रा.ख. सम्वाददाता
झुम्का । जन्म दिनको अवसरमा रामधुनी नगरपालिका वडा नं. १ वडा अधयक्ष तथा युवा नेता महेश चौधरीले शिक्षा प्रोत्साहनकालागी मंगलवार बालबालिकाहरुमा शैक्षिक सामाग्री बितरण गरेर उदाहरणीय काम गरेको छ । वडाअध्यक्ष चौधरीले आफनो ३५ औ जन्मदिनको अवसरमा १ सय ४७ जना बालबालिका बिध्यार्थिहरुलाई कपी, कलम र पेन्सिल बितरण गरेको हो ।

सैनिमैनी मोहनपुर टोल स्थित दलित बिध्यार्थि बाहुल्य रहेको श्री सरस्वती आधारभुत बिध्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेका हुन । शैक्षिक सामाग्री बितरणले बिध्यालयका सम्पुाणर््ा बिध्यार्थि बालबालिकाको अनुहार खुशि र हर्सित देखिन्थ्यो । खुशिले उनीहरु वडाअध्यक्ष चौधरीलाई जन्मदिनको शुभकामना सहित लक्ष्यमा सफलताको कामना गरे ।
बिध्यालयमा १ सय ३० जना दलित बिध्यार्थि अध्ययनरत छन् । बिध्यालयका शिक्षक शिक्षिकाले जन्म दिनको अवसरमा बधाई र शुभकामना ब्यक्त गरेका छन् । बिध्यालयका प्रधानाध्यापक सिताराम चौधरीले बिपन्न बिध्यार्थिहरुमा सहयोग तथा बिध्यालय आउने निरन्तरता र पढाईको बिधामा अभ्यासकाकालागी सहयोग पुग्ने भएकोले वडाअध्यक्षले ब्यक्तिगत रुपमा सराहनिय कार्य गरेको बताए । यस प्रकारका धारणाले सहयोगको भावना बिकास भई समान्ताको पक्षमा भुमिका खेल्ने प्राधानाध्यापक चौधरीले बताए ।
सामाजिक कार्य गर्दा आफुलाइ खुशि लाग्ने बताउदै वडा अध्यक्ष चौधरीले घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले अरुलाइ सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको रामधुनी खबर साप्ताहिक पत्रिकालाई बताए । उनले भने , बिध्यार्थि बालबालिकाहरुमा बिध्यालय प्रति आकर्षित बढोस भन्ने उधेश्यले पनि आफ्नो जन्मदिन शैक्षिक सामाग्री बितरणगरी मनाएको र आगामि दिनमा पनि मनाउछु’ भन्दै आफनो धारणा ब्यक्त गरेका छन् । यस भन्दा पहिले गत बर्षमा पनि जन्म दिनकै अवसरमा शैक्षिक सामाग्री सुरक्षितकालागी बिध्यार्थिहरुलाई झोला बितरण गरेको थियो ।


