मिति : २०८३ मंसिर ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मंसिर पूर्णिमामा अगहनी धान र चामलको परिकार चढाएर थारु समुदाय “नेमान” पूजा मनाउदै

by By: रामधुनी खबर
पुष ४, २०७८
773

सुनिल चौधरी
झुम्का, पुष ४ । मंसिर पूर्णिमामा आइतवार नयाँ उत्पादन भएको अगहनी ननिहा धान र चामलको परिकार चढाएर थारु समुदायले “नेमान” पूजा मनाएको छ । अन्नबाली भित्र्याएको अवसरमा अगहनी धानको धुनी जगाउने र चामलको लड्डु, फलफुल, अक्षता लगायत गुरा परिकार बनाएर कुलदेवतालाई विधिवत चढाई थारु समुदाय “नेमान” पूजा मनाएको हो । “नेमान”लाई बोलीचालीमा “नेमानी” पनि भन्ने गरिन्छ ।
खेतीपाती राम्रो होस भनी असारमा अखारी र अन्नबाली पाकेपछि मंसिर पूर्णिमामा “नेमान” पूजा मनाउने प्रचलन रहेको छ । थारु संस्कार अनुसार घरमा कुलदेवता र बाहिर ग्रामथानमा “नेमान” पूजा गर्ने पौराणिक मान्यता रहेको छ । “नेमान” पूजा पछि उत्पादन गरेको नयाँ अन्न बाली खान सुरु गर्ने परमपरा रहेको छ । “नेमान” पूजा मौलिक संस्कार मानिन्छ । यस पूजामा अगहनी धानलाई चिउरा बनाएर सो चिउरालाई भुटेर बनाएको भुजालाई ओखल (ओखरी) मा कुटी सखर (गुर), नरिवल, छोहरा, सोप र दुध मिश्रणगरी बनाएको लड्डु चढाउने प्रमुख बिशेषता रहेको छ ।
पूजाको अर्को प्रमुख बिशेषता अगहनी चामलमा दुध र सखर मिसाएर गुरा बनाई समेत चढाउने गरिन्छ । “नेमान” पूजामा कुलदेवताको घर बाहिर धुनी जगाउने गरिन्छ । गोबर र धानको भुसले बनाएको चिपरी र धानको डाँठले धुनी जगाउने चलन रहेको छ । यसले घर वरिपरि रहेको अनिष्टलाई हटाउने र वातावरण स्वच्छता राख्ने धार्मिक मान्यता रहेको छ । चिपरी तिहारको भाइ टिकाको दिन (सुखराइत पर्वको जमजितिया) को दिन बनाएर घेराको फुल चढाई राखिन्छ । सो चिपरी घरको कुलदेवतालाई “नेमान” पूजा चढाउदा धुनी जगाउने मान्यता रहेको छ ।
यसैगरी घरको कुलदेवतालाई विधिवत पूजा गरे संगै ग्रामथानमा समेत “नेमान” पूजा गर्ने गरिन्छ । “नेमान” पूजाको दिन ग्रामथानको चारै कुना र बाहिर रहेको देवताको स्थानमा नयाँ उब्जाएको अगहनी धानको डाँठको मुठा बनाएर झुण्ड्याउने गरिन्छ । यस प्रकारले झुण्ड्याइ पूजा गर्नाले देवता र प्रकृतिलाइ भोग लाग्ने मान्यता रहेको छ । अगहनीधान भोग लगाउनाले आगामी बर्षहरुमा उत्पादन बृद्धि हुने र घरमा अन्न भरीभराउ रहिरहने बिश्वास रहेको रामधुनी वडा नं. १ नयाँटोल भादगाउँका धार्मिक कार्यमा भजन गर्दै आएका ६५ बर्षिय ग्रामथान संरक्षक गुजकलाल चौधरीले जानकारी दिए । उन्का अनुसार ग्रामथानको पूजामा बच्चा देखी बृद्ध सम्म भेला हुने गरिन्छ । ग्रामथानको “नेमान” पूजामा साँझ सामुहिक भेला भएर साँझबाती देखाएर लड्डु चढाइ भजन गर्दै अगहनी धानको चिउरा र दहि मिश्रणगरी बनाएको प्रसाद ग्रहणगरी पूजा समपन्न गर्ने गरेको बताए ।
खेती किसान गर्ने थारु समुदायको ऐतिहासिक रुपमा रहेको मौलिक “नेमान” पूजा भने राज्य र संचार माध्यममा महत्व नपाएको देखिन्छ । मंसिर पूर्णिमामा मनाउने अन्य पर्वहरुको बृहत उठान हुने गरेपनि “नेमान” पूजा पर्वकै रुपमा मनाउदा प्रचार प्रसार अभावले राज्य र मिडियामा स्थान नपाएको सौनधामी ग्रामथान पूजारी सिताराम चौधरीको गुनासो रहेको छ ।

अगाडिकाे पाेस्ट

भासि स्वास्थ्य चौकीमा सुक्रवार (आज) विहान ७ बजे देखिनै भेरोसेल खोप लिनेको भिड

अर्काे पाेस्ट

रेशम चौधरीले नयाँ दल दर्ता गर्दै

सम्बन्धित अरु

समाचार

रामधुनी–७ मा मंसिर ६ गते खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने तयारी पुरा

मंसिर २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, मंसिर १ । रामधुनी वडा नं. ७ मा पाँच सय जनाको सहभागीता रहनेगरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छन् । खेलकुदमा युवा,महिला र जेष्ठनागरिकलाई...

समाचार

रामधुनी नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत

कार्तिक २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का,कार्तिक २८ । रामधुनी नगरपालिकामा सरुवाभई आउनुभएका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार केशरीलाई स्वागत गरिएको छ ।नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत गर्दै सफल...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत

    0 shares
    Share 0 Tweet 0
  • झुम्का छठ घाटमा कलश यात्रा सहित महाआरती तथा गंगाआरती भक्ति सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी–७ मा मंसिर ६ गते खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने तयारी पुरा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft