाददाता सुनसरी, असोज ११ । आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट थारु कोटातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि नवोदिता चौधरीले उम्मेदवारी घोषणा गर्नु भएको...

समाचार

थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

असोज १०, २०८३

सुनिल चौधरी झुम्का,असोज ११ । थारु भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषा समावेशको माग गर्दै थारु समुदायसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले प्रदेश सरकारलाई थप सशक्त रूपमा पहल गर्न अनुरोध गरेका छन्...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft