मिति : २०८३ असोज १७ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

by By: रामधुनी खबर
असोज १५, २०८३
263

रामधुनी खबर संवाददाता
इटहरी,असोज १५ । कोशी प्रदेशका युवा जनशक्तिलाई सीप तथा रोजगारीसँग जोड्ने उद्देश्यले इटहरीमा रोजगार मेला सुरु भएको छ । ‘सीप र रोजगारी साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा असोज १४ गते बुधबार देखि मेला सुरु भएको हो ।
संघीय युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा रोजगार मेलाको शुभारम्भ गरिएको थियो । मेलामा ६५ भन्दा बढी रोजगारदाता उद्योगी–व्यवसायीहरूको स्टल सहभागिता रहेको छ । विभिन्न उद्योग, प्रतिष्ठान तथा व्यवसायका स्टल राखिनुका साथै रोजगारी खोजिरहेका युवाहरूलाई रोजगारदाता सँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर प्रदान गरिएको छ ।

मेलाको पहिलो दिन ‘क्यारियर उडान’ शीर्षकमा सार्थक संवाद कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा रोजगारदाताले रोजगारीका लागि उम्मेदवार छनोट गर्दा ध्यान दिने विषय, आवश्यक सीप तथा रोजगार बजारका अपेक्षाल गायतका विषयमा सहभागीलाई जानकारी गराइएको छ ।
व्यावसायिक रोजगारदाता क्याबिनेट श्रेष्ठ र रितु सिंह वैद्यले शैक्षिक योग्यतासँगै सीपको आवश्यकता र महत्वबारे आफ्ना धारणा राखेका छन् । सहजकर्ता संजोग कोइरालाले सहजीकरण गरेको कार्यक्रममा रोजगारका लागि आवश्यक सीप, रोजगारदाताको अपेक्षा तथा छनोट प्रक्रियाका विषयमा सहभागीलाई जानकारी दिइएको हो ।
कार्यक्रमबाट सहभागी युवाहरूले रोजगारीका लागि आवश्यक योग्यता तथा सीपका बारेमा जानकारी प्राप्त गरेका छन् । विभिन्न रोजगारदाता उद्योगी–व्यवसायीका स्टलमा पुगेर आवेदन फाराम भरी रोजगारीका लागि आवेदन समेत दिएका छन् ।
यसैगरी, आफूले सिक्न चाहेको सीपसहित नाम, ठेगाना र मोबाइल नम्बर दर्ता गराउने व्यवस्था गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको वेबसाइट तथा क्यूआर कोडमार्फत समेत नाम दर्ता गर्ने प्रक्रिया सुरु गरिएको आयोजकले जनाएको छ । दर्ता भएका युवाहरूलाई उनीहरूको रुचि र आवश्यकता अनुसारको सीप विकास कार्यक्रममा सहभागी गराई रोजगारीसँग जोड्ने उद्देश्य रहेको जनाइएको छ ।

रामधुनी–९ का वडाध्यक्ष चौधरीद्वारा रोजगार मेलाको अवलोकन
कोशी प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहबाट आएका युवाहरू रोजगार मेलामा सहभागी भइरहेका बेला रामधुनी नगरपालिका–९ नं. का वडाध्यक्ष घनश्याम चौधरीले मेलाको अवलोकन गर्नु भएको छ । वडाध्यक्ष चौधरीले रोजगार मेला बेरोजगार युवाहरूका लागि महत्वपूर्ण अवसर भएको बताउँदै रामधुनी नगरवासीलाई मेलामा सहभागी भई उपलब्ध अवसरबाट लाभ लिन अनुरोध गर्नु भएको छ ।
उहाँले युवाहरूले लोकसेवा तथा अन्य रोजगारीका अवसरसँगै आफ्नै सिर्जनात्मक सीप र क्षमताको प्रयोग गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । सीप विकास र आत्मनिर्भरतालाई आगामी दिनको विकास तथा रोजगारीको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उहाँको भनाइ रहेको छ ।

रामधुनी रोजगार सेवा केन्द्रमा ४ सयभन्दा बढी रोजगार माग
रामधुनी रोजगार सेवा केन्द्रका प्रमुख खगेन्द्र सुब्बाले रोजगार मेला, यसबाट प्राप्त गर्न सकिने अवसर तथा सहभागी हुने प्रक्रियाबारे जानकारी दिनु भएको छ । उहाँका अनुसार रामधुनी रोजगार सेवा केन्द्रमा हालसम्म ४ सयभन्दा बढी रोजगारदाताबाट श्रमिकको माग आएको जानकारी दिनु हुँदै रोजगारीको खोजीमा रहेका नगरवासीलाई रामधुनी रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।
कोशी प्रदेशका युवाहरूलाई स्थानीय तथा स्वदेशी श्रम बजारसँग जोड्दै सीपअनुसारको रोजगारी उपलब्ध गराउने, उद्यमशीलताका लागि प्रोत्साहन गर्ने तथा रोजगारदाता र रोजगारी खोज्ने युवाबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । रोजगारीको खोजीमा रहेका तथा नयाँ सीप सिक्न चाहने युवाहरूलाई रोजगार मेलामा सहभागी भई उपलब्ध अवसरको उपयोग गर्न आयोजकले आग्रह गरेको छ ।
रोजगार मेलाले रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने तथा युवालाई आवश्यक सीप र रोजगारीका अवसरसँग जोड्ने अवसर प्रदान गरेको छ । रोजगार सेवा संगै रोजगार मेला असोज २० गते सम्म रहने आयोजकले जनाएको छ ।

अगाडिकाे पाेस्ट

लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

सम्बन्धित अरु

समाचार

लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

असोज १३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज १३ । सामाजिक सेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अन्तर्गत लायन्स क्लब डिस्ट्रीक्ट ३२५ सी का तीन क्लबका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूको संयुक्त पदस्थापन...

समाचार

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

असोज ११, २०८३

रामधुनी खबर संवाददाता सुनसरी, असोज ११ । आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट थारु कोटातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि नवोदिता चौधरीले उम्मेदवारी घोषणा गर्नु भएको...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft