मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ६ नं.वडामा बिद्यालय स्तरमै बालमैत्री स्थानिय शासनको सुचक बारेमा अनबिज्ञ

by By: रामधुनी खबर
माघ ७, २०७७
682

रा.ख.सम्वाददाता

झुम्का, माघ ७ । बालबालिकाहरुमा बिद्यालय भर्नादर बृद्धि गर्ने, बालअधिकारमा शुसासन कायम गर्ने तथा बालबालिकाहरुको चौतर्फी बिकासकालागी रामधुनी नगरपालिकाले बालमैत्रि स्थानिय शासन उन्मुख नगर बनाउन अभियानमा जुटिरहेको छ । अभियान सफल बनाउन अनुगमन र निरिक्षणको पाटोमा तिब्रता दिदै बालमैत्रि स्थानिय शासनमा भएको समस्या र चुनौतीलाई सामाधान गर्न मुल्याङ्कन गरिरहेको छ ।


यसैक्रममा नगर उपप्रमुख सबिना चौधरीको नेतृत्वमा सोमवार रामधुनी ६ नं. वडाका सामुदायिक बिध्यालय अनुगमन गर्दा बिद्यालय स्तरमै बालमैत्री स्थानिय शासन सुचक बारेमा अनबिज्ञता रहेको देखिन्छ । बिध्यालयहरुमा ब्यवस्थापन समिति गठन नभएको तथापी गठन भएको बिध्यालयमा पनि ब्यवस्थापक समिति लगायत शिक्षक र बिध्यार्थिहरुमा बालमैत्री सुचक बारेमा जानकार नभएको पाएको छ । ब्यवस्थापक समितिको अध्यक्ष र शिक्षिकाहरुमा सुचकको बारेमा जानकारीनै नहुदा बिध्यार्थि र अभिभावकमा त झनै यस बिषयमा अन्यौलता रहेको देखिने भएको छ । बालमैत्रि स्थानिय शासनको बारेमा जानकारी हुन नसक्दा वडाकै बालमैत्रि योजनामा प्रभावित बनेको छ । यसको असरले बिपन्न परिवारका बिध्यार्थिहरु भर्ना नहुने, भर्ना भएको भए पनि बिचमै छाड्नेको संख्या बृद्धि भएको छ । यस्ले बिशेष दलित सदा समुदायका बालबालिकाहरु प्रभावित भएको देखिन्छ ।


अनुगमन समितिले वडाको ढेडीगाउँ स्थित श्री सरस्वती आधारभुत बिद्यालय, जमुवा स्थित श्री जन नि.मा.बिद्यालय, ईचौलको श्री पन्चायत मा.बि.,बक्लौरी बजार स्थित श्री आदर्श माबिमा अनुगमन गरेको थियो । अनुगमनमा देखिएका सुधार गर्नुपर्ने अवस्थाहरुको स्पोर्टमै छलफलगरी औपचारिक मान्युट गर्दै समस्या र चुनौतीलाई सामाधान गर्न बिद्यालयका ब्यवस्थापक समिति र शिक्षक शिक्षिकालाई प्रतिबद्धता गराएका छन् । चुनौती र समस्याको अनुगमनहुदा स्वच्छ खानेपानिको अभाव, कक्षा कोठा मर्मत सम्भार, सरसफाई, अपाङ्गता मैत्रि भवन निर्माण गर्नु पर्ने अनुगमन समितिको सुझाव रहेको छ । बिध्यालयमा बिध्यार्थि टिकाई राख्न आवश्यक ब्यवस्थापन, बिध्यालय भर्ना अभियान, अभिभावलाई सचेतना तथा अभिमुखिकरण, बालमैत्रि शौचालय निर्माण, बुक कुना स्थापना, अध्यन सिकाईमा उपलब्धि बढाउनु पर्ने सुझावहरु पत्रकार सहितको संयुक्त अनुगमन समितिले आवश्क ठहराएको छ । वडा अन्तर्गत ५ सामुदायिक र २ संस्थागत बिध्यालय छन् ।


अनुगमनको क्रममा बाल बचाउ, बाल संरक्षण, बाल बिकास, बाल सहभागीता र संस्थागत बिकासको पाच खुड्कीलाको ४१ सुचक अन्तर्गत जानकारी लिएको थियो । संयुक्त अनुगमन समितीमा उपप्रमुख सबिना चौधरी, शिक्षा शाखा अधिकृत राजन गेलाल, कार्यपालिका सदस्य टिका लक्ष्मी श्रेष्ठ, सर्मिला बिक.,लक्ष्मि चौधरी, वडाअध्यक्ष हेमनारायण धामी, योजना शाखा प्रमुख हर्षलाल चौधरी, बालबालिका महिला तथा जेष्ठनागरीक शाखा प्रमुख मोनाश्री आचार्य, अमन ढुंगेल, पत्रकार सुनिल चौधरी, शिशिर भट्टराई, बिराट टेलिभिजनका सम्वाददाता रहेको थियो ।

अगाडिकाे पाेस्ट

बिपन्न परिवारका बिध्यार्थिहरुलाई न्यानो कपडा

अर्काे पाेस्ट

आर्थिक बिपन्नताले रामधुनी वडा नं. ६ सरोनाटोलका बालबालिकामा अशिक्षाको प्रभाव

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft