मिति : २०८३ असोज २८ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

by By: रामधुनी खबर
असोज २७, २०८३
404

रामधुनी खबर संवाददाता
झुम्का, असोज २७ । श्री छठ माता सेवा समिति रामधुनीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनबाट समितिको अध्यक्षमा मिलन रौनियार सहित कार्य समितिका पदाधिकारीहरु सर्वसम्मत रूपमा चयन भएको हो ।
समाजसेवी तथा योगदान कर्ता व्यक्तित्व जितेन्द्र नायकको प्रमुख आतिथ्यता र संस्थापक अध्यक्ष हरीवंश साहको विशिष्ट आतिथ्यतामा समिति पुनरगठन गरेका छन् । छठ पर्वको प्रवद्र्धन तथा यसको धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै आएको समितिको पुनर गठित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा कमल कुमार साह, द्वितीय उपाध्यक्षमा श्यामकुमारी साह, महासचिवमा रिनादेवी सिंह, सचिवमा मिथलेश मल्लिक, सहसचिवमा अजय गुप्ता र कोषाध्यक्षमा शोभा देवी साह चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा दिनेश शर्मा, सुनिल साह, सुरज साह, अरविन्द शर्मा, आनन्द सोनी, सञ्जा कुमारी चौधरी, सन्तोष साह र ममता साह चयन भएका छन् । समितिको संरक्षकमा धर्मेन्द्र साह रहेका छन् भने सल्लाहकारमा हरिवंश साह, भोला प्रसाद रौनियार, राकेश सोनी, वीरेन्द्र प्रसाद साह र चन्द्रभूषण झा रहेका छन् ।
छठ पर्वको धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धनमा समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नयाँ कार्यसमितिले पनि छठ पर्वको मौलिकता संरक्षण गर्दै धार्मिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने अध्यक्ष रौनियारले जानकार दिएका छन् ।

अगाडिकाे पाेस्ट

स्वर्णिम बचत तथा ऋण सहकारी झुम्काको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

सम्बन्धित अरु

समाचार

स्वर्णिम बचत तथा ऋण सहकारी झुम्काको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

असोज २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २४ । स्वर्णिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामधुनी–५, झुम्काको १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ को आयव्यय...

समाचार

रामधुनी–४ मा १६० जना जेष्ठनागरिक, गरिब, दलितहरुलाई ब्ल्याङ्केट वितरण

असोज २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,असोज २२ । रामधुनी ४ नं. वडा कार्यालयले वडाका जेष्ठनागरिक, गरिब, दलितहरुमा मंगलवार ब्ल्याङ्केट वितरण गरेका छन् । जाडो मौसमको सुरुवात संगै चिसो मौसममा हुन सक्ने जोखिम...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft