मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

संगीत प्रेमीहरुकालागी थारु भाषाको सदाबहार गीत ‘यी सोह्रबरस हमरा बनिहा लागै छै’,......सार्वजानिक

by By: रामधुनी खबर
फागुन २६, २०७७
1181

रा.ख.सम्वाददाता
झुम्का, फागुन २६ । गीत संगीत प्रेमीहरुकालागी पुर्वको झुम्काबाट बुधवार ‘यी सोह्रबरस हमरा बनिहा लागै छै’,……थारु भाषाको बोलको गीत सार्वजानिक गरेको छ । संगीत कर्मी स्वर्गिय कुलदिप नारायण चौधरीको समझनामा नयाँ प्रबिधिहरु प्रयोग गर्दै युवा पिढीमा रमाउने सदाबहार गीत निर्माणगरी पत्रकार भेटघाट मार्फत सार्वजानिक गरेको हो ।
नबिन चौधरीको पहिलो प्रस्तुतीको गीत स्वर्गीय ‘कुलदिप नारायण चौधरी’को युट्युब पेज बनाई सो पेज मार्फत सार्वजानिक गरेको छ । युट्युबमा कुलदिप नारायण चौधरीको पेजबाट हेर्न सक्नुहुने छ । गीतको लय, स्वर, छायांकन, शब्द अनुसारको अभिनय स्तरीय रहेको छ । स्तरीय लय अनुसारले गीत कहिलै पुरानो नहुनेगरी सदाबहार प्रदान हुने बिश्वास लिएको छ । पुर्वका अनुभवि संगीत कर्मीहरुको मेहनतले निर्माण गरेको गीत मानिन्छ । स्तरीय प्रदान गर्न सबै पक्षबाट दृष्टिगत गर्ने प्रयास गरेको छ । गीतको शब्दमा जिवन साथीको कल्पनामा रमाएर बेहुली बन्ने रहर, मनचञ्चल हुने रोमान्टिक शब्दहरु चयन गरिएको छ । पुरानो रित अनुसारले अभिनय भएपनि नयाँ पुस्ताका संगीत पारखीहरुलाई मनोरञ्जन दिने पक्का छ ।
थारु भाषाको शब्द चयनगरी लय प्रदान गर्न शब्दकार नन्द चौधरीले सहयोग गरेको छ । शब्दमा संगीत दिई सदाबहार प्रदान गर्न संगीतकार प्रवलदिप बिश्वासले संगीत भरेको छ । आफनो सुमधुर स्वर दिई संगीत प्रेमीहरुको मन चञ्चल बनाउन गायिका अनुमा चौधरी र निकितम मण्डलको भुमिका रहेको छ । गीतको दृश्य छायांकनले झनै मनमोहक बनाउने छायांकन श्रवण कुमार चौधरीले गरेका छन् । छायांकन कर्ता चौधरी थारु भाषा, कला संरक्षण गर्दै संगीत क्षेत्रमा एक दशक भन्दाबढी योगदान दिइ सकेका छन् ।
गीत सुनमा सुगन्ध बनाउने कलाकार क्षेत्रमा उदाउदै गरेकी एण्डिसा चौधरी प्रमुख अभिनयमा रहेकी छन् । चौधरी गीत अनुसारले भावनात्म अभिनय गर्दा समग्रमा गीत निर्माणमा लयप्रदान भएको छ । एक दर्जन भन्दा बढी गीतमा उनी काम गरिसकेकी छन् । यस गीतमा प्रमुख भुमिकामा देखिएकी चौधरी आमा जानकी चौधरीको बिशेष प्रेरणाले कलाकार क्षेत्रमा आएकी बताइन । कलाकारीता क्षेत्रमा राष्ट्रिय स्तरको तह कायमगरी थारुको पहिचान संरक्षणमा जुट्ने समेत धारणा ब्यक्त गरेकी छन । गीतको कोरियोग्राफी तथा निर्दैशन रजनिस चौधरीले गरेको छ । गीत सम्पादन नबिन चौधरीको रहेको छ भने श्रृगारमा सुमिता चौधरीले सहयोग गरेकी छन् । गीत निर्माणकर्ताहरु अब आउने होली केन्द्रित संगीत एक हप्तामा निर्माण गर्ने समेत जानकारी दिएको छ । सार्वजानिक भएको गीतमा सिर्जनात्मक सुझाव र सल्लाह दिन निर्माण कर्ताहरुले पत्रकार भेटघाट मार्फत अनुरोध समेत गरेको छ ।

अगाडिकाे पाेस्ट

नगर महिला समिति रामधुनीको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम

अर्काे पाेस्ट

थारु महिला उत्थान समाजको आयोजनामा आउदो मंगलवार झुम्कामा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft