रा.ख.सम्वाददाता

झुम्का, माघ ७ । बालबालिकाहरुमा बिद्यालय भर्नादर बृद्धि गर्ने, बालअधिकारमा शुसासन कायम गर्ने तथा बालबालिकाहरुको चौतर्फी बिकासकालागी रामधुनी नगरपालिकाले बालमैत्रि स्थानिय शासन उन्मुख नगर बनाउन अभियानमा जुटिरहेको छ । अभियान सफल बनाउन अनुगमन र निरिक्षणको पाटोमा तिब्रता दिदै बालमैत्रि स्थानिय शासनमा भएको समस्या र चुनौतीलाई सामाधान गर्न मुल्याङ्कन गरिरहेको छ ।
यसैक्रममा नगर उपप्रमुख सबिना चौधरीको नेतृत्वमा सोमवार रामधुनी ६ नं. वडाका सामुदायिक बिध्यालय अनुगमन गर्दा बिद्यालय स्तरमै बालमैत्री स्थानिय शासन सुचक बारेमा अनबिज्ञता रहेको देखिन्छ । बिध्यालयहरुमा ब्यवस्थापन समिति गठन नभएको तथापी गठन भएको बिध्यालयमा पनि ब्यवस्थापक समिति लगायत शिक्षक र बिध्यार्थिहरुमा बालमैत्री सुचक बारेमा जानकार नभएको पाएको छ । ब्यवस्थापक समितिको अध्यक्ष र शिक्षिकाहरुमा सुचकको बारेमा जानकारीनै नहुदा बिध्यार्थि र अभिभावकमा त झनै यस बिषयमा अन्यौलता रहेको देखिने भएको छ । बालमैत्रि स्थानिय शासनको बारेमा जानकारी हुन नसक्दा वडाकै बालमैत्रि योजनामा प्रभावित बनेको छ । यसको असरले बिपन्न परिवारका बिध्यार्थिहरु भर्ना नहुने, भर्ना भएको भए पनि बिचमै छाड्नेको संख्या बृद्धि भएको छ । यस्ले बिशेष दलित सदा समुदायका बालबालिकाहरु प्रभावित भएको देखिन्छ ।
अनुगमन समितिले वडाको ढेडीगाउँ स्थित श्री सरस्वती आधारभुत बिद्यालय, जमुवा स्थित श्री जन नि.मा.बिद्यालय, ईचौलको श्री पन्चायत मा.बि.,बक्लौरी बजार स्थित श्री आदर्श माबिमा अनुगमन गरेको थियो । अनुगमनमा देखिएका सुधार गर्नुपर्ने अवस्थाहरुको स्पोर्टमै छलफलगरी औपचारिक मान्युट गर्दै समस्या र चुनौतीलाई सामाधान गर्न बिद्यालयका ब्यवस्थापक समिति र शिक्षक शिक्षिकालाई प्रतिबद्धता गराएका छन् । चुनौती र समस्याको अनुगमनहुदा स्वच्छ खानेपानिको अभाव, कक्षा कोठा मर्मत सम्भार, सरसफाई, अपाङ्गता मैत्रि भवन निर्माण गर्नु पर्ने अनुगमन समितिको सुझाव रहेको छ । बिध्यालयमा बिध्यार्थि टिकाई राख्न आवश्यक ब्यवस्थापन, बिध्यालय भर्ना अभियान, अभिभावलाई सचेतना तथा अभिमुखिकरण, बालमैत्रि शौचालय निर्माण, बुक कुना स्थापना, अध्यन सिकाईमा उपलब्धि बढाउनु पर्ने सुझावहरु पत्रकार सहितको संयुक्त अनुगमन समितिले आवश्क ठहराएको छ । वडा अन्तर्गत ५ सामुदायिक र २ संस्थागत बिध्यालय छन् ।
अनुगमनको क्रममा बाल बचाउ, बाल संरक्षण, बाल बिकास, बाल सहभागीता र संस्थागत बिकासको पाच खुड्कीलाको ४१ सुचक अन्तर्गत जानकारी लिएको थियो । संयुक्त अनुगमन समितीमा उपप्रमुख सबिना चौधरी, शिक्षा शाखा अधिकृत राजन गेलाल, कार्यपालिका सदस्य टिका लक्ष्मी श्रेष्ठ, सर्मिला बिक.,लक्ष्मि चौधरी, वडाअध्यक्ष हेमनारायण धामी, योजना शाखा प्रमुख हर्षलाल चौधरी, बालबालिका महिला तथा जेष्ठनागरीक शाखा प्रमुख मोनाश्री आचार्य, अमन ढुंगेल, पत्रकार सुनिल चौधरी, शिशिर भट्टराई, बिराट टेलिभिजनका सम्वाददाता रहेको थियो ।


