सुनिल चौधरी
झुम्का,माघ २४ । रामधुनी १ नंं. वडा स्तरीय महिला बिकास समितिले वडाका महिलाहरुमा उद्यमी प्रोत्साहनकालागी सिप बिकास तालिमको आयोजना गरेको छ । महिलाहरुमा घरमै बसेर पनि आर्थिक उपार्जन गर्न सकिने उधेश्यले “बुटिकले भरिएको मखमलको जुत्ताचप्पल बनाउने” तालिम सम्पन्न गरेको हो ।
रामधुनी वडा नं. १ वडाकार्यालयको सहयोगमा महिला बिकास समितिले महिला सिप बिकास अन्तर्गत ७ दिने तालिम संचालन गरेको छ । तालिम आयोजनाबाट सिप बिकास उपलब्धिले व्यवसाय संचालन गर्न थप प्रोत्साहन प्राप्त भएको सहभागीहरुले बताएका छन् । झुम्का बजारमा सिलाई कटाई व्यवसाय सुरु गरेकी चन्द्रकला चौधरीले बुटिकले भरिएको मखमलको जुत्ताचप्पल बनाउने तालिमले पसलमा नयाँ बस्तु राख्न् र यसबाट थप आय लिन सकिनेमा प्रोत्साहन प्राप्त भएको बताईन । यसैगरी भादगाउँ नयाँ टोलकी नितु चौधरी तालिममा सहभागी हुन पाउदा खुसि ब्यक्त गरिन । घरमा गृहणी भएर त्यतिकै बस्दै आएकी थिए, यो तालिमबाट घरमै बसेर पनि आर्यआर्जन गर्न सकिने पाटोमा जानकारी लिन पाउदा तालिमबाट उपलब्धि पाएको उन्को भनाई रहेको छ ।
महिला उद्यमी प्रोत्साहनकालागी वडा अध्यक्ष महेश चौधरीको प्रमुख आतिथ्यतामा माघ १६ गते उद्धघाटनगरी माघ २३ गते समापन गरिएको छ । समापनमा सहभागी सम्पुर्णलाई कार्य सफलताको शुभकामना दिदै प्रमाण पत्र बितरण गरिएको आयोजकले बताए । सिप सिकेर आत्मनिर्भरताकालागी प्रेरित गर्न महिला बिकास समितिले यस भन्द पहिले क्षमता अभिबृद्धि, लैंगिक भेदभाव बिरुद्ध सचेतना अभियान तालिम संचालन गरिसकेको समितिकी अध्यक्ष आशा चौधरीले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिइन । समितिकी अध्यक्ष चौधरीको सभापतित्वमा बुटिकले भरिएको मखमलको जुत्ताचप्पल बनाउने तालिम सात दिन हाम्रो सिप प्रशिक्षण केन्द्र इटहरीकी डम्बर कुमारी श्रृेष्ठले सहजीकरण गरेकी थिइन भने तालिममा वडाका ३५ जना महिलाहरुको सहभागीता रहेको थियो ।




