मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

संगठित हुने उधेश्यप्रति जोड दिदै मधेशी मिथिला एकता समाज रामधुनीको होली मिलन कार्यक्रम

by By: रामधुनी खबर
चैत्र १५, २०७७
960

रा.ख.सम्वाददाता
झुम्का, चैत्र १५ । मधेशी मिथिला एकता समाज रामधुनी नगरकार्य समितिले आइतवार पिछडा वर्गको सामुदायिक भवनमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । मधेशी मिथिला समुदाय संगठितभई आर्थिक, ब्यापारिक, राजनैतिक, नेतृत्वमा बृद्धि लगायत सामाजिक कार्यमा एकबद्ध हुनुपर्ने जोड दिदै होली मिलन कार्यक्र्रम गरेको हो ।
होलीको अवसरमा नगरका सम्पुर्ण मधेशी मिथिला समाज एक ठाउँ भेलाहुदै परिचय तथा चिनजानबाट सदभाव कायम हुने उधेश्यले २०७७ सालको होली मिलन कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष भोला रौनियारले जानकारी दिए । शिक्षक तथा बुद्धिजिवी, समाजसेवी जितेन्द्र नायकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा आपसमा अबिर लगाई शुभकामना आदान प्रदान गरेका छन् । कार्यक्रको औपचारितामा बोल्दै बक्ताहरुले रामधुनीमा मतदाता र करदाता रहेर मात्र बस्न नहुने भन्दै जनसंख्याको आधारमा अधिकार र नेतृत्व पनि लिनुपर्नेमा पछाडी नहट्न सुझाव दिए । समुदायमा रहेको बिकृति संस्कारहरु बिरुद्ध पनि एकता समाज लाग्नु पर्नेमा जोड दिए । भोदभाव, सानै उमेरमा विहेवारी, दहेज प्रथा समुदायमा अझै बिधमान रहेकोले बिकृति बिरुद्ध दुरुतसाहित गर्नमा पनि एकता समाजको भुमिका हुनु पर्ने अतिथीहरुले उठान गरका छन् ।
समुदायका अग्रज ब्यक्ति श्यामदेव साहको सभापतित्वमा होलि मिलन कार्यक्रममा जागेश्वर साह, भोला रौनियार, धमेन्द्र साह, रामकरण खड्गा, वडा सदस्य सुरेश साह, सुरेशलाल ठाकुर,बद्री माझी, श्यामकुमारी साहले बोल्दै राजनैति क्षेत्र सहित सामाजिक रुपले नेतृत्वतहमा पुग्न जोड दिनुपर्ने बताए । कार्यक्रममा उपस्थित सबैमा शब्दसुमनले स्वागत मनतव्य राजु साहले गरे भने कार्यक्रमको उद्धघोषण मिलन रौनियारले गरेका थिए ।

अगाडिकाे पाेस्ट

किशोर किशोरीहरुमा प्रजनन् स्वास्थ्य अधिकारबारे पैरवी तथा क्षमता अभिबृद्धि गराउदै युथ क्रिएशन सुनसरी

अर्काे पाेस्ट

खेलकुद र पर्यटन बिकासकालागी रामधुनीमा प्रदेश स्तरीय दोस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft