मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आर्थिक बिपन्नताले रामधुनी वडा नं. ६ सरोनाटोलका बालबालिकामा अशिक्षाको प्रभाव

by By: रामधुनी खबर
माघ ७, २०७७
1006

सुनिल चौधरी
झुम्का, माघ ७ । रामधुनी वडा नं. ६ ईचौल स्थित श्री पंचायत माध्यमिक बिध्यालय केन्द्रित भएपनि सरोनाटोल दलित बस्तिका बालबालिकाहरु अशिक्षाको प्रभावमा परेको छ । अभिभावकमा शिक्षा प्रतिको सचेतना अभाव र आर्थिक बिपन्नताले बिध्यालयमा भर्ना नहुने देखि लिएर बिचमै बिध्यालय छोड्ने गरेकोले बालबालिकाहरुमा अशिक्षाको प्रभाव बढेको हो ।
अभिभावकको आर्थिक असबलता
आर्थिक असबलताले छोराछोरीलाई बिध्यालय सम्म पठाउन नसकेको अभिभावकहरुको गुनासो रहेको छ । नगरउपप्रमुख सबिना चौधरीको नेतृत्वमा सोमवार अनुगमनगर्दा अभिभावकहरु पारिवारिक आवश्यक्ता पुरागर्न बिहान बेलुका दुइ छाककालागी जोखिमयुक्त शारीरिक परिश्रम गर्न बाध्यात्मक परिस्थिले छोरा छोरीलाई बिध्यलय सम्म पठाउन नसकेको उनीहरुको भनाई रहेको थियो । त्याहाका समुदाय इट्टाभटा घर निर्माणको कार्य साइडमा कामगरी जिविकोपार्जन गर्दै आएका छ्न ।
बालबालिकाहरु बिध्यालय छोड्न बाध्यात्मक अवस्था
सरोना दलित बस्ति टोलकी आशो सदाकी दुई छोरी छन् । जेठी ६ बर्षकी छन भने कान्छी छोरी ३ बर्षको दुवै छोरी बिध्यालय जाने अवस्था रहेको छ तर आर्थिक अभावका कारण बिध्यालयको लुगा किन्न नसकेर जान नसकेको बताइन् । चिसो बढेको छ बच्चालाई न्यानो कपडा छैन कसरी पठाउने जस्ता पिरमार्का पनि सुनाईन् । श्री पंचायत माध्यमिक बिध्यालयमा अध्यन गर्दै आएकी छात्रा बिध्यार्थिकको एक जना अभिभावकले भने मेरो छोरी बिध्यालय निरन्तर पढ्दै गरेकी थिईन् छोरीको उमेर १३ बर्ष भयो बिध्यालयमा पढ्न निशुल्क भए पनि लुगा किन्न नसकेर छोड्न बाध्य भएको पिर सुनाएकी छन् । दुवै अभिभावकको अवस्था मात्र हैनन् सो टोलका सबैको अवस्था उस्तै छन् र गुनासो पनि सोही अनुसारकै छन् ।
सारोकारवालाले बिध्यालय सम्म पुर्याउन गरेका प्रयास
त्याहा बिध्यालय समितिका पदाधिकारी, वडाअध्यक्ष तथा समिती, गैरसरकारी संस्था, ब्यक्ति, पार्टिका प्रतिनिधिहरु पुगेर प्रोतसाहन पनि गरिसकेका छन् । जुन दिन प्रोत्साहन गर्यो दुइचार दिन पठाउछन् पछि बिध्यलय पठाउन मानदैनन्न भनेर श्री पंचायत माध्यमिक बिध्यालयका प्रधानाध्यापक अनन्तराम चौधरीले जानकारी दिए । बार्षिक रुपमा बिध्यलय लुगा तथा चिसोमा न्यानो कपडा बितरण गरेका छौ, भएका समस्याहरु बिध्यालयले प्राथमिक्तामा राखेकै छ । आउदा दिनहरुमा अध्यनमा समस्या भए बिध्यालयले ब्यहोर्ने समेत प्रतिबद्ध रहेकै छौ तथापी पनि बालबालिकालाई बिध्यालय पठाउन नचाहेको अनुगमन समिति र समुदायमै गएर प्रत्यक्ष रुपमा प्रधानाध्यापक चौधरीले जानकारी दिए । यस्मा समुदायका अभिभावक शिक्षा प्रति सचेत हुन नसकेकोले पनि कारण रहेको उन्को भनाई रहेको छ ।
अवस्था सुधार कसरी हुन्छ
त्यसटोलका सचेत अभिभावक सेतिलाल सदा उदाहरण भएपनि त्याहाका अन्य परिवारले बुझ्न सकेको छैनन् । उन्ले छोराछोरीलाई शिक्षित गराई जागीर सम्म लगाएका छन् । तर छिमेकीहरु नबुझेर बालबालिकाहरुको भबिषय अन्धकार बनाउन लागेको उन्को भनाई रहेको छ । समिक्षा र अनुगमनले भन्नु पर्दा त्याहाका अभिभावकहरुलाई शिक्षाको महत्व बारेमा सचेतना गराउदै आर्थिक बिपन्ताको सवाललाई पनि सम्बोध गर्दै लग्नु पर्ने देखिएको उपस्थित अनुगमन समिति र अधिकार कर्मिहरुले बताए । अनुगान समिति,उपप्रमुख सबिना चौधरी, शिक्षा अधिकृत राजन गेलाल, योजना प्रमुख हर्षलाल चौधरी, बालबालिका शाखा मोना श्री आचार्य, बिध्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, बालअधिकार कर्मि, पत्रकार, कार्यपालिका सदसयहरुले प्रत्यक्ष समुदायमै गएर जानकारी लिएर शिक्षाकालागी सचेतना पनि गरेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी ६ नं.वडामा बिद्यालय स्तरमै बालमैत्री स्थानिय शासनको सुचक बारेमा अनबिज्ञ

अर्काे पाेस्ट

बालमैत्रि स्थानीय शासनमा जोड दिदै रामधुनी ६ नं. वडा कार्यालय

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft