मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

संस्कार र संस्कृती पक्षलाई पुर्ण प्राथमिक्तामा आधारित थारु भाषाको “सुखराइत गीत” सार्वजानिक गर्ने तयारी

by By: रामधुनी खबर
कार्तिक ११, २०७८
809

चन्द्रकला चौधरी
झुम्का, कार्तिक ११ । थारु समुदायले मनाउदै आएको सुखराइत अथवा तिहार, दिपावलीमा आफनै फरक मौलिक संस्कार रहेको छ । धार्मिक र कृषिमा आधारित रहेर पर्व मनाउने परमपरा ऐतिहासिक्ता रहेको पाइन्छ । सो मौलिक संस्कार र ऐतिहासिकक्ता प्रदत्त संस्कृती, परमपरालाई संगीत लयबाट उजागर गर्न पुर्वबाट थारु भाषाको पहिलो “सुखराइत गीत” सार्वजानिक गर्ने तयारी गरेको छ । संगीतको महारथी र थारु पत्रकारीताको जग बलियो बनाउन प्रयासरत रहेका कुलदिप चौधरीको शब्द, संगीत र स्वरमा “सुखराइत गीत” मा संस्कार र संस्कृती पक्षलाईसार्वजानिक गर्ने तयारी गरेको हो ।
संगीतमा फरक बिचार रहेका चौधरीले लोक सांस्कृतिक परम्परालाई संरक्षण गर्ने उधेश्यले “सुखराइत गीत” तयार गरेको छ । गीतमा पर्वको धार्मिक, सांस्कृतिक पक्षलाई पुर्ण रुपले प्राथमिक्ता दिएको छ । यस पर्वमा थारु समुदायले मनाउदै आएको मौलिक परमपराको अनुभुती दिलाउने छ । पर्वको लोप हुने अवस्थामा पुगेको बिधि र मान्यताहरुको गीतले आभास दिने छ । लोक संस्कार पक्षलाई प्रमुख प्राथमिक्ता राखेकोले सार्वजानिक गर्न लागेको सुखराइत गीत पुर्वबाट थारु भाषाको पहिलो सांस्कारिक, पारम्पारिक गीत मान्न सकिन्छ ।
“घर घरमे येलै पावैन सुखराइत”……..“अन धन लक्ष्मी घरया, भुत प्रेत दलिदर बहार निकल” ………बोलको गीत सब्दमै पहिचान झल्किएको छ । यति मात्र हैन हुरा, हुकेहुका लगायतका पर्वको संस्कारबारेमा गीतले उठान गरेको छ । सुखराइत गीत गुञ्जयमानले यस बर्षको सुखराइतमा रमझम बढ्ने निश्चित छ । अधिकार र पहिचान बोक्न सफल चौधरीको सुखराइत गीत नेपालको बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक अधिकारलाई बलियो बनाउन प्रयास गरिएको छ । यस प्रकारका संगीत निर्माण गर्न भने सोच र धारणा भएका संगीतकारमा निर्भर हुने भएकाले सो संगीतकार आफनो सोच, समय, लगानी गरेको पाइन्छ जस्मा कुलदिप चौधरी अग्रसरता देखाएको छ । यस भन्दा पहिले संगीत महारथी चौधरीले थारु समुदाय माझ थारु भाषाको उत्कृष्ट सांगीतीक एल्वम “सवरंग नवेली, श्रृगार” ल्याई सकेका छन् ।
सुखराइत गीतकालागी संगीत, रेकर्डीङ्ग, छायाँकन, निर्दैशन तथा व्यवस्थापन मेगा डिजिटल स्टुडियो झुम्काले गरेको छ । स्टुडियोका संचालक बिशाल चौधरीले भने, मेहनतगरी सुखराइत गीत तयार गरेका छौँ, दर्शक र स्रोतामा छिट्टै सार्वजानिक गर्ने बताए । यस भन्दा पहिले मेगा डिजिटल स्टुडियो झुम्काकै निर्माणमा तराई महिलाहरुको महान पर्व जितिया पर्वको साँस्कृतिक पक्षलाई समेटेर जितियिा गीत “ऐलै बरत जितिया” सार्वजानिक गरेको थियो । सो गीत जितिया ब्रतालुहरुले महत्व दिदै उत्कृष्ट बनाएको छ । सबैको मुखमा “ऐलै बरत जितिया” गीत गुञ्जयमान भएर पर्वलाई रौनकता बनाउदै पर्वको नेतृत्व लिएको छ । मेगा डिजिटल स्टुडियो झुम्कामा निर्माण गरेको साँस्कृतिक तथा मनोरञ्जनका गीतहरु संगीत पारखीहरुको मन जित्दै गएको छ । ललिता चौधरीको कोषमा निर्मित सुखराइत गीत मेगा डिजिटल रेकर्डिङ स्टुडियो युटयुव च्यानेलमा बिहिवार सार्वजनिक हुने स्टुडियो संचालक चौधरीले बताए ।
सुखराइत, तिहार, दिपावली
सुखराइत थारुको एक प्रमुख चाड हो । दुःखका दिनहरुलाई बिर्सेर सुखका रातहरुलाई सम्झिदै यो पर्व, पावैन, चाड मनाउने हुनाले नै यो चाडको नाम सुखराइत रहन गएको हो । थारु भाषामा रात वा रात्रीलाई ‘राइत’ भन्छन् । यो चाड विजया दशमी पछि लगतै आउने कार्तिक महिनाको औंसी देखि सुरु भई लगातार ३ दिन सम्म धुमधाम मनाइन्छन् । यो चाडको प्रमुख विशेषता नै रातभरि दियो झिलिमिलि बाल्ने रहेको छ ।
यो चाडको अर्को प्रमुख विशेषता घर आँगनलाई सरसफाई तथा सजावट गरेर राख्नु हो। यो चाडले औधी खुसी दिने हुनाले थारुहरु आफूलाई सुखी ठान्छन् । यसरी दुःखका दिनहरुलाई बिर्सेर सुखका रातहरुलाई सम्झिदै यो पव मनाउने हुनाले नै यो चाडको नाम सुखराइत रहन गएको हो । थारु भाषामा रात वा रात्रीलाई ‘राइत’ भन्छन् । पर्वमा लक्ष्मिपुजाको दोस्रो दिन कृषि औजारलाई सरसफाईगरी पुजा गर्ने गरिन्छ । हलो, पालो, कोदालो, बञ्चरो, फलामका हाथ हथियारलाई बिहानै सफाई गरेर कुल देवताको घर अगाडी निपपोतगरी पुजा गर्ने चलन रहेको छ । यसैगरी गाई गोरुलाई नयाँ मुखारी तथा स्वास्थ्य बर्दक घाँसपात र दालको झार खुवाई पुजा समेत गर्ने गरिन्छ ।

अगाडिकाे पाेस्ट

पीडित कृषक प्रति नेपाली काँग्रेस रामधुनी १ नं. वडा समितिबाट पहलकदमीको प्रतिबद्धता

अर्काे पाेस्ट

छठ पर्वको पहिलो दिन शुभ–लग्न जगाउदै झुम्कामा कलश यात्रा

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft