रा.ख.सम्वाददाता
झुम्का, फागुन २६ । गीत संगीत प्रेमीहरुकालागी पुर्वको झुम्काबाट बुधवार ‘यी सोह्रबरस हमरा बनिहा लागै छै’,……थारु भाषाको बोलको गीत सार्वजानिक गरेको छ । संगीत कर्मी स्वर्गिय कुलदिप नारायण चौधरीको समझनामा नयाँ प्रबिधिहरु प्रयोग गर्दै युवा पिढीमा रमाउने सदाबहार गीत निर्माणगरी पत्रकार भेटघाट मार्फत सार्वजानिक गरेको हो ।
नबिन चौधरीको पहिलो प्रस्तुतीको गीत स्वर्गीय ‘कुलदिप नारायण चौधरी’को युट्युब पेज बनाई सो पेज मार्फत सार्वजानिक गरेको छ । युट्युबमा कुलदिप नारायण चौधरीको पेजबाट हेर्न सक्नुहुने छ । गीतको लय, स्वर, छायांकन, शब्द अनुसारको अभिनय स्तरीय रहेको छ । स्तरीय लय अनुसारले गीत कहिलै पुरानो नहुनेगरी सदाबहार प्रदान हुने बिश्वास लिएको छ । पुर्वका अनुभवि संगीत कर्मीहरुको मेहनतले निर्माण गरेको गीत मानिन्छ । स्तरीय प्रदान गर्न सबै पक्षबाट दृष्टिगत गर्ने प्रयास गरेको छ । गीतको शब्दमा जिवन साथीको कल्पनामा रमाएर बेहुली बन्ने रहर, मनचञ्चल हुने रोमान्टिक शब्दहरु चयन गरिएको छ । पुरानो रित अनुसारले अभिनय भएपनि नयाँ पुस्ताका संगीत पारखीहरुलाई मनोरञ्जन दिने पक्का छ ।
थारु भाषाको शब्द चयनगरी लय प्रदान गर्न शब्दकार नन्द चौधरीले सहयोग गरेको छ । शब्दमा संगीत दिई सदाबहार प्रदान गर्न संगीतकार प्रवलदिप बिश्वासले संगीत भरेको छ । आफनो सुमधुर स्वर दिई संगीत प्रेमीहरुको मन चञ्चल बनाउन गायिका अनुमा चौधरी र निकितम मण्डलको भुमिका रहेको छ । गीतको दृश्य छायांकनले झनै मनमोहक बनाउने छायांकन श्रवण कुमार चौधरीले गरेका छन् । छायांकन कर्ता चौधरी थारु भाषा, कला संरक्षण गर्दै संगीत क्षेत्रमा एक दशक भन्दाबढी योगदान दिइ सकेका छन् ।
गीत सुनमा सुगन्ध बनाउने कलाकार क्षेत्रमा उदाउदै गरेकी एण्डिसा चौधरी प्रमुख अभिनयमा रहेकी छन् । चौधरी गीत अनुसारले भावनात्म अभिनय गर्दा समग्रमा गीत निर्माणमा लयप्रदान भएको छ । एक दर्जन भन्दा बढी गीतमा उनी काम गरिसकेकी छन् । यस गीतमा प्रमुख भुमिकामा देखिएकी चौधरी आमा जानकी चौधरीको बिशेष प्रेरणाले कलाकार क्षेत्रमा आएकी बताइन । कलाकारीता क्षेत्रमा राष्ट्रिय स्तरको तह कायमगरी थारुको पहिचान संरक्षणमा जुट्ने समेत धारणा ब्यक्त गरेकी छन । गीतको कोरियोग्राफी तथा निर्दैशन रजनिस चौधरीले गरेको छ । गीत सम्पादन नबिन चौधरीको रहेको छ भने श्रृगारमा सुमिता चौधरीले सहयोग गरेकी छन् । गीत निर्माणकर्ताहरु अब आउने होली केन्द्रित संगीत एक हप्तामा निर्माण गर्ने समेत जानकारी दिएको छ । सार्वजानिक भएको गीतमा सिर्जनात्मक सुझाव र सल्लाह दिन निर्माण कर्ताहरुले पत्रकार भेटघाट मार्फत अनुरोध समेत गरेको छ ।

