मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 28.27°C(broken clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीको १८ बर्षीय विश्वकर्माको अन्तरजातिय प्रेम विवाहको कारण बन्यो आत्महत्या

by By: रामधुनी खबर
माघ १७, २०७७
1462

अमर बराईली
झुम्का, माघ १७ । समाजमा दिनानु दिन दलित युवाहरु मारिने क्रम बढीरहेको छ ,अन्तरजातिय विवाहकै कारण कोही दलित युवा लखेटी लखेटी मारिएका छन् भने कोही दलित युवा समाजमाबाट तिरस्कार र दुरुत्साहित भएर मारिएका छन् ,त्यसको स्थान र समय ,परिवेश फरक होला तर त्यही दलित युवा अन्तरजातिय विवाहकै कारण मारिनु र चर्को मानसिक दवावका कारण आत्महत्या सम्मको अवस्थामा पुगेको घट्नाले चिन्तित बनाएको छ । यो अब केही गरी रोकिने भएन यो गभ्भीर चिन्ताको बिषय बन्न पुगेको छ । यसका प्रति न गैरदलित समाज चिन्तित हुन्छ नत सरकारले नै छुवाछुत र विभेदको कडा दण्ड र सजायको भागिदार बनाउने कानुन निर्माण र कार्यन्वयन गर्न सकेको छ ।
गत २०७७ माघ १० गते सुनसरी रामधुनी नगरपालिका वडा नं ४ पिडारी ,पत्थरकटा टोलमा यस्तै प्रकृतिको घट्ना घटेको छ । १८ बर्षीय दलित युवा अर्जुन विश्वकर्माले सोही स्थानकी दिपिका भुजेल बिच विगत १ बर्षदेखि एक अर्काबिच प्रेम सम्बन्ध रहिआएको त्यस सम्बन्धलाई गत २०७७ माघ ७ राजी खुशीका साथ प्रेम विवाह गरे ,तर सो विवाह कानुनी रुपले केटा र केटीको उमेर नपुगेका कारण स्थानिय लालपुर प्रहरी चौकी सम्म पुग्यो र त्यस क्षेत्रका स्थानिय समाजसेवी ,वडा अध्यक्ष र राजनैतिक दल लगायत केटा र केटी पक्षका आफन्तहरु भेला भए तर केटा र केटीले विवाह गरे पनि त्यस विवाहले कानुनी रुप नपाउने भएका कारण प्रहरीले केटा र केटीलाई अभिभावकको जिम्मा लगाईयो । केटा र केटी आ आफनो अभिभावकका साथ घर आए । तर केटालाई असह्य भयो ,कलिलो उमेर ,अपरिपक्क युवा अवस्थाले पचाउन पनि किन सक्थ्यो होला ,सोही दिन घर आएर उनी आफनो मामाको घर गए ,मामा घर छेउ केटीको घर भएका कारण केटी लगायत केटीका आफन्त लगायत छरछिमेकले केटालाई अन्तरजातिय विवाह गरेकै कारण उनलाई तथानाम गाली गरियो ।
केटाकी आमा कुमारी विश्वकर्माका अनुसार ,सोही दिन बेलुकी त्यस भेगमा बसोबास गर्ने अन्तरजातिय विवाह स्वीकार गर्न नसक्ने गैरदलितहरुले समेत आलो घाँउमा नुनचुक थपे झै ,पश्यिम रुकुमको जस्तै घट्ना दोहोराउने भनि हामी सबैलाई तथानाम गाली गरियो ,छोरोले त्यस कुरालाई सहन नसकेर एक्काशी घरमा रुदै आएर ,कोठा भित्रबाट चुकुल लगाएर डोरीले पासो लगाएछ ,म केही छिनमा आएर छोरालाई बोलाउन थाले ,चिच्चाए कराए तर त्यो ढोका खोल्न सकिन् हार गुहार गरे कोही पनि नभएको कारण छोरालाई बचाउन सकिन ,आत्महत्या गरेर आँखा अगाडी प्राण त्याग गर्यो । त्यसको कारण नै बन्यो अन्तरजातिय विवाह ,यो घट्नामा न मिडियामा नै आयो न कसैले जानकारी नै गराए ,दुर्गम भनु भने त्यतिको विकसित स्थानलाई दुर्गम पनि भन्न सकिदैन तर घट्ना बाहिर आउन सकेन ,हामीले दलित संघ सस्थाको खोजी गर्यौ ,।
त्यस घट्ना घटिसकेपछि ,आत्महत्या गराउन बाध्य गराउने त्यस समाजका केही व्याक्तिहरु डर त्रासका कारण कोही पनि अन्तिम दाहसंस्कारमा समेत नआएको पारिवारिक श्रोतले बताएको छ । कलिलो छोरालाई गुमाउनु पर्दा आज हाम्रो परिवार नै बिक्षप्त बनेको र जस जसले छोरालाई आत्महत्या गर्नु पर्ने अवस्था बनाए उनीहरुलाई खोजी खोजी कारबाहीको भागीदार बनाउनु पर्ने बताउछिन् ।
उक्त घट्नाको बारेमा जानकारी भएका कारण दलित अधिकारकर्मीहरुको टोलाी ,डिबि शाह शंकर ,अमर बराईली ,पार्वती बराईली ,रामधुनी झुम्काका स्थानिय दलित अधिकारकर्मीहरु सहित स्थानिय पत्रकारहरु सहित २०७७ माघ १५ गते घट्ना स्थलको अनुगमनमा ,पिडीतहरु समक्ष पुगी ,घट्नाको बारेमा विस्तृत अध्ययन गरी ,सुनसरीको झुम्कामा बैठक बसी घट्नाको बारेमा बिस्तृत छलफल भयो र घट्नाको मुख्या कारण भनेको नै अन्तरजातिय विवाह भएको र उक्त विवाहकै कारण आत्महत्या गर्न बाध्य बनाईएको ठहर गरेको छ , घट्ना घटाउन बाध्य बनाउने ,ज्यान मार्न दुरुत्साहन गराउने उपर सख्त कारबाही गर्न र पिडकहरुलाई हदै सम्म कानुनी प्रक्रियाको बाटो अगाडी बढाउने निर्णय भाएको छ । मृतक परिवारको १३ औ दिन पछि कानुन व्यावसायीहरु सँग समन्वय गरी मुद्याको प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरिएको छ ।
भर्खरै पश्यिम रुकुममा घटिएको नवराज विक सहित ६ जनाको हत्या भयो ,सो पछि पनि धेरै यस्ता प्रकृतिका घटना जिल्ला जिल्लामा घटिरहको अवस्था छ ,यो संख्या दिनानु दिन बृद्धि भईरहेको छ । अब यी यस्ता घट्नाहरुमा विशेष गरेर जसको सवाल उसको आवाज भने झै ,दलित संघ सस्था र सरोकारवाला निकायहरु निरन्तर आन्दोलन गनुपर्ने चुनौतीहरु थपिएका छन् । नवराज मारिन्छन् ,केही दिन आन्दोलन हुन्छ ,अन्य जिल्लामा फेरी मारिन्छन चासो मात्र हुन्छ ,यही हो भने अब अन्तरजातिय विवाह गर्ने हाम्रा दलित युवाहरु कोही पनि बाच्दैनन् हजारौ नवराज मारिन्छ ,हजारौ अर्जुन मारिन्छन ,तर तपाई हामी चुप लगेर बस्यौ भने हामीले टुलुटुल हेर्नू शिवाय केहै हुने वला छैन् , हाम्रा ७०० हजार दलित संघ सस्थाहरु कानमा तेल हालेर नबसौ खबरदारी गरौ आ आफनो तह र तप्काबाट आन्दोलिन होऊ ,अन्तरजातिय विवाह गर्ने दलित युवाहरु मारिने क्रमलाई रोकौ समाजमा रहेको जातिय छुवाछुत विभेद अन्त्य गर्नका लागि सरकारलाई आन्दोलनबाटै घुडा टेकाऊ अनि मात्र यी यस्ता घट्नाहरुको अन्त्य होला ।

अगाडिकाे पाेस्ट

नेपाल अण्डा उत्पादक संघ केन्द्रियको इटहरीमा १६ औ साधारण सभा सम्पन्न

अर्काे पाेस्ट

बिपत ब्यवस्थापन अन्तर्गत रामधुनी ३ नं. वडाबाट बिपन्न बिद्यार्थी बालबालिकालाई स्वेटर बितरण

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft