रा.ख.सम्वाददाता
झुम्का, चैत्र २७ । खेलकुद बिकास तथा पहिचान र पर्यटन प्रवद्र्धनकालागी रामधुनीमा १ नं. प्रदेश स्तरीय दोस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुक्रवारबाट सुरु भएको छ । नगरप्रमुख जयप्रकाश चौधरीले उद्धघाटन गर्दै रामधुनी वडा नं. ३ पिप्राहा कबर्डहल स्थित ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
खेलकुदबाट राष्ट्रियता, स्वास्थ्य र एकताको शन्देश दिदै प्रतियोगिताको आयोजना गरेको छ । खेलकुदको ब्यानरमा प्रदेशका बिभिन्न प्रसिद्ध धार्मिक र पर्यटकीय क्षेत्रहरुलाई प्रवद्र्धन गर्न प्रयास गरिएको छ । रामधुनी मन्दिर, दन्तकाली मन्दिर, तम्मर, नमस्ते झरना, भेडेटार, पाथिभरा मन्दिर,तालतलैया,कोशी ब्यारेज,बुढासुब्बा,बराहक्षेत्र मन्दिर लगायतका धार्मिक तथा पर्यटयिक स्थलहरुलाई प्रतियोगिताको ब्यानरमै राखेर प्रवद्र्धन गरेको छ । रामधुनी अन्तर्गत रहेको झुम्का ब्याडमिन्टन क्लबको आयोजित प्रतियोगितामा प्रदेशका बिभिन्न जिल्लाबाट ३० वटा क्लवका खेलाडी प्रतिनिधिगरी २ सय ४ जनाले सहभागी जनाएका छन् ।
प्रतियोगितामा ४ बिधामा खेल हुदै छ । बिधा अनुसार “ओपेन मेन्सडबल”, “इन्टरनल डबल”, “भेट्रान्स ४५ प्लस ” र “यु सेभेन्टिन्स सिंगल” मा प्रतिष्पर्धा हुने अध्यक्ष मिठुराज अधिकारीले जानकारी दिए । “ओपेन मेन्सडबल” बिधाका प्रथम हुनेलाई रु ३० हजार नगद तथा सिल्ड र ट्रफी पुरस्कारले सम्मान गर्ने छ । यसैगरी दोस्रो र तेस्रो हुनेलाई नगद राशि क्रमश रु २० हजार र रु १० हजार पुरस्कार रहेको छ ।
“ईन्टरनल डबल” बिधामा प्रथम, दोस्रो र तेस्रो क्रमश रु १५ हजार, रु १० हजार, रु ५ हजार पुरस्कार उपलब्ध गराइने छ । “भेट्रान्स ४५ प्लस” बिधा तर्फ प्रथम, दोस्रो, तेस्रोलाई रु १५ हजार, रु १० हजार, रु ७ हजार त्यसैगरी “यु सेभेन्टिन्स सिंगल” तर्फ प्रथममा रु १० हजार, दोस्रो तर्फ रु ७ हजार र तेस्रो तर्फ रु ३ हजार पुरस्कार राशि रहेको क्लवका उपाध्यक्ष पुष्प कार्कीले बताए । प्रतियोगिता सनिवार सम्पन्न हुने आयोजकले जानकारी दिए ।

