रा.ख.सम्वाददाता
झुम्का,फागुन २० । रामधुनी नगरमा कोभिशिल्ड खोप फागुन २३,२४ र २५ गते नगरका सबै स्वास्थ्य केन्द्रमा लगाइने भएको छ । दोस्रो चरणको खोप अभियान अन्तर्गत रामधुनी वडा नं. १ को स्वास्थ्य चौकी झुम्का, ८ नं. वडाको डुम्राहा, सिंगिया र बक्लौरी स्वास्थ्य चौकीमा कोभिड–१९ बिरुद्धको खोप संचालनहुने छन् ।
दोस्रो चरणको खोप जेष्ठनागरिक, शिक्षक, बिध्यालयका कर्मचारी, औषधि पसल र ल्याबका कर्मचारी, सार्वजानिक यातायातका चालक तथा खलासीलाई लगाईने रामधुनी स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिए । रामधुनीका करिब ७ हजार ४ सय ७३ जनालाई लक्षित गरिएको छ । बिशेष दिर्घ रोगीहरु खोप लगाउनु पर्ने बिहिवार भएको पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रममा जानकारी दिएको हो ।
कोभिड महामारीलाई न्युनिकरण गर्न खोप अभियान संचालन भएकोले लक्षित बर्गकाले लगाउनु पर्ने नगरप्रमुख जयप्रकास चौधरीले बताउनु भयो । प्रयोग बिधि भने मात्रा ०.५ मि.लि लिइने गरेको छ । जस्मा २ पटक दिईने स्वास्थ्य कर्मि पौडेलले बताए । खोप लगाउदा सामान्य असरहरु देखा परे पनि ठुलै समस्या निमत्याउने भनेर अफवाह मात्र रहेकोले बिशेष दिर्घरोगीहरुले लिनु पर्ने स्वास्थ्य कर्मि पौडेलले जानकारी दिएको हो ।
