मिति : २०८२ चैत्र १ गते (आइतबार)
मौसम : 30.38°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नगर महिला समिति रामधुनीको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम

by By: रामधुनी खबर
फागुन २४, २०७७
1442

चन्द्रकला चौधरी
झुम्का, फागुण २४ । महिला अधिकारका सवालमा एक गोलबद्धताहुन सचेतना दिदै नगर महिला समिति रामधुनीको आयोजनामा सोमवार १११ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम मनाएको छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिदै कार्यक्रम मनाएको हो ।
मार्च ८ मा मनाउने श्रमिक महिला दिवस नगर समितिबाट ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवसको सार्थकता दिएको छ । कार्यक्रममा संबिधान सभा सदस्य अनिता परियारको प्रमुख आतिथ्यता तथा उहाँले महिला अधिकारको बिषयमा प्रशिक्षण समेत दिनु भयोे । प्रशिक्षण दिदै संबिधानबाट अंश र वंसको अधिकारका साथै मौलिकह, सामाजिक सुरक्षा, आरक्षणको व्यवस्था भएको जानकारी दिनुभयो । हाल सम्म संबिधान सभा सदस्य देखि लिएर संघिय संसदगरी १४ हजार ३ सय ५२ जना नेतृत्वतहमा रहेको बताउनु भयो । यस उपलब्धिलाई अझै बढाउनु पर्नेमा सबैको जोड हुनु पर्नेमा उठान गर्नु भयो । संबिधानमा अधिकार सुरक्षित रहेपनि महिलाहरुमा सामाजिक स्वतन्त्रता नरहेको बताउनु भयो । महिला माथि हिंसा, बलात्कार, हत्या भैरहेकोले महिला अधिकारकालागी महिलाहरु एकबद्धहुन आवश्यक रहेको संबिधान सभा सदस्य अनिता परियारले सुझाव ब्यक्त गर्नु भएको हो ।
अधिकार मुखि महिला दिवस कार्यक्रममा नगरप्रमुख जयप्रकाश चौधरी, उपप्रमुख सबिना चौधरीले महिला बिकास तथा शसक्तिकरणकालागी नगरपालिका बिबिध योजना कार्यान्वयगर्दै आएको बताउनु भयो । यसकालागी आर्थिक उपार्जन, सिप बिकास, सचेतनाकालागी कार्यक्रमहरु आयोजना भैरहेको जानकारी दिनु भयो । यसैगरी वडा अध्यक्ष रुद्र बस्नेत, कार्यपालिका सदस्य टिकालक्ष्मि श्रेष्ठ, लक्ष्मि चौधरी, सर्मिला बिक, थारु महिला उत्थान समाजकी उपाध्यक्ष तथा वडा स्तरीय महिला समिति रामधुनी १ अध्यक्ष आशा चौधरी, बिपलब अधिकारी लगायतका अधिकारकर्मिहरुले महिला अधिकार सुनिश्चिता तथा सम्मान ब्यवहार बिना देश समृद्ध हुन नसक्नेमा जोड दिनु भयो ।
नगर .महिला समितिको अध्यक्ष डायन्द्रा ढुंगानाको सभापतित्वमा भएको कार्यक्रमा उपस्थित अतिथी सम्पुर्णमा स्वागत गर्दै नगर महिला समितिकी उपाध्यक्ष सिता थरुनीले संबिधान र ऐन कानुनमा संरक्षित महिला अधिकार ब्यवहारमा पनि कार्यान्व्यन हुनुपर्नेमा जोड दिइन् । अधिकार ब्यवहारमा कार्यान्व्यन हुन सके महिला नेतृत्वमा उलेख्य बृद्धिहुने उठान गरीन । रामधुनी नगरमा महिलाको नेतृत्वमा बृद्धि भए हरेक क्षेत्रमा सुशासन कायम हुने समितिकी उपाध्यक्ष सिता थरुनीले आफनो धारणा ब्यक्त गरिन ।
नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ । सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ । कार्यक्रम रामधुनी वडा नं. १ स्थित घोङ्गही बयिया थारु भिलेजको सभाहलमा भएको आयोजकले बताए ।
अन्तर्राष्ट्रिय महिला दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ । क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेकोले पनि यसलाई श्रमिक महिलाको दिवसका रुपमा लिनु पर्ने तर्क अभियन्ताहरुको छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो ।

अगाडिकाे पाेस्ट

“देश र जनतालाई लुटने तरिका बदलिन्छ,अवस्था हैन” कबिता

अर्काे पाेस्ट

संगीत प्रेमीहरुकालागी थारु भाषाको सदाबहार गीत ‘यी सोह्रबरस हमरा बनिहा लागै छै’,......सार्वजानिक

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft