मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

खेलकुद र पर्यटन बिकासकालागी रामधुनीमा प्रदेश स्तरीय दोस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

by By: रामधुनी खबर
चैत्र २७, २०७७
839

रा.ख.सम्वाददाता
झुम्का, चैत्र २७ । खेलकुद बिकास तथा पहिचान र पर्यटन प्रवद्र्धनकालागी रामधुनीमा १ नं. प्रदेश स्तरीय दोस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुक्रवारबाट सुरु भएको छ । नगरप्रमुख जयप्रकाश चौधरीले उद्धघाटन गर्दै रामधुनी वडा नं. ३ पिप्राहा कबर्डहल स्थित ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
खेलकुदबाट राष्ट्रियता, स्वास्थ्य र एकताको शन्देश दिदै प्रतियोगिताको आयोजना गरेको छ । खेलकुदको ब्यानरमा प्रदेशका बिभिन्न प्रसिद्ध धार्मिक र पर्यटकीय क्षेत्रहरुलाई प्रवद्र्धन गर्न प्रयास गरिएको छ । रामधुनी मन्दिर, दन्तकाली मन्दिर, तम्मर, नमस्ते झरना, भेडेटार, पाथिभरा मन्दिर,तालतलैया,कोशी ब्यारेज,बुढासुब्बा,बराहक्षेत्र मन्दिर लगायतका धार्मिक तथा पर्यटयिक स्थलहरुलाई प्रतियोगिताको ब्यानरमै राखेर प्रवद्र्धन गरेको छ । रामधुनी अन्तर्गत रहेको झुम्का ब्याडमिन्टन क्लबको आयोजित प्रतियोगितामा प्रदेशका बिभिन्न जिल्लाबाट ३० वटा क्लवका खेलाडी प्रतिनिधिगरी २ सय ४ जनाले सहभागी जनाएका छन् ।
प्रतियोगितामा ४ बिधामा खेल हुदै छ । बिधा अनुसार “ओपेन मेन्सडबल”, “इन्टरनल डबल”, “भेट्रान्स ४५ प्लस ” र “यु सेभेन्टिन्स सिंगल” मा प्रतिष्पर्धा हुने अध्यक्ष मिठुराज अधिकारीले जानकारी दिए । “ओपेन मेन्सडबल” बिधाका प्रथम हुनेलाई रु ३० हजार नगद तथा सिल्ड र ट्रफी पुरस्कारले सम्मान गर्ने छ । यसैगरी दोस्रो र तेस्रो हुनेलाई नगद राशि क्रमश रु २० हजार र रु १० हजार पुरस्कार रहेको छ ।
“ईन्टरनल डबल” बिधामा प्रथम, दोस्रो र तेस्रो क्रमश रु १५ हजार, रु १० हजार, रु ५ हजार पुरस्कार उपलब्ध गराइने छ । “भेट्रान्स ४५ प्लस” बिधा तर्फ प्रथम, दोस्रो, तेस्रोलाई रु १५ हजार, रु १० हजार, रु ७ हजार त्यसैगरी “यु सेभेन्टिन्स सिंगल” तर्फ प्रथममा रु १० हजार, दोस्रो तर्फ रु ७ हजार र तेस्रो तर्फ रु ३ हजार पुरस्कार राशि रहेको क्लवका उपाध्यक्ष पुष्प कार्कीले बताए । प्रतियोगिता सनिवार सम्पन्न हुने आयोजकले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

संगठित हुने उधेश्यप्रति जोड दिदै मधेशी मिथिला एकता समाज रामधुनीको होली मिलन कार्यक्रम

अर्काे पाेस्ट

डिहवार(ग्रामथान)को प्रमुख समस्या उठान गर्दै सरकारसंग संरक्षणको ठोस नीति र योजनाको माग

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft