मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 25.15°C(broken clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा प्रमुख प्रशासकियको अब्यवहारिक अडानले करारका कर्मचारीहरुमा नीतिगत बिभेद

by By: रामधुनी खबर
असोज ६, २०७८
1214

सुनिल चौधरी
झुम्का, असोज ६ । रामधुनी नगरपालिकाको नीति, योजना, विकासका काममा प्रभावकारी बनाउन अहम भुमिका खेल्ने करार र ज्यालादारी कर्मचारी माथी बिभेद पुर्ण ब्यवहार भएको छ । नगरको योजना सफल बनाउन १० बर्ष देखी निरन्तर सेवा गर्दै आएका करारका कर्मचारीहरुलाई चालु आर्थिक बर्षमा म्याद थप नगर्ने प्रमुख प्रशासकिय अधिकृत ओमकार न्यौपानेको अब्यवहारिक अडानले नीतिगत बिभेदमा परेको हो ।
अधिकृत न्यौपानेको अब्यवहारिक अडान र नीतिगत बिभेद बिरुद्ध मंगलवार करार र ज्यालाका कर्मचारीहरु बाध्यत्मक आन्दोलनमा उर्तिनु परेको आन्दोलनमा सहभागीहरुले जानकारी दिए । कर्मचारी संगठनका अध्यक्ष बिनय परियारको अध्यक्षतामा नगरपालिका परिसरमा कर्मचारीहरु धर्ना दिदै आन्दोलन गरिरहेका छन् । म्याद थपको पुनर बिचार नभए चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम अगाडी बढाउने कर्मचारी अमन ढुंगेलले जानकारी दिए । नगर सभाले करारका कर्मचारीको म्याद थप गर्ने निर्णय पास गरीसकेको छ । निर्णय अनुसार करारका कर्मचारीहरु हाजिरी गर्दै आएका थिए । अधिकृतले एका एक हाजिरी गर्नबाट बञ्चित गराए पछि आन्दोलन गर्नु परेको कर्मचारी चिरन्जिवी गौतमले बताए ।
संघिय मामिला तथा प्रशासन मन्त्रालयले दरबन्दि बाहेक करारका कर्मचारीलाई नराख्न आदेश अनुसार म्याद थप गर्न नमिल्ने अधिकृत न्यौपानेले बताए । आदेश उलंघनगरी यदि म्याद थप गरे मन्त्रालयले मेरो ब्यक्तिगतबाट असुल उपर गर्ने हुनाले म्याद थप नगर्ने अधिकृत न्यौपानेको भनाइछ । यता प्रशासन शाखाको जानकारी अनुसार प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको अब्यवहारिक अडान ठहरिएको देखिन्छ । यस भन्दा पहिले करारका कर्मचारी म्याद थपको विवादहुदा सो सम्बन्धि जानकारी लिन खोज्दा करारका कर्मचारीको सवालमा बोल्न नचाहेका अधिकृत न्यौपानेले प्रशासन शाखामा जानुस भनेर आफु पन्छिएका थिए । प्रशासन शाखाका अधिकृत बिनय परियार संग जानकारी लिदा करारका कर्मचारीलाई नियम अनुसार म्याद थप गर्न मिल्ने बताएका थिए ।
“संघिय मामिला मन्त्रालयबाट नयाँ कर्मचारीलाई राख्न नपाउने भनेर अदेश हो, हामिले नयाँ कर्मचारी लिएका छैनौँ, स्थानिय सरकार संचालन ऐन २०७४ ले पुरानो कर्मचारीको हकमा ब्यवस्थापन गर्न भनिएको छ, सोही अनुसार ब्यवस्थापन गरेका छौँ” प्रशासन शाखाका अधिकृत बिनय परियारले भने । यसैगरी अख्तियारको बिषयमा पनि प्रष्टपार्दै भने अख्तियारले नयाँ कर्मचारी नियुक्त गर्न नुहुने मापदण्ड ल्याउदा सो को पालना गरिरहेका छौँ भनेर प्रशासन शाखाका प्रमुख परियारले बताएका थिए । तर, प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले नियम देखाउदै उल्ट्याई पल्ट्याईमा लागेको छ ।
नगरपालिका अन्तर्गत ३० जना करार र ज्यालाका कर्मचारी छन् । नगरपालिकामा सबै शाखाहरु जोडेर ६८ जना करारका कर्मचारी पुग्ने प्रशासन शाखाले जानकारी दिए । म्याद थपको माग गर्दै आज बुधबार पनि आन्दोलन जारी राख्ने अमन ढुंगेलले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

लाल किल्लामा हरियो रुखको वर्चश्व ल्याउन सफल चौधरीको नगर सचिव पदको उमेदवार घोषणा

अर्काे पाेस्ट

गुट र उपगुट निरुत्साहितगरी ठुलो दल स्थापितको प्राथमिक्ता दिदै सभापति उमेदवार चौधरीको प्यानल घोषणा

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft